तस्विर समाचार

…त्यसैले सम्बन्ध जोड्न अहिल्यै हतार नगरौँ 

स्वस्तिमा गौतम, गाउँ भरि नै परिचित नाम हो। तनहुँको व्यास तीनमा। सबैको आँखाको नानी जस्तै बनेकी स्वस्तिमाले आफैले मन पराएर तनहुँकै पारिवारिक चिनजानको व्यक्तिसँग बिहे गरिन्। आफन्तले घरमा कुरा लिएर आएका थिए। अरूले यस्तोसँग के गर्ने होला देख्दा नि जोडी मिल्ने हुनुपर्छ भने तर उनले अरूको कुरा सुनिनन्। कुरा गर्दै जाँदा दुनियाँकै बुझ्ने मान्छे जस्तो लाग्यो। कुराकानी हुन थालेको एक महिनामा नै उनको बिहे पक्का भयो। दुई हप्तामै समय राखेर इन्गेजमेन्ट पनि भयो। तर उनको साथीले बिहे हुन लागेको केटा… पुरा पढौ

परदेशी गायक मनोज केसीको ‘बस है माया’ सालैजो सार्वजनिक ( भिडियोसहित)

गायक तथा सर्जक मनोज केसीको 'बस है माया' सालैजो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। केसीको आफ्नै शव्द र राम कुमार गुरुङको संगीत रहेको गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन् । पछिल्लो समयमा विदेशमा रहेर पनि नेपाली लोक, कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्य राखेर केसीले एक पछि अर्को म्यूजिक भिडियो सार्वजनिक गर्दै आएका छन्।रोजगारीको शिलशिलामा जापानको नागोया शहरमा बस्दै आएका केसीले जापानमा हुने विभिन्न सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आम जापानबासी लोक गीत संगीत… पुरा पढौ

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी 

तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा  मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र… पुरा पढौ

आईफोन प्रयोगकर्ताका लागि खुशीको खबर, अब युएसबी टाइप-सी चार्जिङ पोर्ट आउने 

एप्पल प्रयोगकर्ताका लागि ठूलो खबर आएको छ । अब कम्पनीले आफ्ना उत्पादनहरूमा युएसबी टाइप-सी चार्जिङ पोर्ट उपलब्ध गराउने सहमति गरेको छ । यो जानकारी एप्पलका मार्केटिङ प्रमुख ग्रेग जोसविकले दिएका छन् । एप्पल युरोपियन युनियन (इयु) को विश्वव्यापी चार्जर नियम लागू गरेपछि मात्र आफ्नो उपकरणहरूमा एकल चार्जिङ पोर्ट थप्न सहमत भएको छ। इयुले ३ हप्ता पहिले विश्वव्यापी चार्जर नियम लागू गर्यो इयु संसदले ३ हप्ताअघि युनिभर्सल चार्जर नियम लागू गरेको थियो। यस नियम अन्तर्गत इय ले सबै इलेक्ट्रोनिक्स कम्पनीहरूलाई २०२४… पुरा पढौ

हाचीकाेः जसले मालिककाे पर्खाइमा बितायाे १० वर्ष

यो कथा हाचीको नाम गरको एक कुकुरको हो, जसको इमान्दारीतको कथा आज पनि सुनिन्छ । हाचीकोलाई टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । यी दुईबीच यति घनिष्ठता थियो कि, कुकुर आफ्ना मालिकलाई छोड्न र लिन स्टेशनसम्म पुग्ने गर्थ्याे । यतिमात्रै होइन, जब उसको मालिकको मृत्यु भयो कुकुरले आफ्नो पूरा उमेर मालिकको पर्खाइमा बिताइदियो । यो इमानदारीता चलिरहँदा शिबुआ ट्रेन स्टेशनमा कुकुरको शालिक बनाइएको छ । यो जापानको कुनै राष्ट्रिय हिरोभन्दा कम छैन । टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनो लामो समयदेखि… पुरा पढौ

दुर्घटना घटाउन जापानमा कृत्रिम आँखासहितको सेल्फ ड्राइभिङ कार

जापानमा कारहरूमा पूर्ण रूपमा नयाँ प्रयोग भइरहेको छ । सडक दुर्घटना रोक्न गाडीको अगाडि ठूला आँखा जडान गरिने भएको छ । यी कृत्रिम आँखाहरू जापानको सेल्फ ड्राइभिङ कारमा जडान गरिने छ, जसले बायाँ र दायाँ घुमाउन सक्छ । यी गाडीहरु सडकमा गुड्दा पैदलयात्रुहरुलाई देखेर सचेत बनाइने छ, जसले पैदलयात्रुसँग हुने सडक दुर्घटनामा कमी आउने बताइएको छ । तैपनि गाडीको अगाडि मान्छे आयो भने यो गाडी आफै रोकिन्छ । जापानले सडक दुर्घटना रोक्न पूर्णतया नयाँ प्रविधिमा काम गरिरहेको छ । रिपोर्टका… पुरा पढौ

जापानमा नेपाली डायस्पोरा

नेपाल-जापान दौत्य सम्बन्ध स्थापना भएको ६ दशक बढि भएको छ । दौत्य सम्बन्ध स्थापनादेखि नै जापान सदैव नेपालको एक असल मित्रको रूपमा रहँदै नेपालको विकासमा महत्त्वपूण भूमिका खेलेको छ । धार्मिक र सांस्कृतिक पक्षमा नेपाल र जापानबीच धेरै समानता छ ।क्षेत्रफलमा जापान नेपालभन्दा करिब तीन गुणा, जनसंख्यामा करिब पाँच गुणा र अर्थतन्त्रको आकारमा करिब तीन सय गुणा ठूलो छ । उन्नत प्रविधि, उच्चस्तरीय मानव संसाधन, कठिन परि श्रम, कामप्रतिको लगाव, सांस्कृतिक रूपले धनी र अनुशासित सामाजिक व्यवहारको लागि जापान विश्वमै… पुरा पढौ

जापानमा कसरी मनाए त नेपालीले तिहार ?

टोकियो - जापानबासी नेपालीहरुले नेपालमा रहेका घरपरिवारहरुले जस्तै गरि परम्परागत ढंगले आफ्नो रीतिरिवाज अनुसार तिहार मनाएका छन् । जापानका टोकियो, ओसाका, नायोगा योकोहामा,सेन्दाई लगायतका सहरमा रहेका नेपालीहरुले लक्ष्मीपूजा, देउसीभैलो र भाइटीका लगाइ आपसी सत्भाव आत्मियता र बन्धुत्व साटासाट गर्दै तिहार मनाएका हुन् । व्यस्त देशको रुपमा परिचित जापानमा आफ्नो कामलाई केहि थाती राखेर भेट्न सम्भव परिवारजन साथीभाइहरुका बिचमा गाउँघरमा जस्तै गरि टिकाटालो गरेर सेल रोटी लगाएतका परिकारहरु खादै साथीभाइहरु मिली देउसी र भैलो खेलेर यसपालिको तिहार मनाएको दोलखा समाज जापानका… पुरा पढौ

उज्यालोे पर्वः तिहार

हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको… पुरा पढौ

तिहारको अन्तिम दिन आज भाइटिका, बिहान ११ः३७ बजे उत्तम साइत

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटिका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने… पुरा पढौ