तस्विर समाचार

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।  दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको ज्यान गएकाे हाे । उनीहरुकाे उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिनुभयाे । तीन जना घाइते भएका छन् । चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४… पुरा पढौ

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

निसीखोला गाउँपालिकाले सात वटै वडाको बस्ती–बस्तीमा सडक पुर्‍याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् ।   गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पुर्‍याउनुपर्ने अवस्था छ । गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पुर्‍याएको हुँदा… पुरा पढौ

जापानका अनुसन्धानकर्तालाई ठूलो सफलता, शरिर बाहिर कृत्रिम कपाल बनाउन सफल

योकोहामा नेसनल युनिभर्सिटीको एक अनुसन्धान समूहले एलोपेसिया र यस्तै प्रकारको उपचारका लागि कृत्रिम रूपमा शरीर बाहिर कपाल बनाउन सकिने मुसामा प्रयोग गर्न सफल भएको घोषणा गरेको छ। योकोहामा नेसनल युनिभर्सिटीका प्रोफेसर जुन्जी फुकुदाको नेतृत्वमा रहेको एउटा समूहले लामो समयको अनुसन्धानपछि हालै मुसामा गरिएको परिक्षण पूर्णरूपमा सफल भएको अनुसन्धान सम्बन्धी जानकारी दिने अमेरिकी विज्ञानपत्रिका ‘साइन्स एडभान्सेस’ मा प्रकाशित गर्दै सो कार्य गर्न सफल भएको जानकारी गराएको हो ।“यो पहिलो पटक हो कि हामीले लगभग १०० प्रतिशत शुद्धताका साथ कपालको फोलिकल सहित… पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

विद्युत तारबाट 'हुक' गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक र ४० वर्षीय भोला डिसी सँगै माछा मार्न गएका थिए । उनीहरूले खोलामाथिको नांगो तारमा तार बल्झाएर करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास… पुरा पढौ

प्रधानमन्त्रीद्वारा पदबाट राजिनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उहाँको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि ट्रस झन संकटमा पर्नु भएको थियो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउँदै राजीनामा दिनु भएको थियो । बेलायतको इतिहासमा प्रधानमन्त्री ट्रस सबैभन्दा थोरै… पुरा पढौ

जापानको ओकिनावा जहाँका बासिन्दाहरु सबैभन्दा बढी निरोगी र दीर्घायु छन्  

पूर्वी चीन सागरसम्म फैलिएको जापानको ओकिनावा ३ सय ६३ वटा स–सना टापु मिलेर बनेको छ । यहाँ सबैभन्दा बढी पाको व्यक्तिहरु बस्छन् । भनाईको अर्थ के भने, यहाँको कुल जनसंख्यामा पाको व्यक्तिहरुको अनुपात बाँकी विश्वको भन्दा बढी छ । साथसाथै सय बर्षभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरुको गणनाले पनि ओकिनाव विश्वमा सबैभन्दा अगाडि देखाउँछ । काइदाको कुरा त के छ भने, यहाँबा बुढापाकाहरु पट्यारलाग्दो बुढ्यौली कटाइरहेका हुँदैनन् । बरु, बुढ्यौली उमेरमा पनि उत्तिकै सक्रिय र उर्जाशिल जीवन विताइरहेका हुन्छन् । सक्रिय… पुरा पढौ

बझाङमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, मेला हेरेर घर फर्किँदै गरेका यात्रुको ओभरलोडले जिप भिरमा खस्यो

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १६ जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।  जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्… पुरा पढौ

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।  आफूले हँसिया–हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरे ।  सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ… पुरा पढौ

एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले पार्टी परित्यागको घोषणा

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालको कम्युनिस्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा… पुरा पढौ

जापानमा मै थप गुणस्तरीय शिक्षा प्रदानका लागि नेपालीद्धारा संञ्चालित इन्टरनेशनल स्कूलमा शिक्षक नेपालबाट आए

जापानमा नागोयाको खासुगाइमा रहेको नेपाली डायस्पोरा तोकाई बाटिका इन्टरनेशनल स्कुलका लागि नेपालबाट स्थायी शिक्षक आएपछि शिक्षाको स्तर अझैं बढ्ने विद्यालय व्यवस्थापन समीतिले बताएको छ। निकै लामो समय नेपालमा रहेर नेपाली, अङ्ग्रेजी र सामाजिक जस्ता विषय शिक्षण गर्दै लामो अनुभव बटुलेका शिक्षकको तोकाई बाटिका इन्टरनेशनल स्कुलमा आगमनले अझैं गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने स्कूलको विश्वाश छ। शिक्षाप्रेमी शिक्षक प्रयास भट्टराई निरन्तर तवरले बुटवल, भैरहवा र चितवनका विभिन्न प्रसिद्ध स्कुलहरूमा दुई दशक लामो समय शिक्षण पेशामा क्रियाशील योग्य एवम् अनुभवी शिक्षक… पुरा पढौ