बागलुङ समाज जापानको पाँचौं अधिवेशन आगामी जनवरी १९ तारिखमा हुने भएको छ ।
गत नोभेम्बर २४ मा (मंसिर ९ गते) बसेको समाजको नियममित बैठकले अधिवेशनको मिति तय गरेको हो । समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामु खत्रीले जानकारी दिए ।
‘सामाजिक कार्यमा सक्रिय समाजको पाचौ अधिवेशनले नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ’, प्रवक्ता खत्रीले भने ।
अधिवेशन सम्पन्न गर्नका लागी सबै तयारी थालिएको खत्रीले बताए । अधिवेशनका दिन जापानमा रहेका सबै बागलुङबासीलाई सहभागीता जनाउन समेत खत्रीले अनुरोध गरे ।
बागलुङबाट जापानका विभिन्न शहरहरुमा बागलुङ बासीहरुको ठुलो संख्या रहेको छ । विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
जापानमा रहेका बागलुङेसहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र बागलुङको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको हो । समाजले बागलुङको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृति क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।