प्रमुख समाचार

१७ खर्ब ५१ अर्बको बजेट : कुन मन्त्रालयलाई कति ?शिक्षा र पूर्वाधार प्राथमिक्तामा, उद्योगको बजेट घट्यो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमार्फत अर्थमन्त्री डा. महतले आगामी वर्षका लागि साढे १७ खर्ब रुपैयाँको बजेट ल्याएका हुन् । यो बजेटमार्फत अर्थमन्त्री डा. महतले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य तय गरेका छन् । गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । गत वर्षको बजेटभन्दा ४२ अर्ब रुपैयाँ घटाएर… पुरा पढौ

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापानमा : नेपालमा रहेका रोगी बाबुआमा अलपत्र, सम्पत्ति फिर्ता गर्न आनाकानी 

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन् । कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन् । उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड इनिङ स्याहार केन्द्रमा राखिएको छ । होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै । उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन् । उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ । उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन् ।   लक्ष्मी शाही (जो जाापानमा छिन्) अर्चनाका… पुरा पढौ

पाँचपटक म्याद थप्दा पनि कालोपत्र भएन मध्यपहाडी लोकमार्गको अक्षते–घोडाबाँधे सडक

साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन। विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन नसकेको हो।  निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा  स्थानीय सास्ती ब्यहोर्न वाध्य छन्।  यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ। वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै… पुरा पढौ

गलकोटमा नगर अस्पताल संचालनपछि गाउँमै विशेषज्ञ सेवा

बागलुङको गलकोट क्षेत्रमा नहुँदा कोही बिरामी पर्दा साथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पु¥याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन । नागरिकले विश्वास नगर्दा गलकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे । तर पछिल्लो केही महिना यता बिरामी पर्दा बित्तिकै गलकोट बाहिर जानेको संख्या कम भएको छ । गलकोट नगरपालिकाले पौष महिनादेखि नगर अस्पताल संचालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै… पुरा पढौ

व्यवस्थित बन्दै बागलुङको ‘हरिचौर बजार’

हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ ।    ् नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको… पुरा पढौ

सेन्दाइको सडक दुर्घटनामा गुमाईएका ‘जेठो दाजु’ जस्तै युवराज र ‘कान्छो भाइ’ जस्तै नवराजलाई भने-“दुर्घटनामा मारिएका दुई साथी भन्दा दयालु कोही छैन”

रातिको कामका लागि हिडेका एक नेपाली विद्यार्थीले जीर्ण देखिने बसमा चढ्दा केही गडबड भएको महसुस गरे।चढिरहेको गाडी बिग्रिएपछि उनको मिल्ने साथीले गाडीको उक्त समस्या समाधान गर्न मद्दत गर्ने बताए।उनको साथी र बस चालकले गाडी चेक जाँचमा गरिरहेको बेला विस्फोट जस्तो भयानक आवाज आयो, आकाशबाट काँचका टुक्राहरू खसे, र बसमा सवार अन्य साथीहरू मानिसहरू रोइरहेका थिए र डरले चिच्याइरहेका थिए।२७ वर्षीय युवराज थापा र २१ वर्षीय नवराज तामाङ, जसलाई विद्यार्थीले आफ्ना “भाइहरू” मान्थे, मे १६ मा मियागी प्रान्तको कुरिहारामा तोहोकु एक्सप्रेसवेमा… पुरा पढौ

केपी ओलीका स्वकीय सचिवलाई बालुवाटार पुगेर १ करोड बुझाएको दुलालको बयान

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड दिएको बताएका छन्।  अनुसन्धान अधिकारीसमक्ष उनले गरेको बयान सेतोपाटीले प्राप्त गरेको छ।  जसमा ब्रजाचार्यले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत् प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर १ करोड लिएको दुलालले बयान दिएका हुन्।  ‘तत्कालीन प्रधानमन्त्री के. पी. ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई… पुरा पढौ

जापानको ओसाकाको समुद्री किनारामा फेला परेको शव बेपत्ता आरती खनालको रहेको पुष्टि

में ८ मा समुद्री किनारा नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालको चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा… पुरा पढौ