माओवादी पार्टीलाई जनताको सेवामा लगाउनु पर्छ : ईन्चाज शर्मा

-


     जनहित न्युज    
     मंसिर १२ गते २०७८


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङ जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य बलावती शर्माले देशको समृद्धि र समाजवाद उन्मुख समाज निर्माणको लागि माओवादी पार्टीको संगठन र त्यसको नेतृत्वलाई गतिशिल र उर्जावान बनाउनु पर्ने बताइन् ।

नेकपा माओवादी केन्द्रको बागलुङ नगर अधिवेशनमा शनिबार उनले विकासका कार्याक्रम जनताको घर दैलोसम्म पुर्याउन सके मात्र जनताको समर्थन र मत माओवादी पार्टी तर्फ आउने बताइन्।त्यसको लागि पार्टी नेतृत्वले जनताको सेवामा समर्पित भएर लाग्नु पर्ने शर्माले भनिन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले माओवादी आन्दोलनमा देखिएको विकृति र विसंगति हटाएर भरोसा योग्य नेतृत्व निर्माण गरी उच्च मनोबलका साथ फेरि जनताको सेवामा लाग्नु पर्ने बताए ।

जनताको आधारभुत आवश्यकता पुरा गर्ने खालको आर्थिक र सामाजिक रुपान्तरणको कार्याक्रम ल्याउन सके र सरकारको सेवा सुविधा जनताको घरदैलोसम्म पुर्रयाउन सके मात्र जनताले फेरि माओवादी पार्टीलाई विश्वास र विजयी गराउने बताए ।

कार्याक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गण्डकी प्रदेश सदस्य सुर्य महत,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्मा,बेपत्ता परिवारको तर्फबाट जशोदा शर्मा,नेकपा माओवादी केन्द्र बागलुङ नगरका ईन्चार्ज यज्ञ वल्लभ, नेपाल बुद्धिजिवि संगठनको प्रदेश सदस्य दिनबहादुर थापा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सदस्य कुसुम बुढा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्याक्रम नेकपा माओवादी केन्द्र बागलुङ नगरको अध्यक्ष ईन्द्र केसीको अध्यक्षता,नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिको महिला संयोजक धनमाया शर्माको स्वागत र नेकपा माओवादी केन्द्र बागलुङ नगरपालिका सचिव राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?