तस्विर समाचार

जापान: अब मान्छे पनि मेशिनले नै धुने, आयो यस्तो मेशिन

टोकियो । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो । अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो । यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी… पुरा पढौ

बच्चा बढी जन्माउन भनेर टोकियो सरकारले कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने

घट्दो जन्मदरलाई रोक्न जापानको टोकियो महानगर सरकारले आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ। विश्वको सबैभन्दा ठूलो सहर टोकियोले अप्रिल २०२५ देखि लागु हुने गरी सो योजना बनाएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। यो योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ। हाल टोकियोमा लगभग संसारभर लागु भए जस्तै हप्ताको पाँच दिन काम गर्नुपर्छ। यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो… पुरा पढौ

जापानमा अभिवादन, धन्यवाद अनि सरल शिष्टाचारपूर्ण बोलीचाली र व्यवहार कसरी गर्ने

मानिसको परिचय उसको बोलीचालीबाट स्पष्ट हुन्छ । उसको संस्कार र उ कस्तो परिवेशबाट हुर्के बढेर आयो, उसले प्रयोग गर्ने शब्दहरूले उसको पहिचान बनाएको हुन्छ । हामी चलनचल्तीमा थाहा नै नपाईकन कति मिठा र गुनिला अनि आदरभाव प्रकट हुने शब्दको प्रयोग गरिरहेका हुन्छौ-अनि समाजमा चिनेजानेका मान्यजनहरूले “आहा-यसको उसको छोरा/छोरी” कति राम्रो, कस्तो राम्रो संस्कारमा हुर्के बढेको भनेर जस, इज्जत सम्मान र सामाजिक प्रतिष्ठा दिन्छन् । उ एक जनाको मात्र कहाँ हो र सँगसँगै उसको अभिभावकको मान सम्मान अभिमान उचो हुन्छ ।… पुरा पढौ

जाडोमा “सुपर फुड”

अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पछौँ–“आहा सुपर फुड खाइयो”। तर यो वास्तविक हो र?‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।तर अनेक अनुसन्धानकर्ताले विभिन्न भोजनको विश्लेषण गरेर दैनिक पोषण कस्तो खानुपर्छ ? के के ‘सुपर फुड’ छन् भनेर लेखेका छन्। वास्तवमा हाम्रो… पुरा पढौ

बागलुङ समाज जापानको पाँचौं अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने

बागलुङ समाज जापानको पाँचौं अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने भएको छ । गत नोभेम्बर २४ मा (मंसिर ९ गते) बसेको समाजको नियममित बैठकले अधिवेशनको मिति तय गरेको हो । समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामु खत्रीले जानकारी दिए । ‘सामाजिक कार्यमा सक्रिय समाजको पाचौ अधिवेशनले नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ’, प्रवक्ता खत्रीले भने । अधिवेशन सम्पन्न गर्नका लागी सबै तयारी थालिएको खत्रीले बताए… पुरा पढौ

उजाडिएको गाउँमा जापानबाट फर्केर बाख्रापालन

बागलुङको काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घरधुरी थिए । बसाइँसराईका कारण यहाँका ३५ घरमामात्रै मानिस बसोबास गर्दै आएका छन् । अन्य घर खण्डहर जस्तै बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँसराई गरेर चितवन पुगेका छन् । गाउँमा खेतीयोग्य जमिन बाँझो बनेपछि यहाँका एक युवा १४ वर्षको जापान बसाई त्यागेर गाउँमै वृहत्तर रुपमा बाख्रापलन गर्न थाल्नुभएको छ । बाँझो जग्गाको सदुपयोग गर्दै ठूलो परिणाममा बाख्रा पालन थालिएको छ । सन् २००९… पुरा पढौ

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

बागलुङ । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्याशित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।  नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । रासससँग कुराकानी गर्दै उनले भनिन्, “मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै… पुरा पढौ

गलकोट समाज जापानले नया वर्षमा गर्न लागेको सांगीतिक धमाका-२०२५ को तयारीमा तिव्रता

गलाकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२५ मा जापानका चार वटा शहरमा ‘"समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ गर्न लागेको सांगीतिक धमाका-२०२५ को तयारीलाई तिव्र पारेको छ ।“हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मान्यताका साथ स्थापित गलकोट समाज जापानको मुख्य आयोजनामा नेपालका चर्चित कलाकारहरुको साथमा हुने साँगीतिक धमाका- २०२५ को तयारीमा तिव्रता ल्याइएको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।सामाजिक उत्तरदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत… पुरा पढौ

दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

गण्डकी –कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ। त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ। उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ। सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा सङ्कलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ। “सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाईभैँसी… पुरा पढौ

जापानमा नेपालीको लगानीमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने

टोकियो । नेपालीहरुको सामूहिक लगानीमा टोकियोको खामीनाखाजातोमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने भएको छ ।जापानमा बसोबास गर्ने ७० जना नेपालीको करिब १० करोड येन लगानीमा एसियन ब्रिज इन्टरनेसनल स्कुल सञ्चालनमा आउन लागेको हो । विद्यालयको संचालन समितिले आईतबार बेम्बो छें सिनओकुवोम पत्रकार भेटघाट गरि जानकारी दिएको छ । स्कुलले सन् २०२५ को अप्रिल महिनाबाट कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालयले भर्ना खुला गरेको छ। जापानी शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शिक्षा पद्धतिलाई अवलम्बन गरी क्षमतावान जनशक्ति तयार गर्ने… पुरा पढौ