तस्विर समाचार

बिना सल्लाह पोखरा उपमेयरको टिकट दिएकोमा नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुद्वारा अस्विकार

नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले पोखरा महानगरपालिकाको उपमेयर पदको टिकट अस्विकार गरेकी छन्। शनिवार एमालेले गुरुङलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उनले पार्टीको निर्णय अस्विकार गरिदिएकी छन्। पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् । आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसँग कुनैपनि सल्लाह पनि नभएको उनको भनाइ छ। उपमेयरको पद आफूलाई स्विकार्य नरहेको गुरुङले प्रष्टोक्ति दिएकी छन् । ‘मैले मागेको भए अहिले तिमिलाई यो भयो भनेर चित्त बुझाउनु… पुरा पढौ

विमानस्थलमा १४ करोड बराबरको खैरो हेरोइन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ । दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौँ आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो । ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ । प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो । उनलाई पछ्याउँदै गएका ब्युरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई… पुरा पढौ

बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो । बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ… पुरा पढौ

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए। टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू… पुरा पढौ

होक्काइडो पानी जहाज़ दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि, १६ अझै बेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेताको प्रायद्वीपको तटमा हराएको दोस्रो दिन १० जनाको शव फेला परेका छन ।फेला परेका शव मध्य सात पुरुष र तीन महिलाको मृत्यु भएको पुष्टि गरेको छ भने जहाजमा सवार अन्य १६ जनाको अवस्था भने अज्ञात रहेको छ । अधिकारीहरूका अनुसार फेला परेका शवहरू समुद्रको किनारमा रहेका चट्टानहरूमा पसेका अवस्थामा फेला परेका थिए ।काजु १ नामक जहाजले दिउसो १:१३ बजे ओतारु होक्काइडोमा रहेको पहिलो क्षेत्रीय तटरक्षक मुख्यालयमा जहाजको… पुरा पढौ

काँग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गरे ।  घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको… पुरा पढौ

स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता

काठमाडौँ – यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पर्सि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता… पुरा पढौ

होक्काइडोको शिरेटो प्रायद्वीपको तटमा हराएको पर्यटकीय डुङ्गाबाट ७ जनाको उद्धार, अन्य अझै वेपत्ता

शनिबार यात्रु र चालक दलका सदस्यसहित २६ जना बोकेको एउटा पर्यटकीय डुङ्गा होक्काइडोको शिरेटोको प्रायद्वीपको तटमा हराएको अर्कों दिन सवारमा रहेका सात जना यात्रु फेला परेका छन ।ती सबैलाई बेहोस अवस्थामा अस्पताल लगिएको छ । र अन्यको अवस्था अझैसम्म पनि अज्ञात रहेको जापान कोस्ट गार्डले जनाएको छ । कोस्ट गार्डका अधिकारीहरूले बताए अनुसार "KAZU I" नामक पानी जहाज़ ले तटरक्षकलाई शनिबार दिउँसो १:१५ बजे पानीमा डुबेको जानकारी गराएको र त्यसपछि सम्पर्क गुमाउनु अघि अपराह्न ३ बजेतिर जहाजले पानीमा लिइरहेको र… पुरा पढौ

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् । ललितपुरको… पुरा पढौ

निर्वाचन र स्थानीय मिडिया

नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ । यसरी नेपालमा निर्वाचनको इतिहास स्थानीय निर्वाचनबाटै प्रारम्भ भयो । देशकै पहिलो अर्थात् वि.सं. २००४ को निर्वाचनको समयमा देशमा प्रेस स्वतन्त्रता नरहेको र तत्कालीन जहानियाँ राणा शासनको प्रकृति नै अलोकतान्त्रिक/अप्रजातान्त्रिक रहेकाले मिडियाको भूमिका नगन्यजस्तै थियो । गोरखापत्रमा निर्वाचनबारे… पुरा पढौ