तस्विर समाचार

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जुन समुद्री सिमांकन लाइन पार गर्दै दक्षिण कोरियाली पानीमा खसेको हो । कोरिया विभाजन भएको ७० वर्षको इतिहासमा पहिलो पटक उत्तरले दक्षिण कोरियाली सिमाना भित्र खस्ने गरी क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तरले कम्तिमा दश वटा क्षेप्यास्त्र प्रहार गरेको र आफूले उत्तर कोरियाली समुद्री सिमानातर्फ… पुरा पढौ

हालोविनको रात सिकागोमा १४ जनाको हत्या

अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई… पुरा पढौ

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका डा. सूर्य पाठक आमनेसामने : कसलाई कति चुनौती ?

युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन् । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा (एमाले)का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ । संसदीय यात्रामा यी दुवै नेता नयाँ भने… पुरा पढौ

रैथाने ज्ञानको’ ज्ञान !

हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक सक्खर, कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु । यिनमा अनेक पोषक तत्‍व क्याल्सियम र ओमेगा ३ पाइन्छ । ४ वर्षजति भयो, यो सुरु गरेको । ६१ वर्षकी हुँदा पनि म ४० वर्षको जस्तो स्वस्थ महसुस गर्छु ।एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको अधिवेशन नोभेम्बर २२ मा हुने

नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ। सन २०१७ सालमा स्थापना भएको नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बकर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय मंगलबार सम्पन्न बैठकले गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए। अधिवेशनलाई सफल पार्नका लागि साथै कुशल नेतृत्व चयन गर्नका लागि नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गुरुङको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा… पुरा पढौ

हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन कलाकार बद्री पंगेनी र स्मिताको आग्रह

नेपालमा आमनिर्वाचनले छपक्कै छाएको छ । आफ्ना आफ्ना मन पर्ने दलका नारा र गीतहरू गुन्जिएर माहौलले नै नया रौनक थपिरहेको बेला नेपाली लोकसंगीतका चर्चित गायक बद्री पंगेनीले ‘हँसिया र हथौड़ामा अमूल्य मत हाली, समृद्धिको पथमा हिडौ सारा नेपाली’ भन्दै आम नेपालीलाई गीतमार्फत आह्वान गरेका छन ।नेपाली जनप्रगतिशील मंच जापानको प्रस्तुति रहेको ‘ अघि अघि प्रचण्ड’ नामक गीति एल्बममार्फत हँसिया हथौड़ामा हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन गीतमार्फत यसरी आग्रह गरेका छन - ‘हँसिया र हथौड़ामा… पुरा पढौ

जब अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधले प्रज्ञा भवन गुन्जियो…

काठमाडौं । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता हुन् वा कार्यक्रम सञ्चालक, सबैले नछुटाइ र दोहोर्‍याएर गर्ने सम्बोधन, अभिवादन, जय नेपाल र लाल सलाम । दर्शक दीर्घामा खचाखच बसेका नेता कार्यकर्ताहरूको पनि त्यही माग र त्यही भावभंगिमा अभिवादन, जय नेपाल र लाल सलाम फर्काएपछि हरेक वक्ताले सम्बोधन सुरु गर्दा र अन्त्य गर्दा हल गुन्जायमान बन्थ्यो । वक्ता र स्रोताको लय देखेर बाक्लो संख्यामा उपस्थित सञ्चारकर्मी समेत चकित थिए । कमै सुन्न पाइने यस्तो सम्बोधन आइतबार प्रज्ञा भवन कमलादीमा सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति/मञ्चको संयुक्त भेलामा भएको थियो ।… पुरा पढौ

अध्ययनका लागि आएका लुशुन चालिसे बने जापानको नागोया सेन्ट्रल हस्पिटलको प्रमुख सर्जन

नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ ।जापानमा अहिले ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जना र नागोयामा १ जना रहेको बताइएको छ ।डाक्टरी पेसा एक संवेदनशील पेसा पनि हो । त्यसमा पनि टाउकोको डाक्टर भई अप्रेसन गर्नु झनै… पुरा पढौ

बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर… पुरा पढौ

टोकियोको ओचुकाको रामेन पसलमा विदेशीहरूबिच ‘ग्याङग फ़ाइट’ हुदा २ नेपाली गम्भीर घाइते

सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थिए ।बिहान करिब २ः३० बजेको समयमा तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि "विदेशी ग्राहकहरू झगडा गरिरहेका छन" भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको टोलीले झडपपछि घाइते अवस्थामा दुई जना नेपाली नागरिकलाई अस्पताल पुर्याइएको बताएको छ । घटनास्थलबाट नजिकैको सडकमा प्रहरीले भेटाएका चारजना नेपाली मध्ये एकजना ३० वर्षका पुरुषको हात खुकुरीले काटेको र अर्का ३० वर्ष कै पुरुषको… पुरा पढौ