गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको पाँचौँ अधिवेशन नोभेम्बर २१ मा हुने

-


     जनहित न्युज    
     कार्तिक २७ गते २०८०


जापानमा रहेका खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले गठित गल्कोट स्पोर्ट्स क्लव टोकियोको पाचौ अधिवेशन हुने भएको छ।

“राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउने उद्देश्यले स्थापना भएको क्लबको अधिवेशन नोभेम्बर २१ तारिख हुन लागेको महासचिव दिनेश थापाले जानकारी दिए । अधिवेशन टोकियोको शिन ओकुवो स्थित सोलमारीको मुरा हलमा हुने बताइएको छ।

सन २०१५ मा स्थापना गरिएको क्लबले जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी दर्शक र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवंम् सहकार्यको वातावरण सृजना गरि आफ्नो स्थापनाकाल देखि नै नेपालको राष्ट्रिय खेल भलिबलको खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव थापाले बताए ।

अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ कार्य भइरहेको अध्यक्ष डिलाराम निउरेले बताए । उनका अनुसार अधिवेशनबाट आगामी कार्यकाल २०२३-२०२५ को लागि नेतृत्व चयन समेत हुने भएकोले संस्थाका संरक्षक लक्ष्मण कार्कीको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवस्यक तयारी गर्नका लागि वर्तमान अध्यक्षको संयोजकत्वमा मूल आयोजक गठन गरि अधिवेशनको तयारीलाई व्यापक पारिएको छ।

नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि खेलकुद साथै सामाजिक क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक लक्ष्मण कार्कीले बताए ।

जापानमा भलिबललाइ प्राथामिकतामा राखी आठौ खुल्ला पुरुष भलिबल प्रतियोगितासम्म रनिङ कप प्रतियोगितालाई निरन्तरता दिने पहिलो संस्थाको रुपमा परिचित रहेको छ। अध्यक्ष निउरेले भने – नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन बढ्दो क्रममा रहेको र जापनमा पनि त्यो लोकप्रियतालाई अझै उचाईमा पुर्याउन योगदान गरिरहेका छौं।

खेलकुद साथै भलिबल क्षेत्रको विकासको लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक रहेकोले त्यसका निम्ति दबाब सृजना गर्न पनि क्लबले भूमिका निर्वाह गर्दै आइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?