राजनीति

एमाले फर्किएका १० नेता तितरबितर : रावल र भुसालले चुनौती दिने, बाँकीले ओलीको आशीर्वाद लिने

काठमाडौँ : दश बुँदे कार्यान्वयनको सर्त बोकेर एमालेमा फर्किएका १० जना नेतामध्ये उपाध्यक्ष भीम रावलले आइतबार पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गर्दा उनी एक्लै थिए। १० बुँदे बनाउने समितिमा माधव नेपाल समूहबाट संयोजन गरेका उनी नेपाल समूह छाडेर एमालेमै फर्कँदा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यसँगै घनश्याम भुसाल पनि सँगै थिए। स्थायी समिति सदस्य रघुजी पन्त, अमृत बोहरा र नेता सुरेन्द्र पाण्डे पनि रावलसँगै नेपालको साथ छाडेर एमालेमा फर्किएका थिए। उनीहरू फर्किएपछि १० बुँदे कार्यान्वयन अलपत्र… पुरा पढौ

श्रेष्ठ-चन्द भेटवार्ता, नेकपा र माओवादी एकताबारे छलफल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् । भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि… पुरा पढौ

नेपाली शान्ति–प्रक्रिया सफलताको सुत्रः नेपाली मौलिक मोडेल अवलम्बन : अध्यक्ष प्रचण्ड (पूर्णपाठसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गर्न आफू प्रतिबद्ध भएको बताएका छन्।  विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको सन्दर्भमा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानसभाबाट संविधान, सोको कार्यान्वयनका निम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरूले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ। नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भइसकेको छ।’ आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भूमिका बढेको, नेपाली सेनाको… पुरा पढौ

नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेत्रीय समिति क्युस्यु, कान्तो र च्यूबु/मिए अधिवेशनहरू सम्पन्न कान्साइ र गुन्मा- तोचिगीको पनि हुदै

नेपाली जनप्रगतिशील मंच जापानलाई अहिले अधिवेशनको चटारो लागेको छ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको प्रबास कमिटि अन्तर्गत रहेको प्रबासमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानको आगामी डिसेम्बर १२ तारिकका दिन हुने केन्द्रीय अधिवेशनको पूर्वसन्ध्यामा मंच अन्तरगतका विभिन्न क्षेत्रीय समितिका अधिवेशनहरू सम्पन्न भै रहेका छन । प्रवास कमिटीको निर्देशन अनुरूप संगठनलाई सुदृढ़ र व्यवस्थित बनाउदै क्रान्तिकारी विचारधारालाई आत्मसात् गर्ने नेपालीलाई गोलबन्ध गरि श्रमजिवी नागरिकको पक्षमा आफ़नो आन्दोलनलाई केन्द्रित गर्न पार्टी केन्द्रलाई सहयोग पुर्याउनका लागि क्षेत्रीय अधिवेशनहरू सम्पन्न… पुरा पढौ

सर्वोच्चको समस्या १/२ दिनमा हल नभए राजनीतिक निकास खोज्छौँ– प्रचण्ड

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले अदालतको विवाद अदालती प्रक्रियाबाटै हल हुने बताए । उनले भने, ‘सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।’ महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन जानेक्रममा अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए । उनले भने, ‘आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र… पुरा पढौ

प्रदेश १ का मुख्यमन्त्रीलाई विश्वासको मत : पक्षमा ५०, विपक्षमा २९

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए।  राईले पेस गरेको प्रस्तावको पक्षमा ५० विपक्षमा २९ मत र मत दिने भन्ने पक्षमा ० मत परेको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे। प्रदेश सभामा उपस्थित सङ्ख्या ७९ रहेकोमा पक्षमा ५० र विपक्षमा २९ मत परेको हो।  राई कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री हुन्। प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन… पुरा पढौ

अध्यक्ष उठ्ने रावलको दाबी : ओलीलाई चुनौती कि घुर्की !

काठमाडौँ : तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबिचको सम्बन्ध बोलचालै बन्द हुने गरी बिग्रिएको थिएन। उनी असन्तुष्ट त थिए। तर बोल्दा संयम नै थिए। तर पार्टीका नेता भीम रावल उग्र विरोधी भइसकेका थिए ओलीको। सामाजिक सञ्जालमा दैनिक जस्तै कटु शब्दले घोचिरहन्थे ओलीलाई। पुष्पकमल दाहाल प्रचण्डसँगै नेपालसँगको ओलीको सम्बन्धमा सुधार हुन सकेन। विवाद बढ्दै जाँदा एकले अर्कालाई पार्टीबाट निकाल्ने चरण पार गरेर अहिले यी तीन नेता तीन दलको नेतृत्वमा छन्। ओली एमाले अध्यक्षमै कायम रहे। प्रचण्ड माओवादी… पुरा पढौ

कैलालीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावल पक्षको ‘विद्रोह’, बोलाइयो छुट्टै भेला

कैलाली क्षेत्र नम्बर २ मा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा दुई पक्षबीच विवाद भएको छ। अध्यक्ष केपी शर्मा ओलीको पक्ष र भीम रावल पक्षबीच झगडा परेकाे हाे।  ओली अर्थात् संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि चयन भइसकेको भनेर भ्रम छरेको भन्दै रावल पक्षले आजका लागि छुट्टै भेला  आह्वान गरेको हो।   निर्वाचन क्षेत्र नम्बर २ मा ‘अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रूपमा प्रतिनिधि छनोट’ गरेको भन्दै रावल पक्ष असन्तुष्ट बनेको हो। यसैकारण रावल पक्षले उक्त क्षेत्रमा समानान्तर प्रतिनिधि छान्ने तयारी गरेको छ। त्यसका लागि… पुरा पढौ

नेकपा माओवादी केन्द्र बागलुङको पार्टी संगठनको अधिवेशन मंसिर ४ गतेदेखि

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङको बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकमा पार्टी केन्द्रले तय गरेको संगठन सुदृढीकरण,वडा,गाउँपालिका र नगरपालिकाको पार्टी संगठनको अधिवेशन गर्ने विषयमा महत्वपूर्ण निर्णय भएको छ । पार्टीको कार्तिक २७ गतेसम्म संगठन विस्तार अभियान अन्तर्गत पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरणको कार्य सम्पन्न भएको नेकपा माओवादी केन्द्र संयोजक ज्ञामनाथ गैरेले नयाँ विश्वलाई जानकारी दिए । नेकपा माओवादी केन्द्र बागलुङको पार्टी सदस्य संस्या ८ हजार ५ सय पुगेको छ । बैठकले मंसिर ४ गते वडा… पुरा पढौ

जनगणना गर्नेलाई तिंकर र छाङरु जान भारतीय पक्षले दिएन

भारतीय पक्षको अवरोधले दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना सुरु हुन सकेको छैन।  २५ कात्तिकदेखि देशभर जनगणना गर्न थालिएको थियो। मुलुकभर जनगणना भइरहँदा भारतीय अतिक्रमित ‘कालापानी क्षेत्र’ अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा भने अझैसम्म जनगणनाका लागि गणक पुग्न सकेका छैनन्।  भारतीय प्रशासनले तिंकर र छाङरुमा गणक जानका लागि अनुमति नदिँदा त्यहाँ जनगणना सुरु हुन नसकेको जनगणना कार्यालय (दार्चुला)का प्रमुख पदमराज पाण्डेले बताए। ‘नेपाली भूमिबाट छाङरु र तिंकर पुग्ने बाटो छैन। त्यहाँ भारतको बाटो प्रयोग गरेर… पुरा पढौ