प्रमुख समाचार

जापान आउने यात्रुले भ्रमणको उद्देश्य खुलाएर मात्र टिकट लिन नेपाल वायुसेवा निगमको आग्रह

नेपाल वायुसेवा निगमले जापान जाने यात्रुलाई आवश्यक कागजात देखाएर मात्र टिकट काट्न अनुरोध गरेको छ । पछिल्लो समय नेपालबाट जापान गएका यात्रुलाई भ्रमणको स्पष्ट उद्देश्य नखुलेपछि जापानस्थित अध्यागमनले फिर्ता पठाउन थालेको छ । निगमले सूचना जारी गर्दै यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट पारेर कागजात आफैँसँग लैजान र टिकट खरिद गर्दाकै समयमा जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन सबैलाई सुझाव दिएको छ । ‘जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौँ–जापानको टिकट लिने सम्पूर्ण गराउँदै यसबाट… पुरा पढौ

शरणार्थी प्रकरणः हाइप्रोफाइल जोडिँदै जाँदा सातामा के-के भए?

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति समातिएपछि यतिखेर सदनदेखि सामाजिक सञ्जाल समेत तातेको छ। त्यस्तै भिआइपी व्यक्ति भनिएकाहरुको पनि एकपछि अर्को गर्दै यस प्रकरणमा नाम जोडिएपछि राजनीतिक दलदेखि आम मानिसलाई अबको प्रहरीको अनुसन्धान कसरी अगाडि बढ्ला भन्ने चासो छ। नक्कली भुटानी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा हाइप्रोफाइको संलग्नता खुलेको छ। गत मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। रामबहादुर थापा बादल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृहमन्त्री थिए। २०७४ फागुन १४… पुरा पढौ

अब विदेशबाट फर्कनेले दुई वटा मोबाइल भन्सार नतिरी लैजान पाउने

सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल लैजान दिने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी प्रयोग गरिरहेको बाहेक थप एक थान मोबाइल ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। यस्तै, मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ। तर, ठ्याक्कै मिति भने नतोकिएको… पुरा पढौ

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन् । वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला । चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो । बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक… पुरा पढौ

एनआरएनए जापानमा सदस्यता आवेदनको समय थप गर्ने नगर्ने विषयमा विवाद, एकैदिन समय थप गर्ने र नगर्ने पक्षका दुईवटा विज्ञप्ति सार्वजनिक, सर्वसाधारण अन्यौलमा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा २०२३-२०२५ कार्यकालको लागि सदस्यता आवेदनका लागि समय थप गर्ने नगर्ने विषयमा भएको विवाद सुरु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको २०२३ जनवरी १५ तारिकको निर्णय अनुसार मे ५ तारिकसम्म सदस्यता आवेदनका लागि समय निर्धारण गरिएकोमा समय थप गर्ने नगर्ने विषयमा शुक्रबार दुईवटा विज्ञप्ति सार्वजनिक भएका छन । शुक्रबार दिउसो एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेको हस्ताक्षर रहेको विज्ञप्तिमा पछिल्लो ३ दिन जापानमा लामों बिदा गोल्डन विकका कारण… पुरा पढौ

संखुवासभामा हेलिकप्टर दुर्घटना हुदा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामान लाने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ। माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्। पाइलट सुरेन्द्र पौडेल, को-पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ घाइते भएका हुन्। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं ल्याइँदैछ। सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले… पुरा पढौ

मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना

मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने भएको छ। कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजाय गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ' क' मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने भन्दै व्यवस्था गरिएको छ। यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान हुने भनिएको हो। त्यस्तै ऋण… पुरा पढौ

यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा स्थान पक्का

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३… पुरा पढौ

वैदेशिक रोजगारः रेमिट्यान्सको अँध्यारो पाटो

रेमिट्यान्सले कुनाकन्दराका विपन्नको जीवनलाई गुणस्तरीय बनाएको मात्रै छैन मुलुकको आर्थिक भरथेगमा पनि योगदान दिएको छ। सँगसँगै एक्लोपन, पारिवारिक विखण्डन र सामाजिक संरचनामाथि उथलपुथल ल्याइदिएको छ।  काठमाडौँ- स्वदेशमा रोजगारी र अवसर नपाउँदा कामको खोजीमा बिदेसिनेको संख्या बर्सेनि बढ्दो छ। नेपाल इकोनोमिक फोरमको रिपोर्टअनुसार दैनिक १७ सय युवाले कामको खोजीमा देश छोड्छन्। जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार २२ लाख नेपाली रोजगारीका क्रममा विदेशमा छन्। यसमा ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत संख्या महिलाको छ। पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि बढ्दो… पुरा पढौ

फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदै

एउटा इन्जिनमा आगो लागेर आकस्मिक अवतरणको तयारी गरेको विमान दुबई उडेको छ । सोमबार राति काठमाडौंबाट दुबई उड्न लागेको फ्लाइ दुबईको विमान इन्जिनमा आगो लागेपछि केहीबेर काठमाडौं र धादिङको आकाशमा होल्ड गरिएको थियो । एउटा इन्जिनले राम्रो काम गरेको भन्दै चालकले उडानको अनुमति मागेका थिए । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले सो विमान गन्तव्यमा लागेको जानकारी दिए । विमानमा १२० नेपाली र ४९ जना विदेशी नागरिक छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै… पुरा पढौ