राजनीति

माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैनः प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको दावी गरेका छन्। पार्टीको सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै प्रचण्डले माओवादी राष्ट्र र जनताका लागि काम गर्ने पार्टी भएको भन्दै माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग नरहेको टिप्पणी गरे। उनले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बिचमा रहेको भन्दै स्पष्ट… पुरा पढौ

कांग्रेसमा १३४ पदका लागि ५३८ जनाको मनोनयनः पदाधिकारीमा ३९ को भीडन्त, कुनमा कति उम्मेद्वारी?

काठमाडौँ– नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह पौने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयनका लागि दिएको समयमा सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार… पुरा पढौ

कांग्रेस महाधिवेशनमा कम्युनिस्ट पूर्व सहयात्री : थोरै आलोचना, धेरै नजरअन्दाज, ओली र प्रचण्डलाई नमस्कार साट्न लगाए देउवाले

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एउटा संयोग देखियो - एक अर्काका कटु आलोचक पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल एकैसाथ देखिए।  वर्ष दिन अघिसम्म एकै पार्टीमा रहेका र अहिले दलको नेतृत्व गरिरहेका नेताहरु एउटै मञ्चमा उभिए। तर, एक र अर्कालाई नजरअन्दाज गरे।  सबै राजनीतिक दलका नेताहरु उपस्थित उद्घाटन सत्रमा झण्डै वर्ष दिनपछि यी तीन नेताले एकै मञ्च सेयर गरे। कार्यक्रम सुरु हुनु अगावै प्रचण्ड र नेपाल मञ्चमा पुगिसकेका थिए। उद्‌घाटन कार्यक्रममा सबैभन्दा पछाडि आइपुगे नेकपा… पुरा पढौ

कांग्रेस महाधिवेशनमा के के भयो ? कस कसले के भने ?

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँको भृकुटीमण्डमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो । कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए । नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभए पनि केही रोचक दृश्यहरु भने देखिएका छन् । १ महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र… पुरा पढौ

देउवाले भने : ओली जस्ता तानाशाहीलाई हटाइयो, अब कांग्रेसलाई बहुमत ल्याउने जिम्मा मेरो

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए । 'म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए। ओलीको शासनबाट मुक्ति पाए', उनले भने, 'हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ।' देउवाले कांग्रेसको महाधिवेशनबाट आफूले जितेपछि डर त्रासमुक्त समाज बन्ने पनि बताए।  'यो… पुरा पढौ

कांग्रेस महाधिवेशन: तीन स्टेपको मञ्च, तयारी ९० प्रतिशत सकियो

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्मका सकिने बताए । संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही… पुरा पढौ

गगन थापाको अवधारणामा सम्मानित नेपालीको परिकल्पना ( पूर्णपाठ/भिडियो)

काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन् । शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि… पुरा पढौ

प्रदेश पदाधिकारीको संख्या बढाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यस्तै बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल… पुरा पढौ

कांग्रेस महाधिवेशनका सम्भावना र चुनौती

लामो रस्साकस्सीबीच नेपाली कांग्रेसले चौधौँ महाधिवेशन सम्पन्न गर्दैछ । नेपालका मुख्य तीन ठूला दलले झण्डै एउटै समयमा महाधिवेशन गरेजस्तो देखिए पनि नेपाली कांग्रेसको महाधिवेशन अन्य दलको भन्दा चर्चामा छ । दलहरुको सांगठनिक संरचनामा सबैभन्दा तल्लो तह मानिने वडा अधिवेशन नै कांग्रेसको सन्दर्भमा अन्य दलको महाधिवेशन सरह हुन पुग्यो । नेकपा एमाले र माओवादीले एकै दिनमा सकेको वडा तहको निर्वाचन कांग्रेसले तीन महिनामा पनि सल्टाउन सकेको छैन । ठूलो र पुरानो दल कांग्रेसमा सहमति खोज्नेभन्दा बढी आफ्नालाई सदस्यता दिलाउनेमै होडबाजी देखिएपछि… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको सेन्दाइ क्षेत्रीय समिति गठन, अध्यक्षमा तेजप्रसाद दाहाल

नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो राष्ट्रिय अधिवेशन डिसेम्बर १२ मा सम्पन्न गर्नु अघि क्षेत्रीय समितिका अधिवेशन धमाधम गरिरहेको छ ।आक्रामक रूपमा संगठन विस्तारलाई जोड दिइरहेको मंचले मंगलबार जापानको सेन्दाइमा प्रथम अधिवेशन सम्पन्न गर्दै तेजप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सेन्दाइ क्षेत्रीय समितिको गठन गरिएको छ ।नेपाली जनप्रगतीशील मंच जापानका राष्ट्रिय समितिका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा रमेश देवकोटा, सचिवमा छिरिङ तामाङ, सह सचिवमा सबित्रा नेपाली र कोषाध्यक्षमा युघिर भुजेललाई चयन गरिएको संयोजक दाहालले जानकारी… पुरा पढौ