तस्विर समाचार

जापानमा पहिलो पटक ‘वेब स्किमिङ’ क्रेडिट कार्डको जानकारी चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सम्भवतः जापानमा पहिलो पटक क्योतो प्रिफेक्चरल प्रहरीले भर्खरै २० वर्षका एक व्यक्तिलाई "वेब स्किमिङ" अर्थात्आ फ्ना ग्राहकहरूबाट क्रेडिट कार्ड जानकारी चोर्न सपिङ वेबसाइटहरूमा मालिसियस कोड स्थापना गरेको आशंकामा पक्राउ गरेको छ ।अनाधिकृत आदेशहरू भएको इलेक्ट्रोनिक रेकर्ड प्रयोग गरी किस्ता बिक्री ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।अनुसन्धानमा सहभागी प्रहरी अधिकारीका अनुसार व्यक्तिले कन्सर्ट टिकटहरू बेच्ने साइटमा ह्याक गरी २०२२ मा व्यापारिक सामानहरू राखेका थिए र धेरै ग्राहकहरूको क्रेडिट कार्डको जानकारी निकाल्ने प्रोग्राम स्थापना गरेका थिए। प्रिफेक्चरल प्रहरीले… पुरा पढौ

टोकियोमा इजरायली दूतावासको बारमा कार ठोक्कियो, प्रहरी अधिकारी घाइते

बिहीबार टोकियोमा इजरायली दूतावास नजिकै ब्यारिकेडहरूमा कार ठोक्किएर गराइएको दुर्घटनामा इजरायल-हमास द्वन्द्वका कारण ग्यास सुरक्षाको लागि सुरक्षामा खटिएका एक प्रहरी अधिकारी घाइते भएका छन्।गाजा पट्टीमा इजरायलको आक्रमणको विरोधमा विभिन्न व्यक्ति र समूहहरूले दुतावासको अगाडि प्रदर्शन गरिरहेका बेला दूतावासको उत्तरपश्चिममा करिब ६० मिटरको दूरीमा कडा सुरक्षाको बीचमा यो घटना भएको हो।इजराइली दूतावासलाई निशाना बनाएको हुनसक्ने आशंकामा ५० वर्षको उमेर रहेका चालकलाई प्रहरीले नियमित कार्य गर्न अवरोध गरेको आरोपमा घटनास्थलमा नै दक्षिणपन्थी समूहको सदस्यलाई पक्राउ गरेको जापान प्रहरीले जनाएको छ।घटनामा जापानी प्रहरी… पुरा पढौ

तीन महिनामा नेपालीले पिए १ अर्ब २० करोडको मदिरा

कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा देखिएको संकुचनको बाबजुद मदिरा आयात उच्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार विगत केही वर्षको तुलनामा पछिल्लो तीन महिना साउन, भदौ र असोजमा मदिराको पैठरी उच्च भएको हो । गत वर्षको तीन महिनाको तुलनामा १८८ प्रतिशतले बढी मदिरा आयात गरेको छ । सरकारले गत वर्ष मदिरा आयातमा प्रतिबन्ध गरेका कारण आयात ठप्प भएको थियो । सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव देखिएको भन्दै मदिरासहित अन्य ९ वटा वस्तुको… पुरा पढौ

सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने जापानी युवती प्रहरीको फन्दामा

टोकियो । माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् ।  २५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातियो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले गाइडबूक नै निकालेकी छिन् । नागोया सहरको नाका प्रहरी थानाका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य सिकाईका लागि उनले थप पैसा… पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।’ उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको पाँचौँ अधिवेशन नोभेम्बर २१ मा हुने

जापानमा रहेका खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले गठित गल्कोट स्पोर्ट्स क्लव टोकियोको पाचौ अधिवेशन हुने भएको छ। “राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउने उद्देश्यले स्थापना भएको क्लबको अधिवेशन नोभेम्बर २१ तारिख हुन लागेको महासचिव दिनेश थापाले जानकारी दिए । अधिवेशन टोकियोको शिन ओकुवो स्थित सोलमारीको मुरा हलमा हुने बताइएको छ। सन… पुरा पढौ

भोटे कुकुरको माग बढ्यो, एउटैको मूल्य ५५ हजार

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका… पुरा पढौ

एनआरएनए जापानले जापानमा बढिरहेको आत्महत्याका घटनाको रोकथामका लागि विज्ञहरुद्वारा परामर्श दिने गरि सचेतनामुलक कार्यक्रम गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा नेपाली समुदायमा बढिरहेको आत्महत्याको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।आइतबार जापानको टोकियोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजना गरिएको आत्महत्या रोकथाम अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा पछिल्लो समयमा आत्महत्याका घटनाहरू बढिरहेकोले त्यसको रोकथामका लागि सरोकारवाला निकायहरुको सहकार्यमा योजनाबद्ध सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी गराए। "जापानमा नेपाली समुदायमा हुने आत्महत्याका घटना रोकथामका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नु पर्ने आवश्यक छ ।" अध्यक्ष निउरेले भने-… पुरा पढौ

जीप दुर्घटना मृतक ४ जनाको परिचय खुल्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।  बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट… पुरा पढौ

टोकियोको मौषम १० डिग्री सेल्सियसभन्दा तल झर्यो, अचानक भारी वर्षाको सम्भावना

आइतबार बिहान मध्य टोकियोमा मौषम १० डिग्री सेल्सियसभन्दा तल झर्दा सप्ताहन्तमा जापानभर तापक्रम घटिरहेको छ।जापानी मौसम अधिकारीहरूले जापानको समुद्रमा रहेको होकुरिकु क्षेत्रका साथै पश्चिमी जापानमा वायुमण्डलीय अवस्था अत्यन्तै अस्थिर रहेको बताएका छन्।एजेन्सीले माइनस ३० डिग्री सेल्सियसको चिसो हावाको मापको साथ एक न्यून चापीय ट्रफले सोमबार साँझसम्म देशको उत्तरी र पश्चिमी भागहरूलाई असर गर्ने अपेक्षा गरेको छ, जसले होकुरिकु क्षेत्रलगायत अन्य क्षेत्रहरूमा अस्थिर अवस्था सिर्जना गर्नेछ।एजेन्सीले मानिसहरूलाई सावधानी अपनाउन आह्वान गरेको छ । अस्थिर मौषमका कारण अपेक्षित मेघगर्जन, तीव्र हावा र… पुरा पढौ