राजनीति

पन्चेबाजाको तालसंगै सम्पन्न भयो नेपाली जनप्रगतिशील मंच,कान्साइ क्षेत्रीय समितिको अधिवेशन

मानिसहरू भित्र बाहिर गरिरहेका थिए, कोही पाहुनाहरूको स्वागतमा लागिरहेका थिए त, कोहि मंच व्यवस्थापनका लागि खटिरहेका त कतै पन्चेबाजाको धुनले ठूलो उत्सवको झल्को दिइ रहेको थियो । मंचमा झुण्डिरहेको ठुलो ब्यानर लेखिएको थियो “सम्पूर्ण प्रवासी नेपाली एक हौ”मंचमा लहरै अतिथिहरू बसेका छन, उद्घोषकले कार्यक्रमको सुरुवात गर्दै नेपालको सामाजिक,राजनैतिक परिवर्तन गर्न आफ़नो प्राण आहुति दिने शहिदप्रति मुठी उठाएर श्रद्धानजली अर्पण गर्दा विगतको नेपालका क्रान्तिकारी प्रगतिशील राजनैतिक दलले गरेको भव्य कार्यक्रम भन्दा कमि थिएन ।नेपाली जनप्रगतिशील मंच जापानले आफ़नो महाधिवेशन डिसेम्बर १२… पुरा पढौ

दुई मतले पराजित गुरु घिमिरेले दिए पुनः गणनाको माग गर्दै निवेदन

इटहरी : नेपाली कांग्रेस प्रदेश १ को निर्वाचन परिणाम चित्त नबुझेको भन्दै निर्वाचन समितिमा निवेदन परेको छ। सभापतिका उम्मेदवार गुरुराज घिमिरेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन्।  उद्धव थापासँग २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्नुपर्ने माग राखेका छन्। निर्वाचन परिणाममा हस्ताक्षर नगरी बाहिरिएका उनले मतगणना चित्त बुझ्दो नभएको बताएका छन्।  संस्थापन पक्षका थापासँग कोइराला पक्षका घिमिरे २ मतले पराजित भएका हुन्। कोइराला प्यानलबाट महामन्त्रीमा उमेश थापा बाहेक प्यानल नै पराजित भएको छ।  घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले… पुरा पढौ

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतपरिणामबाट कमल  थापालाई २२७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले एक हजार ८४४ मत ल्याएर वियजी हुदा कमल  थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन्। ४३१ मत बदर भएको छ।   लिङ्देनले मतगणनाकाे सुरूआतिदेखि नै अग्रता कामय गरेका थिए।   खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । कसले कति मत… पुरा पढौ

एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमति विना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको बताएका हुन् । उनले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था पनि नरहेको बताए… पुरा पढौ

माओवादी पार्टीलाई जनताको सेवामा लगाउनु पर्छ : ईन्चाज शर्मा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङ जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य बलावती शर्माले देशको समृद्धि र समाजवाद उन्मुख समाज निर्माणको लागि माओवादी पार्टीको संगठन र त्यसको नेतृत्वलाई गतिशिल र उर्जावान बनाउनु पर्ने बताइन् । नेकपा माओवादी केन्द्रको बागलुङ नगर अधिवेशनमा शनिबार उनले विकासका कार्याक्रम जनताको घर दैलोसम्म पुर्याउन सके मात्र जनताको समर्थन र मत माओवादी पार्टी तर्फ आउने बताइन्।त्यसको लागि पार्टी नेतृत्वले जनताको सेवामा समर्पित भएर लाग्नु पर्ने शर्माले भनिन् । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र… पुरा पढौ

नेकपा (माओवादी केन्द्र )ताराखोलाको अधिवेशन सम्पन्न,अध्यक्षमा दिवस खत्री

नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका को प्रथम अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनलेको दिवस खत्रीको अध्यक्षता मा ११ सदस्य पछि थप गर्ने गरि ५५ सदस्यीय गाउँ समिती निर्बाचित गरेको छ । समितिको उपाध्यक्ष मा खडक बहादुर बि क,दिल कुमारि पुन र याम बहादुर श्रीस निर्बाचित भएका छन त्यस्तै गरि सचिब मा फुलमाया पुन सहसचिव मा जिबन बस्नेत र कोषाध्यक्ष गौरिमाया गुरुङ चयन भएका छन ।सदस्यहरुमा बाट वडा न १ बाट चन्द्र कुमार नाइसा,जनक घर्ति, खिमानन्द कडेल,गङ्ग बहादुर गुरुङ ,नन्दकलि परियार ,… पुरा पढौ

प्रतिगमनकारीको मतियार ओली आफनै घमण्डले अहिले बगरमा पुगे: नेता गैरे

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य तथा ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफनै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पुगेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै गैरेले माओवादीको संघर्षपुर्ण बलिदानले गर्दा नै देशमा गणतन्त्र, संघियता लागु भएको उल्लेख गरे । देशलाई निरङकुश तर्फ लैजाने ओलीको दुश्प्रयास, संविधानको चिरहरण र संसद बिघटनको कारण पार्टी एकतामा बिचलन आएको उनको भनाई छ । अहिले… पुरा पढौ

प्रधानमन्त्री कै अघि केपी ओलीले वर्तमान सरकारलाई भने-“ परमादेशको दक्षिणपन्थी सरकार”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विरुद्ध प्रधानमन्त्रीलाई मञ्चमै राखेर दक्षिणपन्थीको आरोप लगाएका छन्।  एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर 'परमादेशको सरकार' भन्दै दक्षिणपन्थीको संज्ञा दिए।  'अहिले केहीले हसिया हतौडाको झण्डा बोकेर कम्युनिस्ट सरकार ढालेर दक्षिण पन्थी सरकार बनाउनेले पनि हसिया हतौडा बोकेका छन्,' उनले भने।  अध्यक्ष ओलीले आवश्यक परेमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने,‘नेपाली जनताले बनाएको संविधान भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सक्छौं र त्यसमा… पुरा पढौ

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधि समक्ष मेरो अपील

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढि एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकासाथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरुले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरुको ठूलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि… पुरा पढौ

शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदिन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले शिक्षक र कर्मचारीलगायत सार्वजनिक पदमा रहेका गरेको व्यक्तिलाई सदस्यता दिएको भेटिएमा राजनीतिक दल नै अद्यावधिक नहुने जनाएको छ।  आयोगले राजनीतिक दलहरुको महाधिवेशन प्रतिनिधिमा सार्वजनिक पदमा वहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू रहनु कानूनविपरीत रहेकोकोले स्थायी रुपमा सरकारी तलब खानेहरू राजनीतिक दलको सदस्य भएको भेटिएको जनाउँदै कारबाही थाल्ने चेतावनी दिएको हो।  मंगलबार एक सूचना प्रकाशित गर्दै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्ति राजनीतिक… पुरा पढौ