जापानमा एक अभिनेत्रीले आत्महत्या गर्नुको कारण-अत्यधिक काम र धम्की

-


     जनहित न्युज    
     कार्तिक २५ गते २०८०


जापानको चर्चित अल फिमेल संगीत थिएटर कम्पनी ताकाराजुका रेभ्युकी नायिकाले अत्यधिक काम र धम्कीका कारण आत्महत्या गरेको खुलेको छ ।
२५ वर्षीया मृतक अभिनेत्रीको परिवारको प्रतिनिधित्व गर्ने वकिल हिरोशी कावाहितोले टोकियोमा गरेको पत्रकार सम्मेलनमा अभिनेत्रीको आत्महत्याको कारण थिएटर कम्पनीका वरिष्ठ सदस्यहरूद्वारा अत्यधिक कामको चाप र धम्कीले उनको मानसिक र शारीरिक स्वास्थ्यमा सम्झौता गर्न नसकेको कारण आत्महत्या गरेको बताएका हुन ।
वकिल कावाहितोले कम्पनीबाट माफी र क्षतिपूर्तिको माग गर्दै “एक आशाजनक युवतीको ज्यान गुमाउनु परेको गम्भीरता” लाई प्रकाश पारेको बताए। कावाहितोका अनुसार मृतक अभिनेत्री ह्योगो प्रान्तको ताकाराजुकामा रहेको उक्त कम्पनीमा सातौं वर्षदेखि कार्यरत थिइन् र उनको मृत्युको समयमा ब्रह्माण्ड समूहमा क्रियाशिल थिइन्।
गत अप्रिलमा जुनियर सदस्यहरूको लागि संयोजक बनेपछि उनलाई उनको नियमित कामसंगै अभिनय निर्देशन र पोशाक तयारीको जिम्मेवारी दिइएको थियो।
कावाहितोका अनुसार अगस्ट र सेप्टेम्बरमा उनलाई करिब डेढ महिनासम्म कुनै पनि दिन बिदा बिना काम गर्न लगाइयो, धेरै दिनमा तीन घण्टा मात्रै सुत्न पाएकी थिइन्।

दुई वर्ष अघि एक वरिष्ठ सदस्यले उनको निधारमा फलाम थिच्दा उनको कपाल जलेको थियो, कम्पनीले यो आरोपलाई अस्वीकार गरेको थियो । उक्त कुरा फेब्रुअरीमा एक साप्ताहिक पत्रिकामा रिपोर्ट गरिएको थियो।
रिहर्सलको क्रममा प्रायः जुनियर सदस्यहरूको सबै गल्तीहरूको दोष वरिष्ठ सदस्यहरूले उनलाई लगाउने गर्दा मानसिक पीडाले अभिनेत्रीको स्वास्थ्यमा असर गर्न थालेको र अन्त्यमा आत्महत्या गर्न बाध्य भएकी उनको पक्षका वकिलको दाबी छ ।
कम्पनीले “(अभिनेत्री)लाई असामान्य अत्यधिक लामो काम गर्ने घण्टाको अधीनमा राखेर काम गराउने गर्दा उनलाई अत्यन्तै थकित बनाएको छ,” उनको परिवारले एक विज्ञप्तिमा भनेको छ-अपराधीहरूसहित कम्पनीलाई आफनो जिम्मेवारी स्वीकार गर्न र माफी माग्नु अनिवार्य छ ।
प्रहरीका अनुसार सेप्टेम्बर ३० को बिहान अभिनेत्री उनको कन्डोमिनियमको परिसरमा मृत फेला परेकी थिइन्।
थिएटरले पनि उनको मृत्यु र त्यसपछिका परिस्थितिहरूको अनुसन्धान गर्न वकिलहरू समावेश गरी बाहिरी छानबिन टोली गठन गरेको छ।
कम्पनीका प्रवक्ताले शुक्रबार यो विषयलाई गम्भीरताका साथ लिएको छ र “अनुसन्धानको निष्कर्षमा आधारित इमानदारीका साथ यसलाई सम्हाल्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?