संखुवासभामा हेलिकप्टर दुर्घटना हुदा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

-


     जनहित न्युज    
     वैशाख २२ गते २०८०


संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामान लाने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ।

माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्।

पाइलट सुरेन्द्र पौडेल, को-पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ घाइते भएका हुन्। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं ल्याइँदैछ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?