तस्विर समाचार

सामाजिक सञ्जाल र डेटिङ एप्स मार्फत भेटिएका बहु साझेदारहरूसँगको यौनसम्पर्क गर्दा जापानमा यस वर्ष सिफिलिसका केसहरूको संख्या १०,००० नाघे

यस वर्ष जापानभरि हालसम्म रेकर्ड गरिएका सिफिलिसका केसहरूको संख्या १०,००० नाघेको छ। प्रारम्भिक तथ्याङ्कका अनुसार रेकर्डहरू सुरु भएदेखि यो सङ्ख्या पहिलो पटक थ्रेसहोल्डभन्दा माथि पुगेको हो । यस वर्ष अक्टोबर २३ सम्म कुल १०,१४१ सिफिलिस केसहरू फेला परेका हुन ।यो गत वर्षको प्राप्त बिरामी संख्या भन्दा धेरै हो। गत वर्ष जापानमा जम्मा ७,८७५ केसहरू देखिएका थिए । तर त्यो संख्या यस वर्ष सेप्टेम्बरमा पार भएको छ।प्रारम्भिक राष्ट्रव्यापी टोकियो मेट्रोपोलिटन संक्रामक रोग निगरानी केन्द्र द्वारा अक्टोबर २७ मा जारी गरिएको राष्ट्रिय… पुरा पढौ

जापानमा एक पुरुषलाई मन पारेर तीन दिनमा ४१३ वटा टेक्स्ट म्यासेज पठाउदा पनि जवाफ नदिएपछि ‘छुरा प्रहार’ गर्ने धम्की दिने एक महिला पक्राउ

जापानको फुकुओका प्रिफेक्चरमा एक पुरुषलाई मन पारेर तीनदिनमा ४१३ वटा टेक्स्ट म्यासेज पठाई पुरुषले जवाफ नदिएपछि ‘छुरा प्रहार’ गर्ने धम्की दिने एक महिला पक्राउ छिन ।छुरा प्रहार गर्ने धम्कीसहित फुकुओका प्रिफेक्चरल प्रहरीको यानागावा प्रहरी स्टेशनले शहरको शिक्षा बोर्डमा कार्यरत यानागावा निवासी ३९ वर्षीया मिचियो साकाकीले आफूले मनपर्ने एक पुरुषलाई पछ्याउदै तीन दिनमा ४१३ भन्दा बढी इमेलहरू पठाइ स्टकर नियमन कानून उल्लंघन गरेको आरोपमा अक्टोबर २८ मा यानागावा प्रहरी स्टेशनले पक्राउ गरेको छ ।साकाकीलाई अक्टोबर ८ र १० का बीच प्रिफेक्चरमा… पुरा पढौ

देशलाई अप्ठ्यारो पर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दै आएको इतिहास छ – मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन । शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए । “कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्,” केपी ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो ।”उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए । “अब… पुरा पढौ

प्रचण्ड जब साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ‘फ्ल्यासब्याक’मा पुगे

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो । प्रचण्डले वि.सं. २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको । गोरखा पुगेका यी क्रान्तिनायकले… पुरा पढौ

कालीकोटमा बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु  

कालीकोटमा शनिबार बिहान बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि  हेलिकप्टरबाट… पुरा पढौ

आगामी पाँच वर्षका लागि कांग्रेसले ल्यायो महत्वाकांक्षी घोषणापत्र 

काठमाडौं (जीएनएन)–  आगामी मंसिर ४ गते (२० नोभेम्वर २०२२ मा) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय,  सानेपा, मा शनिबार बिहान आयोजित एक कार्यक्रममा पार्टी सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।  ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ जस्ता नारा समेटिएको घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउने, संस्थागत संरचना बनाई… पुरा पढौ

…त्यसैले सम्बन्ध जोड्न अहिल्यै हतार नगरौँ 

स्वस्तिमा गौतम, गाउँ भरि नै परिचित नाम हो। तनहुँको व्यास तीनमा। सबैको आँखाको नानी जस्तै बनेकी स्वस्तिमाले आफैले मन पराएर तनहुँकै पारिवारिक चिनजानको व्यक्तिसँग बिहे गरिन्। आफन्तले घरमा कुरा लिएर आएका थिए। अरूले यस्तोसँग के गर्ने होला देख्दा नि जोडी मिल्ने हुनुपर्छ भने तर उनले अरूको कुरा सुनिनन्। कुरा गर्दै जाँदा दुनियाँकै बुझ्ने मान्छे जस्तो लाग्यो। कुराकानी हुन थालेको एक महिनामा नै उनको बिहे पक्का भयो। दुई हप्तामै समय राखेर इन्गेजमेन्ट पनि भयो। तर उनको साथीले बिहे हुन लागेको केटा… पुरा पढौ

परदेशी गायक मनोज केसीको ‘बस है माया’ सालैजो सार्वजनिक ( भिडियोसहित)

गायक तथा सर्जक मनोज केसीको 'बस है माया' सालैजो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। केसीको आफ्नै शव्द र राम कुमार गुरुङको संगीत रहेको गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन् । पछिल्लो समयमा विदेशमा रहेर पनि नेपाली लोक, कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्य राखेर केसीले एक पछि अर्को म्यूजिक भिडियो सार्वजनिक गर्दै आएका छन्।रोजगारीको शिलशिलामा जापानको नागोया शहरमा बस्दै आएका केसीले जापानमा हुने विभिन्न सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आम जापानबासी लोक गीत संगीत… पुरा पढौ

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी 

तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा  मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र… पुरा पढौ

आईफोन प्रयोगकर्ताका लागि खुशीको खबर, अब युएसबी टाइप-सी चार्जिङ पोर्ट आउने 

एप्पल प्रयोगकर्ताका लागि ठूलो खबर आएको छ । अब कम्पनीले आफ्ना उत्पादनहरूमा युएसबी टाइप-सी चार्जिङ पोर्ट उपलब्ध गराउने सहमति गरेको छ । यो जानकारी एप्पलका मार्केटिङ प्रमुख ग्रेग जोसविकले दिएका छन् । एप्पल युरोपियन युनियन (इयु) को विश्वव्यापी चार्जर नियम लागू गरेपछि मात्र आफ्नो उपकरणहरूमा एकल चार्जिङ पोर्ट थप्न सहमत भएको छ। इयुले ३ हप्ता पहिले विश्वव्यापी चार्जर नियम लागू गर्यो इयु संसदले ३ हप्ताअघि युनिभर्सल चार्जर नियम लागू गरेको थियो। यस नियम अन्तर्गत इय ले सबै इलेक्ट्रोनिक्स कम्पनीहरूलाई २०२४… पुरा पढौ