टोकियोको ओचुकाको रामेन पसलमा विदेशीहरूबिच ‘ग्याङग फ़ाइट’ हुदा २ नेपाली गम्भीर घाइते

-


     जनहित न्युज    
     कार्तिक १४ गते २०७९


सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थिए ।
बिहान करिब २ः३० बजेको समयमा तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि “विदेशी ग्राहकहरू झगडा गरिरहेका छन” भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको टोलीले झडपपछि घाइते अवस्थामा दुई जना नेपाली नागरिकलाई अस्पताल पुर्याइएको बताएको छ ।

घटनास्थलबाट नजिकैको सडकमा प्रहरीले भेटाएका चारजना नेपाली मध्ये एकजना ३० वर्षका पुरुषको हात खुकुरीले काटेको र अर्का ३० वर्ष कै पुरुषको टाउकोमा बियरको बोतल जस्तो लाग्ने धारिलो हतियारबाट चोट लागेको देखिएको र उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पताल लगिएको ती दुई जना गम्भीर घाइते अवस्थामा रहेका छन ।
घटनास्थलबाट फरार रहेका अन्य समुहको अवस्थाबारे महानगरीय प्रहरी प्रभागले अनुसन्धान गरिरहेको छ । सुरुमा दुईजना घाइतेको अन्य दुई विदेशीसँग झगडा गरेका र त्यसपछि उनीहरुसहित १० जनाभन्दा बढी साथीहरु मिलेर दुई समूहबीच हानाहान भएको बताईएको छ ।

महानगरीय प्रहरी महाशाखाले घाइतेहरूबाट सो घटनाको बारेमा जानकारी लिदै घटनास्थलबाट फरार भएको समूहको अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?