तस्विर समाचार

श्रमस्वीकृति रद्द र सिफारिस नियम हट्यो 

विदेशमा मृत्यु र अंगभंग भई फर्केका श्रमिकले बिमा दाबी गर्दा अनिवार्य गरिएको श्रमस्वीकृतिको सिफारिस र श्रमस्वीकृति रद्दका लागि बिचौलियाले लाखौ रुपैयाँ उठाउन थालेपछि सरकारले सिफारिसको नियम हटाएको छ । यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु र अंगभंग भएका बिरामीले बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमिकले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने अनिवार्य प्रावधान थियो । वैदेशिक रोजगार विभागले सिफारिसको नाममा ठगी बढ्न थालेपछि सम्बन्धित कामदारले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधान हटाइएको जनाएको छ ।योसँगै श्रमस्वीकृति सिफारिस र… पुरा पढौ

सार्वजनिक सवारीसाधनको भाडा बढाउने सरकारको निर्णय 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ । मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो । इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा १० देखि १४ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था… पुरा पढौ

जापानमा साकुरा फूलेको छ, त्यसैमा सबैको मन भुलेको छ । यो सिजन साकुराको हो – तस्विरहरूमा साकुरा  

जापानमा साकुरा फूलेको छ, त्यसैमा सबैको मन भुलेको छ । यो सिजन साकुराको हो - तस्विरहरूमा साकुरा पुरा पढौ

जापानले आगामी दुई वर्षभित्रमा ९५ प्रतिशत जनसंख्यामा फाइभजी मोबाइलको पहुँच पुर्याउने

जापान सरकारले आगामी दुई वर्षमा उच्च गतिको फाइभजी वायरलेस सेवाको उपलब्धता तीन गुणा बढाउने लक्ष्य राखेको छ ।केन्द्र सरकारले आर्थिक वर्ष २०२३ को अन्त्यसम्ममा ९५ प्रतिशत जनसंख्यालाई फाइभजी मोबाइल नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको हो । सञ्चार मन्त्रालयले दूरसञ्चार कम्पनीहरूसँग परामर्श गरी आर्थिक वर्ष २०२३ को अन्त्यसम्म ९५ प्रतिशत कभरेज हासिल गर्ने र आर्थिक वर्ष २०२५ सम्म ९७ प्रतिशत र आर्थिक वर्ष २०३० सम्म ९९ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।दूरसञ्चार मन्त्रालयले घोषणा गरेको पछिल्लो पूर्वाधार विकास योजनामा ​​देशभर द्रुतगतिको… पुरा पढौ

जापानले १४० वर्षपछि क़ानून परिमार्जन गरि वयस्कको उमेर १८ वर्ष क़ायम गर्दै

जापानले १४० वर्षपछि पहिलो पटक अप्रिल महिनामा नागरिक संहिता परिमार्जन गरेर वयस्कको उमेर २० बाट १८ वर्षमा झार्ने वयस्कको कानुनी परिभाषा परिवर्तन गर्दै १८ र १९ वर्षका बालबालिकाका लागि नयाँ स्वतन्त्रता र जिम्मेवारीहरू तोक्ने भएको छ ।युवाहरूलाई सक्रिय सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले अभिभावकको सहमति बिना विभिन्न क़ानूनी कार्य गर्न अनुमति दिएपछि उनीहरू सहज हुने लक्ष्यका साथ सो नागरिक संहिता परिमार्जन गरिन लागेको जापानी संचारमाध्यमहरूले जनाएका छन । १८ र १९ वर्षका वयस्कहरू आपराधिक कार्यमा संलग्न रहि अपराधीक क्रियाकलाप गरेमा… पुरा पढौ

जापानमा परराष्ट्र मन्त्रालयको भवनमा कार ठोक्काउने व्यक्ति पक्राऊ   

टोकियोमा रहेको परराष्ट्र मन्त्रालयको भवनमा आफ्नो कार ठोक्काएको अभियोगमा ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार बेलुका साढे ६ बजे मन्त्रालयको प्रवेशद्वार नजिकैको एउटा पिलरमा कार ठोक्किएपछि प्रहरीले योजनाबद्द रूपमा नै संरचना तोडफोड गर्ने नियतले कार ठोक्काएको आशंकामा घटनास्थल बाट नै ति व्यक्तिलाई पक्राउ गरेको हो ।घटनाको प्रत्यक्षदर्शी क्योदो न्युज रिपोर्टरका अनुसार टक्कर पछि ती व्यक्तिले गाडीबाट बाहिर निस्किएर बारम्बार चिच्याउदै भने "मैले परराष्ट्र मन्त्रालयसँग केही कुरा गर्नु थियो।"मन्त्रालयका सुरक्षा अधिकारीहरूले टोकियो निवासी ती व्यक्तिलाई भुइँमा सुत्न… पुरा पढौ

ठेकेदार र पेस्की फर्स्यौट नगर्ने, समानुपातिकको बन्द सूचीमा रहेकाहरू स्थानीय तहको उम्मेदवार बन्न नपाउने 

पहिलो स्थानीय तहको निर्वाचनमा निर्माण व्यवसायमा संलग्नहरू जनप्रतिनिधि बन्दा प्राकृतिक स्रोतको चरम दोहन भएपछि निर्वाचन आयोगले अब ठेक्कापट्टा र अन्य कारोबारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ। आयोगले  बुधवार १८ बुँदे स्व घोषणा जारी गर्दै कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न रहेको व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान राखेको हो। अब स्थानीय तहलाई कुनै जिन्सी वा नगद बुझाउन बाँकी भएको व्यक्ति पनि उम्मेदवार हुन पाउँदैन। स्वघोषणामा सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, विदेशको… पुरा पढौ

आसन्न स्थानीय तहको निर्वाचनमा श्रमजिवी र उत्पिडित वर्गको पक्षमा कार्य गर्नेलाई प्रवासीले सहयोग गरिनुपर्ने

प्रवासमा रहेर नेपाली माटो र आफ़नो आस्था बिश्वास र विचारलाई कदापि डगमगाउन नदिन र श्रमजिवी वर्गको पक्षमा वकालत गर्नका लागि प्रवास समन्वय समितिका सदस्य तथा पूर्वी एसिया संयोजक हर्क थापाले सबैलाई आग्रह गरेका छन ।नेपाली जनप्रगतिशील मञ्च जापान च्यूबु मिए क्षेत्रीय समितिले सोमबार आयोजना गरेको बारकिक्यू, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक थापाले विगतका दिनमा श्रमजिवी वर्ग र उत्पीड़ितको पक्षमा आफ़नो महत्वपूर्ण भूमिका निर्वाह गरेका हामीहरूले त्यसलाई सहि रूपमा कार्यान्वयन गराउन नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा… पुरा पढौ

कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न जापानको आग्रह 

जापान सरकारले रूसी तरल प्राकृतिक ग्यास एलएनजीको लागि रुसी मुद्रामा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरेको छ । जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताए अनुसार रुसी ग्यासका लागि रुसी मुद्रा रुबलमा कारोबार नगर्न जापानी कम्पनीहरूलाई आग्रह गरिएको हो । ‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।’ मात्सुनोलाई उद्धृत गर्दै रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ । युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुक… पुरा पढौ

जापानमा अन्य विदेशीको संख्या घट्दा नेपालीको जनसंख्या बढ्यो, झन्डै १ लाखको हाराहारीमा

कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जापान सरकारले सिमा नियन्त्रण गरि विदेशी नागरिकहरूको प्रवेशमा गरेको कडाइका कारण अघिल्लो वर्षको तुलनामा सन २०२१ मा विदेशी नागरिकको संख्या ४.४ प्रतिशतले कमि हुदापनि नेपालीको संख्या बढेर ९७ हजार १०७ रहेको छ।अध्यागमन सेवा एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार जापानमा बस्ने विदेशीहरूमा नेपालीहरूको संख्या छैठौ स्थान रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय २७ जना नेपालीको संख्या बढेको तथ्यांकमा उल्लेख गरिएको छ । जापानमा चीन, भियतनाम, कोरिया, फिलिपिन्स, ब्राजिल… पुरा पढौ