जापानमा परराष्ट्र मन्त्रालयको भवनमा कार ठोक्काउने व्यक्ति पक्राऊ   

-


     जनहित न्युज    
     चैत्र १६ गते २०७८


टोकियोमा रहेको परराष्ट्र मन्त्रालयको भवनमा आफ्नो कार ठोक्काएको अभियोगमा ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका साढे ६ बजे मन्त्रालयको प्रवेशद्वार नजिकैको एउटा पिलरमा कार ठोक्किएपछि प्रहरीले योजनाबद्द रूपमा नै संरचना तोडफोड गर्ने नियतले कार ठोक्काएको आशंकामा घटनास्थल बाट नै ति व्यक्तिलाई पक्राउ गरेको हो ।
घटनाको प्रत्यक्षदर्शी क्योदो न्युज रिपोर्टरका अनुसार टक्कर पछि ती व्यक्तिले गाडीबाट बाहिर निस्किएर बारम्बार चिच्याउदै भने “मैले परराष्ट्र मन्त्रालयसँग केही कुरा गर्नु थियो।”
मन्त्रालयका सुरक्षा अधिकारीहरूले टोकियो निवासी ती व्यक्तिलाई भुइँमा सुत्न भनि हतियारले हानिएको रिपोर्टरले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?