चिनमा जासुसी गरेको आरोपमा जापानी नागरिकलाई १२ वर्षको जेल सजाय

-


     जनहित न्युज    
     कार्तिक २५ गते २०८०


चिनको उच्च अदालतले यस महिनाको सुरुमा जासुसी आरोपको सामना गरिरहेका एक जापानी नागरिकको अपिल खारेज गरेपछि १२ वर्षको जेल सजायलाई अन्तिम रूप दिइएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता सान फ्रान्सिस्कोमा हुने एसिया-प्रशान्त क्षेत्रका नेताहरूको भेलामा सहभागी हुनु अघि जासुसी गतिविधिमा संलग्न भएको आरोपमा हिरासतमा रहेका जापानी नागरिकलाई चिनले यस्तो फैसला सुनाएको हो।
जापानी औषधि निर्माता एस्टेलास फार्मा इंकका एक कर्मचारीलाई अक्टोबरमा जासुसी कार्यमा संलग्न रहेको आरोपमा जुलाई २०१९ मा पक्राउ गरि हिरासतमा परेपछि उनलाई मध्य चीनको हुनान प्रान्तको जिल्ला अदालतले यही वर्ष फेब्रुअरीमा १२ वर्षको जेल सजाय सुनाएको थियो ।
अर्को हप्ता सान फ्रान्सिस्कोमा हुने एसिया-प्रशान्त क्षेत्रका नेताहरूको भेलामा जापानका प्रधानमन्त्री किशिदा र चिनियाँ राष्ट्रपति जिनपिङले जापानी नागरिकलाई हिरासतमा राखिएको विषयमा छलफल गर्न समेत बताईएको छ।
५० वर्षको उमेरमा रहेका जापानी नागरिक चीनमा नर्सिङ केयरको काममा संलग्न थिए । स्रोतका अनुसार उक्त व्यक्तिले आफ्नो जासुसी गतिविधिले चीनको राष्ट्रिय सुरक्षामा हानी पुर्‍याएको दाबी गरेको उच्च अदालतको आदेशमा आपत्ति जनाएको छ।उनीको व्यक्तिगत सम्पत्ति भने जफत गरिएको छैन।
चीनस्थित जापानी दूतावासले उनी र दूतावासका कर्मचारीहरू बीचको अन्तर्वार्ताका क्रममा ती व्यक्तिसँग कुनै स्वास्थ्य समस्या नभेटिएको र आवश्यक सहयोग गर्ने योजना बनाएको छ।
चीनले राष्ट्रिय सुरक्षाको रक्षाको नाममा विदेशी संस्था र व्यक्तिहरूको छानबिनलाई तीव्र पार्दै आएको छ, विशेष गरी सन् २०१४ मा लागू भएको काउन्टर जासूसी कानून र २०१५ मा राष्ट्रिय सुरक्षा कानून लागू भएपछि धेरै विदेशीहरूलाई पक्राउ गरिएको छ।
त्यसयता चीनमा १७ जना जापानी नागरिकलाई हिरासतमा राखिएको छ, जसमध्ये ५० वर्षका ती पुरुषसहित १० जना नागरिकलाई १५ वर्षसम्मको जेल सजाय सुनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?