तस्विर समाचार

गलकोटका सबै बस्तीमा पुग्यो सडक

बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्‍याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ। ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको छ। नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरू निर्वाचित भएर आएपछि करिब २२० किलाेमिटरभन्दा बढी सडक निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किलाेमिटर ग्रामीण सडक रहेका छन्। नगरप्रमुख गैरेले वर्षौँअघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिमा जोड दिने… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ८६ र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४२ पैसा कायम गरिएको… पुरा पढौ

जापानमा ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को पहिलो पटक बृहत् कन्सर्ट आयोजना हुदै

जापानको टोकियोमा नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २२, २०२४ (आईतवार) मा आयोजना हुने भएको छ। यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका दर्शकहरुलाई नेपाली संगीत र संस्कृति सँग जोड्नु, आपसी समझदारी र सांस्कृतिक आदानप्रदानको मञ्च सिर्जना गर्नु हो। भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेले 'पूर्ण राई एण्ड दाजुभाइहरु' को जापान टुर - २०२४ अफिसियल राईट्स लिएर कन्सर्टको तयारी र व्यवस्थापन तीव्र गतिमा अगाडि बढाईराख्नु भएको छ्। उहाँले विगतमा पनि जापानमा धेरै… पुरा पढौ

माचुदो फेस्टिवलको आय ब्यय विवरण सार्वजनिक, ३० लाख खुद नाफा

टोकियो । गैर आवासीय नेपाली संघ चिबा क्षेत्रीय समिति जापान र माचुदो नगरको संयुक्त आयोजनमा सम्पन्न भएको माचुदो नेपाल फेस्टिवल चिबाको आय- ब्यय विवरण सार्वजनिक गरिएको छ । गत सेप्टेम्बर २२ तारिख आयोजना गरिएको सो फेस्टिवलको आय ब्यय विवरण आईतवार चिबामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । आर्थिक समितिका संयोजक मुक्तिराज रेग्मीले सार्वजनिक गरेको आर्थिक प्रतिबेदन अनुसार सो फेस्टिवलमा ८६ लाख ७९ हजार ८४१ एन आम्दानी भएको छ । नेपाल र जापानबीचको ’कल्चर एक्सेन्च’ गर्ने उद्देश्यले आयोजना गरिएको… पुरा पढौ

जापानको क्योतोमा साँगीतिक साझ कार्यक्रम सम्पन्न

जापानको क्योतोमा नेपाली कलाकारहरुको प्रस्तुति सहित मंगलबार साँगीतिक साझ कार्यक्रम सम्पन्न भएको छ ।स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साँगीतिक कार्यक्रममा नेपालदेखि जापान भ्रमणमा रहेका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर कलाकारितामा क्रियाशिल कलाकारहरूले आफ्नो साँगीतिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।स्टार ग्रुप जापान र स्योराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त सांगीतिक साँझमा कलाकारहरु काजल गुरूङ,गोबिन्द गुरूङ,बालचन्द्र बराल,शंकर सुनार,निकिता गुरूङ,कुलबिर थापा,दुर्गेश कार्की, सलिना नेपाली लगायतले आफ्ना विभिन्न… पुरा पढौ

पन्ध्रौं शताब्दीको ‘भुस पोल्ने पर्व ’ अझै कायमै

पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।  सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो ।  उहाँका अनुसार… पुरा पढौ

ओदावारा पिरो स्पोर्ट्स क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने

टोकियो, ओदावारा पिरो स्पोर्ट्स क्लब (ODAWARA PIRO SPORTS CLJB) द्वारा ओदावारा क्षेत्रमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने राष्ट्रीय मान्यतालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिवललाई विदेशी भुमिमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता आगामी डिसेम्बर १६ तारिकका दिन ODAWARA ARENA SPORTS COMPLEX सेन्टर(Japan, 〒250-0866 Kanagawa, Odawara, Nakazone, 263 小田原市総合文化体育館(小田原アリーナ) मा गर्न लागेको खेल संयोजक मनोज केसीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण… पुरा पढौ

जापानमा हुने ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ को तयारी अन्तिम चरणमा

जापानमा हुने ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ।नेपाल फेस्टिवल आयोजक समितिले फेस्टिवलको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आइतबार अनलाइनमार्फत गरेको पत्रकारमा सो जानकारी गराइएको हो ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, नेपाल आदिवासी जनजाती महासंघ जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा हुने १४ नेपाल फेस्टिवल- २०२४ का लागि आवश्यक तयारीको करिब ७० प्रतिशत काम सम्पन्न… पुरा पढौ

रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थप

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थपिएको छ। आइतबार जिल्ला अदालतले १३ दिन थप म्याद दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविलाई छुटाउन पार्टीका नेताहरू निरन्तर दबाबमा छन्। तर सफल भएका छैनन्। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । पुनः तेस्रो पटक १० दिनको म्याद थप… पुरा पढौ

कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १० जना घाइते

कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे… पुरा पढौ