प्रमुख समाचार

कथित राष्ट्रवादी प्रियतावादको दुश्चक्र : चियाको कपमा आँधी ल्याउने प्रयास

काठमाडौं। देशमा फेरि एकपटक तथाकथित राष्ट्रवादी प्रियतावादको हुरी चलेको छ । यो हुरी साँच्चै वायुमण्डलमै चलेको हो कि ‘चियाको कप’ मा ? सम्भावना छ– यो चियाको कपमा आएको आँधी हो, धेरै लामो जान सक्दैन। दृष्यमा नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण प्रकरणमा संसदको टेबल वरिपरि तीन ‘चिया पार्टनर’ एमाले, राप्रपा र रास्वपा ‘ब्लाक टी रिलेसन’मा गजधम्म बसेका देखिन्छन् र उनीहरू अनेक सत्यतथ्यप्रति आँखा चिम्लेर झुठ र बेइमानीको आँधी उठाउँदैछन्। नागरिकताजस्तो आधारभूत नागरिक अधिकारको विषयलाई बारम्बार राजनीतिक स्वार्थको हाते भकुन्डो बनाइएको छ… पुरा पढौ

पर्यटक लोभ्याउँदै गलकोट दरबार

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक आकर्षणको केन्द्रको रुपमा रहेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास हो गलकोट दरबार । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिले मात्रै पर्यटकीय गन्तव्यको रुपमा थपिएको टेउवाको खुल्ला मुर्तिकला संग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकहरुको संख्यामा… पुरा पढौ

प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको भारतीय पक्षसँग महत्त्वपूर्ण सम्झौता भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन दुई देशका विभिन्न अन्तरसरकारी निकायबीच जलविद्युत, पारवहन, पूर्वाधार र हवाई रुटसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय भएका हुन् । प्राथमिकतामा ऊर्जा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित महत्त्वपूर्ण सम्झौता भएका छन् । यस क्रममा भारत र नेपालबीच ऊर्जासँग सम्बन्धित ५ महत्त्वपूर्ण सम्झौता भएका हुन् ।  नेपाल र भारतीय पक्षबीच भएको सम्झौताअनुसार नेपालको बिजुलीले २५ वर्षका लागि भारतीय बजार पाएको छ । यसबाट… पुरा पढौ

विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर… पुरा पढौ

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।  सोही अनुसार प्राधिकरणले पनि… पुरा पढौ

अज्ञात समुहले दिउसो साढे १२ बजे एनएमबी बैंकको शाखामा लुटपाट

महोत्तरीमा अज्ञात समुहले बैंक लुटेका छन्। हातहतियार सहित पुगेको समुहले मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५/६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ। मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो। 'बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,' मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भने। बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइककलमा बसेर भागेका थिए।… पुरा पढौ

१७ खर्ब ५१ अर्बको बजेट : कुन मन्त्रालयलाई कति ?शिक्षा र पूर्वाधार प्राथमिक्तामा, उद्योगको बजेट घट्यो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमार्फत अर्थमन्त्री डा. महतले आगामी वर्षका लागि साढे १७ खर्ब रुपैयाँको बजेट ल्याएका हुन् । यो बजेटमार्फत अर्थमन्त्री डा. महतले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य तय गरेका छन् । गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । गत वर्षको बजेटभन्दा ४२ अर्ब रुपैयाँ घटाएर… पुरा पढौ

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापानमा : नेपालमा रहेका रोगी बाबुआमा अलपत्र, सम्पत्ति फिर्ता गर्न आनाकानी 

भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन् । कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन् । उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड इनिङ स्याहार केन्द्रमा राखिएको छ । होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै । उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन् । उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ । उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन् ।   लक्ष्मी शाही (जो जाापानमा छिन्) अर्चनाका… पुरा पढौ

पाँचपटक म्याद थप्दा पनि कालोपत्र भएन मध्यपहाडी लोकमार्गको अक्षते–घोडाबाँधे सडक

साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन। विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन नसकेको हो।  निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा  स्थानीय सास्ती ब्यहोर्न वाध्य छन्।  यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ। वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै… पुरा पढौ