तस्विर समाचार

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।पहरीले अध्यक्ष पदका उम्मेदवार दिपक गौतम कविकिरण न्यौपाने, पूर्णबहादुर चलाउनेलाई पराजित गराएका हुन् । अध्यक्षका प्रत्यासी चलाउने, न्यौपाने र गौतमले क्रमश ः ६, ११, १४ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई पराजित गरेका हुन् । उपाध्यक्षमा विजेता श्रेष्ठले १८ मत पाउँदा उपविजेता अधिकारीले १७… पुरा पढौ

बलात्कार मुद्दामा सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने । वरिष्ठ… पुरा पढौ

जापानले २०३० सम्म तीव्र गतिसहितको हाइपरसोनिक मिसाइल तैनाथ गर्ने

जापानको रक्षा मन्त्रालयले २०३० सम्ममा हाइपरसोनिक क्षेप्यास्त्रहरू तैनाथ गर्ने र प्रतिआक्रमण क्षमतालाई बढाएर प्रतिरक्षा प्रणालीलाई बढावा दिने योजना बनाईरहेको बताईएको छ ।युक्रेनमा रूसको आक्रमणले विश्वव्यापी सुरक्षा वातावरण मा चुनौती थपिएको,उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण श्रृंखलाबद्द रूपमा गरिरहेको र चीनको सैन्य रणनीतिले जापानमाथि खतरा देखिरहेको भन्दै मन्त्रालयले प्रतिआक्रमण क्षमताहरू खोजिरहेको निक्केइ दैनिकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।हाइपरसोनिक मिसाइलहरू आवाजको गतिभन्दा पनि कम्तीमा पाँच गुणा छिटो र जटिल प्रक्षेपणमा उड्न सक्ने र यसलाई रोक्न समेत गाह्रो हुने रिपोर्टमा उल्लेख गरिएको छ ।जापानले वर्षको… पुरा पढौ

लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो विदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ । “पढाइमा छोरी राम्रै थिइन, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना विदामा गाउँ गयौँ”, सम्झनाकी आमा रत्ना विकले भन्नुभयो, “अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ ।” उहाँले शिक्षकको सल्लाहमा… पुरा पढौ

व्यवसायीक माछा पालनबाट मनग्य आम्दानी गर्दै 

गाउँमा रोजगारी नपाएपछि नेपाली युवा खाडी मुलुक तथा भारतमा कामको खोजीमा जाने गरेका छन् । गाउँमा सम्भावना नदेख्ने र गाउँमा इलम गर्न लाज मान्ने प्रवृत्तिका कारण रोजगारी खोज्न विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दो छ । एकातर्फ तीन वटै तहका सरकारसँग रोजगारी सृजनाको ठोस नीति नहुनु र अर्कोतर्फ शिक्षित युवाहरू नै गाउँघरमा काम गर्न, व्यापार व्यवसाय, कृषि उद्यमशीलता गर्न हिचकिचाउने प्रवृत्तिले गर्दा बेरोजगारीको समस्या चुलिँदै गएको छ । अझ मुलुकका सात प्रदेश मध्ये बेरोजगारीको समस्या कर्णाली प्रदेश बढी यो समस्या… पुरा पढौ

कस्को पल्लाभारी छ त बागलुङ–२ निर्वाचनमा, विगतको यस्तो छ चुनावी गणित

जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ । बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम… पुरा पढौ

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जुन समुद्री सिमांकन लाइन पार गर्दै दक्षिण कोरियाली पानीमा खसेको हो । कोरिया विभाजन भएको ७० वर्षको इतिहासमा पहिलो पटक उत्तरले दक्षिण कोरियाली सिमाना भित्र खस्ने गरी क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तरले कम्तिमा दश वटा क्षेप्यास्त्र प्रहार गरेको र आफूले उत्तर कोरियाली समुद्री सिमानातर्फ… पुरा पढौ

हालोविनको रात सिकागोमा १४ जनाको हत्या

अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई… पुरा पढौ

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका डा. सूर्य पाठक आमनेसामने : कसलाई कति चुनौती ?

युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन् । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा (एमाले)का केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ । संसदीय यात्रामा यी दुवै नेता नयाँ भने… पुरा पढौ

रैथाने ज्ञानको’ ज्ञान !

हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक सक्खर, कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु । यिनमा अनेक पोषक तत्‍व क्याल्सियम र ओमेगा ३ पाइन्छ । ४ वर्षजति भयो, यो सुरु गरेको । ६१ वर्षकी हुँदा पनि म ४० वर्षको जस्तो स्वस्थ महसुस गर्छु ।एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल… पुरा पढौ