

जमैका तल्लावाजले रिलिज गरेको केही दिनपछि नाइट राइडर्सले सन्दीपलाई अनुबन्ध गरेको हो।
वेस्ट इन्डिजमा हुने यो प्रतियोगिताको यो संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ तारिखसम्म हुँदै छ। ट्रिनबागो साविक विजेता हो।
कायरन पोलार्डको कप्तानी रहेको यो टोलीमा सुनिल नारिन, ड्यारेन ब्राभो, कोलिन मुन्रो, लेण्डल सिमोन्स, दिनेश रामदिनलगायत खेलाडी छन्।