
नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भै आत्मसमर्पण गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।उनले बिचौलियाहरू पक्राउ परेपछि उनीहरूलाई भेटेर आर्थिक प्रलोभन दिई बयान प्रभावित पार्ने प्रयास गरेका थिए ।
०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए । उनले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप लागेको छ । उनलाई मतियारका रुपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनी पक्राउ परेसँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । अब पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा निरज मात्र फरार छन् ।



