नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेत्रीय समिति क्युस्यु, कान्तो र च्यूबु/मिए अधिवेशनहरू सम्पन्न कान्साइ र गुन्मा- तोचिगीको पनि हुदै

-


     जनहित न्युज    
     मंसिर ५ गते २०७८


नेपाली जनप्रगतिशील मंच जापानलाई अहिले अधिवेशनको चटारो लागेको छ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको प्रबास कमिटि अन्तर्गत रहेको प्रबासमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानको आगामी डिसेम्बर १२ तारिकका दिन हुने केन्द्रीय अधिवेशनको पूर्वसन्ध्यामा मंच अन्तरगतका विभिन्न क्षेत्रीय समितिका अधिवेशनहरू सम्पन्न भै रहेका छन ।

प्रवास कमिटीको निर्देशन अनुरूप संगठनलाई सुदृढ़ र व्यवस्थित बनाउदै क्रान्तिकारी विचारधारालाई आत्मसात् गर्ने नेपालीलाई गोलबन्ध गरि श्रमजिवी नागरिकको पक्षमा आफ़नो आन्दोलनलाई केन्द्रित गर्न पार्टी केन्द्रलाई सहयोग पुर्याउनका लागि क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्ने योजना अनुरूप अधिवेशनहरू सम्पन्न भैरहेको मंचका प्रचारप्रसार संयोजक श्यामहरि पाण्डेले जानकारी गराए ।

जापानका विभिन्न ७ वटा क्षेत्रीय समिति रहेको र ती समिति अन्तरगत च्यूबु/मिए, कान्तो, क्यूशु क्षेत्रीय समिति अधिवेशन सम्पन्न भैसकेको र गुन्मा- तोचिगीको नोभेम्बर २८ तारिक कान्साइको डिसेम्बर ६ तारिक निश्चित भैसकेको छ । यसै गरि सेन्दाइ ओकिनावा लगायतका क्षेत्रहरूमा समेत हालै मंच क्षेत्रीय समिति गठन भएकोले सोही बमोजिम अधिबेशन सम्पन्न हुने बताईएको छ ।

क्युस्यु क्षेत्रीय समितिको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा बुढाथोकी चयन

माओबादी केन्द्रप्रति आस्था राख्ने प्रबासमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मञ्च जापान क्युस्यु क्षेत्रीय अधिवेशनको चौथो अधिबेशन शनिवार सम्पन्न भएको छ ।
अधिवेशनले भिम बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मुक्तिनाथ ढकाल, संजय पौडेल, पवन अधिकारी चयन भएका छन भने सचिबमा रोशन भट्टराई सर्वसम्मत चयन भएका छन । यस्तै सह–सचिबमा दिपक राज चौलागाई, कमल बुढा र तिलाराम ढकाल चयन भएका छन । कोषध्यक्षमा बिमल सापकोटा र सह–कोषध्यक्षमा रमेश रायमाझि चयन भएका छन ।
यसैगरि निर्वाचित सदस्यहरुमा नरेश गुरुङ्ग, अनिश पाख्रिङ्ग, खेम बहादुर मगर, कृष्ण बस्नेत, दिपक क्षेष्ठ, होमनाथ राजवंशी, प्रज्वल चौलागाई, निरञ्जन बुढा मगर, अर्जुन परियार, नारायण अधिकारी र प्रतिमा प्रसाई चयन भएका छन ।
नेपाली जनप्रगतिशिल मञ्च जापानका सचिब सालिकराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा हाम्रो नेपाल हामी नेपाली जापानका संयोजक फुकुओकाका अभिभाबक धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टंक गैरे, नेपाल जापान प्रेण्डसिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा र गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय समितिका सल्लाहकार छत्र दाहाल लगायत फुकुओकामा रहेका बिभिन्न संघसंस्थाका क्षेत्रीय संयोजक तथा अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

कान्तो क्षेत्रीय समितिको अधिबेशन सम्पन्न, अध्यक्षमा गोकर्ण बर्तौला

शनिवार नै टोकियोमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षहरुमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बास्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केशी उपाध्यक्षको रुपमा चयन भएका छन् ।
मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जिवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरि कोषाध्यक्षमा कुमार कोईराला, सह कोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रविन्द्र पाण्डे, तेज बहादुर थिगं, खगेन्द्र प्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, तारा बहादुर कार्की, विष्णु कुमार आगंदागंवेलाई छनौट गरिएको छ ।
कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठले नव निर्वाचित नेतृत्वलाई शुभकामना सहित संगठनात्मक आफ्ना धारणा राख्नुभएको थियो ।
सोही कार्यक्रममा जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरी पुडासैनी, एनआरएनए आईसिसि सदस्य श्रवण कुमार सत्याल, संगठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशिल मंचका पूर्व केन्द्रिय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका ईन्चार्ज दावा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवास समन्वय समिति सदस्य डा. भुपालमान श्रेष्ठ रहनुभएको भने स्वागत मन्तव्य सागर कार्कीले राखेका थिए भने बेनुका खड्काले कार्यक्रम संचालन गरेकी थिईन् ।

च्यूबु/मिए क्षेत्रीय समितिको अधिबेशन सम्पन्न, अध्यक्षमा हरिबाबु तामाङ

च्यूबु/मिए क्षेत्रीय समितिको अधिबेशन पनि सम्पन्न भएको छ हरिबाबु तामाङको अध्यक्षतामा २५ सदस्यीय नवनिर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित समेत भएको छ ।
सम्पन्न आठौँ अधिवेशनले नवराज चापागाईं, ज्ञानेन्द्र श्रेष्ठ र किशानलाल उप्रेतीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने सचिवमा रंजित गौतम, सहसचिवमा दिनेश लामा र सागर थापा बगाले, कोषाध्यक्षमा दावा शेर्पा, सह–कोषाध्यक्षमा किरणसागर तिवारी र बोम गुरूङ निर्वाचित भएका हुन।
सम्पन्न अधिवेशनबाट सदस्यहरूमा वैकुण्ठ गौतम, मनोज अधिकारी, किरण चौलगाईं, मानबहादुर तामाङ, रमेश विश्वकर्मा, सरोज गिरी, शिवराम बूढ़ाथोकी, कृष्ण गुरुङ, अनिल अधिकारी, झरेन्द्र कुँवर, यम मगर, उद्धव पाण्डे, लक्ष्मी रिजाल र सुनीता तिवारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?