तस्विर समाचार

जापानले १४० वर्षपछि क़ानून परिमार्जन गरि वयस्कको उमेर १८ वर्ष क़ायम गर्दै

जापानले १४० वर्षपछि पहिलो पटक अप्रिल महिनामा नागरिक संहिता परिमार्जन गरेर वयस्कको उमेर २० बाट १८ वर्षमा झार्ने वयस्कको कानुनी परिभाषा परिवर्तन गर्दै १८ र १९ वर्षका बालबालिकाका लागि नयाँ स्वतन्त्रता र जिम्मेवारीहरू तोक्ने भएको छ ।युवाहरूलाई सक्रिय सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले अभिभावकको सहमति बिना विभिन्न क़ानूनी कार्य गर्न अनुमति दिएपछि उनीहरू सहज हुने लक्ष्यका साथ सो नागरिक संहिता परिमार्जन गरिन लागेको जापानी संचारमाध्यमहरूले जनाएका छन । १८ र १९ वर्षका वयस्कहरू आपराधिक कार्यमा संलग्न रहि अपराधीक क्रियाकलाप गरेमा… पुरा पढौ

जापानमा परराष्ट्र मन्त्रालयको भवनमा कार ठोक्काउने व्यक्ति पक्राऊ   

टोकियोमा रहेको परराष्ट्र मन्त्रालयको भवनमा आफ्नो कार ठोक्काएको अभियोगमा ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार बेलुका साढे ६ बजे मन्त्रालयको प्रवेशद्वार नजिकैको एउटा पिलरमा कार ठोक्किएपछि प्रहरीले योजनाबद्द रूपमा नै संरचना तोडफोड गर्ने नियतले कार ठोक्काएको आशंकामा घटनास्थल बाट नै ति व्यक्तिलाई पक्राउ गरेको हो ।घटनाको प्रत्यक्षदर्शी क्योदो न्युज रिपोर्टरका अनुसार टक्कर पछि ती व्यक्तिले गाडीबाट बाहिर निस्किएर बारम्बार चिच्याउदै भने "मैले परराष्ट्र मन्त्रालयसँग केही कुरा गर्नु थियो।"मन्त्रालयका सुरक्षा अधिकारीहरूले टोकियो निवासी ती व्यक्तिलाई भुइँमा सुत्न… पुरा पढौ

ठेकेदार र पेस्की फर्स्यौट नगर्ने, समानुपातिकको बन्द सूचीमा रहेकाहरू स्थानीय तहको उम्मेदवार बन्न नपाउने 

पहिलो स्थानीय तहको निर्वाचनमा निर्माण व्यवसायमा संलग्नहरू जनप्रतिनिधि बन्दा प्राकृतिक स्रोतको चरम दोहन भएपछि निर्वाचन आयोगले अब ठेक्कापट्टा र अन्य कारोबारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ। आयोगले  बुधवार १८ बुँदे स्व घोषणा जारी गर्दै कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न रहेको व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान राखेको हो। अब स्थानीय तहलाई कुनै जिन्सी वा नगद बुझाउन बाँकी भएको व्यक्ति पनि उम्मेदवार हुन पाउँदैन। स्वघोषणामा सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, विदेशको… पुरा पढौ

आसन्न स्थानीय तहको निर्वाचनमा श्रमजिवी र उत्पिडित वर्गको पक्षमा कार्य गर्नेलाई प्रवासीले सहयोग गरिनुपर्ने

प्रवासमा रहेर नेपाली माटो र आफ़नो आस्था बिश्वास र विचारलाई कदापि डगमगाउन नदिन र श्रमजिवी वर्गको पक्षमा वकालत गर्नका लागि प्रवास समन्वय समितिका सदस्य तथा पूर्वी एसिया संयोजक हर्क थापाले सबैलाई आग्रह गरेका छन ।नेपाली जनप्रगतिशील मञ्च जापान च्यूबु मिए क्षेत्रीय समितिले सोमबार आयोजना गरेको बारकिक्यू, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक थापाले विगतका दिनमा श्रमजिवी वर्ग र उत्पीड़ितको पक्षमा आफ़नो महत्वपूर्ण भूमिका निर्वाह गरेका हामीहरूले त्यसलाई सहि रूपमा कार्यान्वयन गराउन नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा… पुरा पढौ

कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न जापानको आग्रह 

जापान सरकारले रूसी तरल प्राकृतिक ग्यास एलएनजीको लागि रुसी मुद्रामा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरेको छ । जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताए अनुसार रुसी ग्यासका लागि रुसी मुद्रा रुबलमा कारोबार नगर्न जापानी कम्पनीहरूलाई आग्रह गरिएको हो । ‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।’ मात्सुनोलाई उद्धृत गर्दै रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ । युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुक… पुरा पढौ

जापानमा अन्य विदेशीको संख्या घट्दा नेपालीको जनसंख्या बढ्यो, झन्डै १ लाखको हाराहारीमा

कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जापान सरकारले सिमा नियन्त्रण गरि विदेशी नागरिकहरूको प्रवेशमा गरेको कडाइका कारण अघिल्लो वर्षको तुलनामा सन २०२१ मा विदेशी नागरिकको संख्या ४.४ प्रतिशतले कमि हुदापनि नेपालीको संख्या बढेर ९७ हजार १०७ रहेको छ।अध्यागमन सेवा एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार जापानमा बस्ने विदेशीहरूमा नेपालीहरूको संख्या छैठौ स्थान रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय २७ जना नेपालीको संख्या बढेको तथ्यांकमा उल्लेख गरिएको छ । जापानमा चीन, भियतनाम, कोरिया, फिलिपिन्स, ब्राजिल… पुरा पढौ

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ । कुश्मा नगरपालिका वडा नं १४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरि टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याए सँगै सेवाग्राही लाभान्वित भएका छन । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ७ को रापु राम्जा वडा नं ८ चित्रे,… पुरा पढौ

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुले गरे प्रधानमन्त्री देउवा तथा अध्यक्ष प्रचण्डसंग भेट, बुझाए ज्ञापनपत्र

काठमाडौँ (जीएनएन)-- गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु लगायत अन्य पदाधिकारीहरुले मंगलबार प्रधानमंत्री शेर बहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै भेटी दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएका छन्।नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट लगायत नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेस सभापति तथा प्रधानमंत्री देउवासंग भेटघाट गरेका थिए।उक्त अवसरमा बोल्दै प्रधानमंत्री देउवाले एनआरएनहरुलाई मिलेर अगाडि… पुरा पढौ

पिकअप जीप दुर्घटनामा परि नेकपा(एमाले) नगर समितिका अध्यक्ष पौडेलको निधन

बागलुङको पश्चिम क्षेत्रको मध्यपहाडी लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–२ खाडु भन्ने स्थानमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना गम्भिर घाइते भएका छन।खाडुको भिरबाट खोलामा खसेको जीप दुर्घटनामा परि ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । मंगलबार साँझ ६ बजे तिर निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा जिप अनियन्त्रीत… पुरा पढौ

“शेष घलेलाई एनआरएनएको मूलधारमा फर्कन मेरो सल्लाह रहन्छ” : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेष घलेलाई पनि गैरआवासीय नेपाली संघ एनआरएनएको मूलधारमा फर्कन आफुले सल्लाह दिने बताएका छन् ।  एनआरएनए नव निर्वाचित पदाधिकारी र पूर्व अध्यक्षहरु सँग मंगलवार भएको भेटमा बोल्दै अध्यक्ष प्रचण्डले विवाद समाधानका लागि तीन अध्यक्षको मोडालिटि राम्रो भएको बताए । “शेष घलेजीले किन त्यस्तो गर्नु भयो मैले बुझेको छैन, र मैले सोध्न पनि चाहेको छैन्, के कारणले यस्तो भएको हो भनेर । मौका मिल्यो भने उहाँलाई यस्तो नगरौ यतै जोड्यौ भन्ने सल्लाह रहन्छ… पुरा पढौ