तस्विर समाचार

जाजरकोटमा ९ हजार ७ सय घर पूरै भत्किए, ६७ हजार स्थानीय विस्थापित

गत शुक्रबार गएको भूकम्पबाट जाजरकोटका मात्रै ९ हजार सात सय १४ घरहरु पूर्णरुपमा क्षति पुगेको छ। जिल्लाका सातवटा स्थानीय तहमा भूकम्पले ठूलो क्षति गरेको हो।गत शुक्रबार ९कात्तिक १७० गते राति ११ः४७ बजेको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका प्रभावित सात तहमा सबैभन्दा बढी भेरी नगरपालिकामा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकमा २ हजार ५३० घर, नलगाड नगरपालिकामा दुई हजार १०८, छेडागाड नगरपालिकामा १ हजार ९४५ घरधुरी, बारेकोट गाउँपालिकाका एक… पुरा पढौ

जापानमा अन्य व्यक्तिको क्रेडिट प्रयोग गरि ३० करोड बढीको शिन्कान्सेन ट्रेनको टिकट खरिद गर्ने ५ जना पक्राउ

३० करोड येन (२ मिलियन डलर) भन्दा बढीको क्षति हुने अन्य व्यक्तिको क्रेडिट कार्ड डाटा प्रयोग गरेर अनलाइनमार्फत शिन्कान्सेन ट्रेनको गरि टिकट खरिद गरेको आरोपमा एक जापानी र चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ।शंकास्पद व्यक्तिहरूमा निश्चित ठेगाना नभएका २८ वर्षीय चिनियाँ नागरिक झाङ सियाउ र पश्चिमी जापानको कोबेमा बस्ने ५५ वर्षीय जापानी कम्पनीका कार्यकारी अधिकृत योशिसुके हायाशिदासहितलाई सोमबार पक्राउ गरेको जापान प्रहरीले जनाएको जापानी सञ्चारमाध्यमले आफनो समाचारमा उल्लेख गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ७८० जना व्यक्तिको अवैध रूपमा क्रेडिट… पुरा पढौ

यस वर्षको भाइटीकाको साइत नेपाल र विदेशमा कति बेला? जापानमा भने १०: ४५ बजे

यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ । त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।  यस… पुरा पढौ

बुर्तिबाङ बजार नजिकै ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ बजार नजिकै गए राती ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ । बागलुङकै वडिगाड गाउँपालिकाको भिमगिठे हुँदै सोमबार राती सवा १० बजेतिर बुर्तिबाङ बजार तर्फ आइरहेको ध १ ज ९९४ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका २ मलकटिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा चालक,सावरी धनी तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिका २ पाखुते बस्ने २८ वर्षीय होमबहादुर पुन र ट्याक्सीमा सवार वडिगाड गाउँपालिका ६ छिसफाँट बस्ने ३२ वर्षीय अश्विन परियारको… पुरा पढौ

‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, त्यसको अर्थ के?

नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको छ।  त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।  तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ।  चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य… पुरा पढौ

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने भएको छ। एसिया प्यासिफिक क्षेत्रको शनिबार एनसिसीका अध्यक्षसहित बसेको बैठकले आगामी दुईवर्षे कार्यकालको मुख्य योजना अन्तर्गत कोष स्थापना गर्ने निर्णय गरेको हो। छिटो र छरितो रूपमा पीडितहरुलाई राहतको महशुस हुने गरी सहयोग प्रदान गर्नको लागि कोषको अपरिहार्यता देखिएकोले एसिया प्यासिफिक क्षेत्रीय समितिको मुख्य कार्ययोजनाका रूपमा राखेर एनसीसीहरुको सहयोग समन्वय र सहकार्यमा कोषको स्थापना गरिने क्षेत्रीय संयोजक हरि भट्टराईले बताएका छन्। बैठकले शुक्रबार पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु… पुरा पढौ

गुमनाम ‘लुकेको हीरा’ अर्थात ‘गुरिल्ला ट्रेकु‘

 पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो गुरिल्ला ट्रेक । गतसाल मध्यबर्खामा उहाँले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो । गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्कनुभएका उहाँले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै भदौ आखिरीतिर रोल्पाको जेलवाङ पुगेर पदयात्रा बिट मार्नुभएको थियो । “बागलुङको बुर्तिबाङसम्म मोटरमा पुगेँ, त्यसपछि ढोरपाटन हुँदै पदयात्रा सुरु गरेको थिएँ”, २९ वर्षीय गुरुङले भन्नुभयो, “अरु पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको… पुरा पढौ

भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुग्यो

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालसम्म दुई जिल्लामा गरेर १५७ जनाको मृत्यु… पुरा पढौ

एनआरएनए जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।"यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान… पुरा पढौ

भूकम्पबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, दर्जनौँ घर भग्नावशेषमा परिणत 

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए। जाजरकोटमा भूकम्पले मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको उनले बताए। भूकम्पमा थुप्रै घाइते भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जिल्लाका सबै सुरक्षा… पुरा पढौ