प्रधानमन्त्री कै अघि केपी ओलीले वर्तमान सरकारलाई भने-“ परमादेशको दक्षिणपन्थी सरकार”

- कानुनी शासन र जनअधिकारको रक्षाका लागि सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छः प्रधानमन्त्री

-


     जनहित न्युज    
     मंसिर १० गते २०७८


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विरुद्ध प्रधानमन्त्रीलाई मञ्चमै राखेर दक्षिणपन्थीको आरोप लगाएका छन्। 

एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ‘परमादेशको सरकार’ भन्दै दक्षिणपन्थीको संज्ञा दिए। 

‘अहिले केहीले हसिया हतौडाको झण्डा बोकेर कम्युनिस्ट सरकार ढालेर दक्षिण पन्थी सरकार बनाउनेले पनि हसिया हतौडा बोकेका छन्,’ उनले भने। 

अध्यक्ष ओलीले आवश्यक परेमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने,‘नेपाली जनताले बनाएको संविधान भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सक्छौं र त्यसमा हामी लचक छौं ।’ उनले आफूहरुले हिंसात्मक विचारधारामा रहेका साथीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको भन्दै अव नेपालमा समूहगत हिंसा नभएको बताए । उनले अब नेपालमा लगानीको वातावरण रहेको भन्नै विदेशी लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । सरकारका बारेमा केही टिप्पणी नगर्ने भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले चाहेर पनि काम गर्न नसक्ने बताए ।

उनले भने,‘शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीले चाहे पनि सक्नु हुन्न । त्यहाँ त्यस्ता खराब तत्वहरु रहेका छन् । शान्ति प्रक्रियालाई सही ढंगले टुंग्गाउने पक्षमा हामी छौं ।’

उनले चुनावपछि एमालेको सरकार बन्ने र बाँकी रहेका विकासका काम पूरा गर्ने दाबी गरे । अध्यक्ष ओलीले स्थानीय तहमा ५० प्रतिशत भन्दा बढी जनमत एमालेको पक्षमा आउने ठोकुवा गरे ।

उनले भने,‘महाधिवेशनले देशका समस्या पहिचान गर्ने र समाधानका लागि अगाडि बढ्ने कार्य गर्छ । ढिलो चाँडो गलत बाटो नजाउँ । परमादेशबाट सरकार फेरिने जस्ता असंवैधानिक कुरामा नजाउँ भनेर आग्रह गरेका थियौं । केही राजनीतिक दल मानेनन् । निकट भविष्यमा चुनावहरु आउँदैछन् । म हाम्रा कमरेडहरुलाई भन्न चाहन्छु मैले धेरै भनिरहनु पदैन । चुनावको तयारी तर्फ पनि जाँदैछौं । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ देश बनाउनका लागि एमालेका लागि होइन । लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर संविधानको रक्षा र कार्यान्वयनका लागि, यस देशमा विकासको लहर चलाउन र छिट्टै नै देशलाई दिगो विकास लक्ष्य पूरा गर्नुछ । दुनियाँका अगाडि साधन श्रोतले सम्पन्न राष्ट बनाउनुछ।’

देशमा अब राजनीतिक क्रान्ति पुरा भएर समृद्ध नेपाल सुखि नेपाली बनाउनु प्रमुख आवश्यकता रहेको बताएका छन् । उनले सामाजिक सुरक्षामा काम गर्नु पर्ने । बालबालीकाका अधिकारका बारेमा काम गर्नु पर्ने बताए ।  आफ्नो पालामा पारबहन संन्धि गरेर पुरपरिवेष्ठबाट पुरपरिजडित बनाएको बताए । उनले भने ‘हामीले धेरै सकारात्मक काम गरेका छौ । भूपरिवेष्ठबाट परिपरिजडित देश बनाएका छौ । अन्तरिक्षमा सेटलाईट बनाएका छौ । अन्तरिक्षमा पनि हाम्रो ठाउँ छ बाटो छ दाबी छ ।’

ओलीले आफू प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकतावद्ध हुने बताएका छन् ।

हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिएपनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिएपनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलले भने ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताएका छन् । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

कानुनी शासन र जनअधिकारको रक्षाका लागि सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले कानुनी शासन र जनअधिकारको रक्षाका लागि सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको महाधिवेशनको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले हिजो सबै मिलेर संविधानसभाबाट संविधान ल्याएको र त्यसलाई कार्यान्वयन गर्न पनि सबै दलको दायित्व भएको बताए ।

उनले भने, ‘सबै मिलेर संविधानसभाबाट संविधान ल्यायौं यसलाई कार्यान्वयन गर्ने दायित्व सबै दलसँग छ । यसलाई संस्थागत गर्न जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्छु । मतभिन्नता भएर अलग अलग दलमा आवद्ध भएका छौं । तर देश र जनतासँग जोडिएका मुद्दामा सहकार्य संवाद आवश्यक छ ।’

उनले हिजोका दुःखलाई ध्यानमा राखेर आगामी दिनमा जनताले दुःख नपाउन भनेर सरकार त्यसमा लागेको बताए । उनले भने,‘प्रजातन्त्रका लागि हिजो हामी सँगै जेलनेल बस्यौं । हिजो दिनमा भोगेका दुःखलाई सम्झेर अब नेपालीले दुःख भोग्नु नपरोस् । त्यसमा सरकार दृढ छ र एमालेले पनि ध्यान दिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?