प्रमुख समाचार

जापान पठाउने भन्दै साढे २ करोड ठगी गर्ने अजयकुमार पक्राउ

कोटामा जापान जान पाउने प्रलोभनमा ३६ जना ठगिएको घटना सार्वजनिक भएको छ।उनीहरूबाट दुई करोड ५३ लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २… पुरा पढौ

सहकारीको रकम हिनाबिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ‘म नआउन्जेल कार्यवाहक चलाउनू’ भन्ने पत्र टेबुलमा छोड़ेर फरार

आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए। ‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ। आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन। म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ।’ नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई तीन अर्ब रकम अपचलन गरी भागेका छन् । शुक्रबारदेखि… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम २०८०/०८१ (Live)

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् । https://fb.watch/kD3dKcPPh8/   पुरा पढौ

‘हामी फेरि कहिलै भेट्ने छैनौ’ भनेर सामाजिक संजालमा लेखे जस्तै युवराज र नवराज जापानको सेन्दाइमा अरुलाई सहयोग गर्दैगर्दा सदाका लागि अस्ताए…

हामी फेरि कहिलै भेट्ने छैनौ, तिमी गुराँस नलेउ म अर्को जुनी लिन्न, पाएको जुनीमा एक हुन नसकेपछि अर्को जुनीको आशा किन???आजभन्दा करिब २ महिना अघि आफ्नो सामाजिक संजालमा यस्तो लेखेका नेपालको ओखलढुंगा स्थायी घर भै हाल जापानको सेन्दाइमा भोकेसनल( सेन्मोन गाक्कोउ) शिक्षा अध्ययनरत २७ वर्षीय युवराज थापा अब कहिले कसै कसैसँग नभेट्ने गरि जापानको धरतीमा अस्ताए । सहयोगी मनका धनी नेपाली सस्कार परदेशको भूमिमा पनि पस्तुत गर्दा सुनौला सपना बोकेर आफू र आफ़नो परिवारलाई समुन्नत बनाउने सपनालाई बिग्रिएर बनाउन लागिएको… पुरा पढौ

फरार पूर्वसांसद आङतावा शेर्पाले गरे आत्मसमर्पण

नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भै आत्मसमर्पण गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।उनले बिचौलियाहरू पक्राउ परेपछि उनीहरूलाई भेटेर आर्थिक प्रलोभन दिई बयान प्रभावित पार्ने प्रयास गरेका थिए ।  ०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए । उनले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप लागेको छ । उनलाई मतियारका रुपमा… पुरा पढौ

नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ

नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी कार्कीले जानकारी दिए। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।  यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। प्रहरीले वैशाख… पुरा पढौ

नक्कली शरणार्थी प्रकरण : देउवाका गृहमन्त्रीसमेत पक्राउ पर्दा ओलीका भने सल्लाहकारबाटै बढेन अनुसन्धान

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च दुई वटा मन्त्रिपरिषद् संलग्न रहेको खुलिसकेको छ। प्रारम्भ केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पनि यसले निरन्तरता पायो। देउवा नेतृत्वको सरकारमा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउने क्रममा तत्कालीन गृहमन्त्रीसमेत प्रहरी हिरासतमा पुगिसकेका छन्। उता ओली नेतृत्वको सरकारको पालाकाहरूको खोजी गृहमन्त्रीको सुरक्षा सल्लाहकारबाट अगाडि बढ्न सकेन। केपी ओली नेतृत्वकै सरकारको पालामा प्रमाणीकरणमा छुटेका भुटानीबारे अध्ययनको प्रारम्भ भएको थियो। २०७४ फागुनमा ओलीको नेतृत्वमा बनेको एमाले-माओवादी सम्मिलित सरकारमा… पुरा पढौ

सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगी गर्ने पक्राउ

सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्दै प्रतिव्यक्ति १४… पुरा पढौ

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको। यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले धेरै चर्चा र चासोको विषय बनेन त्यति बेला। प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीको भेट स्वाभाविक नै हो, तर घटनाक्रमले उनीहरूको भेटलाई स्वाभाविक… पुरा पढौ

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।  भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।  आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम… पुरा पढौ