प्रमुख समाचार

कर छलीमा दोषी ठहर महत, ढकाल र शर्मालाई तोकियो नौ वर्ष कैद

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । विषेश अदालतले कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुडामणि शर्माको सजाय निर्धारण गरेको छ। महतलाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ। त्यस्तै, सदस्यद्वय ढकाल र शर्मालाई ९ वर्ष कैद तोकिएको हो। त्यस्तै तीनै जनालाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार बिगो माग गरिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना… पुरा पढौ

सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु

बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको घोषणा गरेका हुन् । मन्त्री सहित पाँच जना सवार गाडी मंगलवार दिउसो करीव १ : ४५ बजे… पुरा पढौ

नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले उक्त कुरा बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’ उनले हरदम आफ्नो बिचार, सोच र… पुरा पढौ

पूर्वी नेपालमा बाढीको वितण्डा: पहिरोले पुरिएर बेपत्ता भएको खोजी तीव्र

मनसुन सुरु भएसँगै पूर्वी नेपालमा भारती वर्षा भइरहेको छ। वर्षासँगै कयौं जिल्लामा बाढी पहिरो गएको छ। हालसम्म बाढीका कारण संखुवासभामा एकजनाको मृत्य भएको छ भने २० जनाभन्दा बढी बेपत्ता भएका छन्। चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिइसकेका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक… पुरा पढौ

सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेपालको ३० औँ प्रधानन्यायाधीश बन्न सफल भएका छन् । असार १ गते (आज) संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा नियुक्तिका लागि उनको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको ४० औं दिनमा कार्की प्रधानन्यायाधीश बन्न सफल भए । सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो । लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।… पुरा पढौ

अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ, एउटैको ६४ करोडसम्मको कारोबार

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विशाल थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रुपमा सक्रिय भएको पाइएको हो । सट्टेबाजीको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ… पुरा पढौ

जापानको अध्यागमन हिरासतमा रहेका एक नेपालीले ४ महिनासम्म उपचार अभावमा हिडडुल गर्न समेत नसक्ने भएपछि उपचारका लागि रकमको माग गर्दै सरकारविरुद्ध मुद्दा हाले

नागासाकी प्रिफेक्चरको अध्यागमन हिरासतमा घाईते भएपछि करिब चार महिनासम्म डाक्टरलाई भेट्न नपाएपछि ओछ्यानमा परेका एक नेपालीले उपचारका लागि रकमको माग गर्दै जापान सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । जापानको अध्यागमन नियन्त्रण तथा शरणार्थी मान्यता ऐन संशोधन गर्ने विधेयक गत जुन ९ मा पारित भएपछि ‘राम’ उपनाम रहेको ४० वर्षका नेपालीले‘म अध्यागमन निकायले हाम्रो कुरा राम्ररी सुनोस र हामीसँग भेदभाव नगर्नुहोस् भन्ने चाहन्छु ।" भन्ने अपील गरेका छन ।ओमुराको नागासाकी प्रिफेक्चर शहरको ओमुरा इमिग्रेशन सेन्टरमा रहँदा रामलाई हिपको हड्डीको नेक्रोसिस हुने… पुरा पढौ

प्युठानमा कार दुर्घटना हुदा ८ जनाको मृत्यु

प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए । घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला… पुरा पढौ

“दरवारकाण्डपछि दबाइएको अर्को हत्याकाण्ड”, नमिता-सुनिता बलात्कार र हत्या,अपराधी अज्ञात !

तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८ सालताका लाजिम्पाटस्थित आफ्नै छापाखानाबाट नेपालभाषाको दैनिक पत्रिका 'राजमति' चलाउँथे। पत्रिकामा एउटा स्तम्भ थियो - ‘प्रतिभा परिचय’। यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्राको रूपमा । कोलकाताको निम्ति महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए । यी तिनै दिदी बहिनी हुन् जोसँग एउटा नसुल्झिएको गुत्थी छ । जब जब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ।… पुरा पढौ

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी छन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ। उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश… पुरा पढौ