तस्विर समाचार

निर्वाचनको सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार, निर्वाचन सुनिश्चित

स्थानीय तहको निर्वाचनमा महिलाको संख्या कम हुने भन्दै प्रश्न उठाएर मानवअधिकार आयोगकी पूर्व आयुक्त तथा अधिवक्ता महोना अन्सारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । राजनीतिक दलहरुले गठबन्धनका आधारमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा मात्रै पदमा उम्मेदवार दिँदा महिला अनिवार्य नगराउँदा पनि हुने गरी निर्वाचन आयोगले भनेको थियो ।  आयोगको यस निर्णय संविधान विपरित भएको भन्दै अन्सारीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले ४ वैशाखमा रिट दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीश तिलप्रसाद… पुरा पढौ

आङ सान सू चीलाई थप ५ वर्ष जेल सजाय

म्यानमारको जुन्ता अदालतले बुधवार आङ सान सू चीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ ।  पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुचीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको  थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधवार बिहान ९:३० बजे फैसला र सजाय सुनाएको हो । सू चीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो । सैन्य शासनको… पुरा पढौ

विप्लव नेकपामा निर्वाचनका विषयमा विवाद, धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई कारवाही

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन् । अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई महासचिव विप्लवले पदमुक्त गरेका हुन् । पछिल्लो समय विप्लव चुनावको पक्षमा थिए भने बास्तोला र वली विपक्षमा थिए । यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो… पुरा पढौ

जेठ १ गतेदेखि नेपालमा सातामा दुई दिन सार्वजनिक बिदा 

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरि बिहान ९:३० देखि ५:३०  बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।  सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो ।यसअघि बिहान… पुरा पढौ

बागी उम्मेदवारी फिर्ता गराउन पाँचदलीय गठबन्धनको निर्देशन

पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बिचमा सिट बाँडफाँटको समझदारी गर्ने निर्णयसमेत गरेको छ ।गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ५ सयमा झरेको छ।  चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ।  पुरा पढौ

नेपालमा १० प्रकारका विलासीका वस्तु आयातमा रोक

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मकाे लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, खेलौनाहरु र तास आयातमा रोक लगाएको छ।  कूटनीतिक नियोगका अधिकारीकाे लागि प्रयाेजनार्थ ती वस्तु ल्याउन बन्देज लागू नहुने… पुरा पढौ

पाँच वर्षसम्म दुःख पाइएला,त्यसैले यी व्यक्तिलाई उम्मेदवार बन्नबाट रोकौ

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार दुई दिन मनोनयन दर्ता भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगलबार भने दाबी विरोधको सूचना दिन सकिन्छ । स्थानीय तह निर्वाचन ऐन अनुसार अयोग्य उम्मेदवारबारे सूचना दिन सकिने प्रवाधान छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद–४ को १२ र १३ अनुसार योग्यता भएका विरुद्धमा उजुरी दिन सकिन्छ । यसरी उजुरी परेका उम्मेदवारको बुधबार र बिहीबार निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्नेछ । त्यसपछि योग्य उम्मेदवारको अन्तिम… पुरा पढौ

बेल्जियम छाडेर आएको चार महिनामा गाउँपालिका अध्यक्षको उम्मेदवार

बागलुङ - अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) को अध्यक्ष बनेका उनलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरुले साझा उम्मेदवारका रूपमा अघि बढाएका हुन् । थापा चार महिनाअघि मात्रै नेपाल फर्केका थिए । कांग्रेसबाट होमबहादुर हमाललगायतका नेता अध्यक्षको आकाङ्क्षी रहे पनि अन्तिममा थापाले टिकट पाएका हुन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी बेल्जियमा रहँदा नेपाली जनसम्पर्क समितिमा क्रियाशील थिए… पुरा पढौ

उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो 

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र… पुरा पढौ