प्रमुख समाचार

ललिता निवास जग्गा हिनामिना प्रकरण: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुरसहित ५ जनालाई सीआईबीले समात्यो

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो। सीआईबीले अनुसन्धानका लागि केही बेरअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ मङ्गलवार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरुङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दिएको छ । ललिता निवासको सरकारी… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीलाई क्षतिपूर्ति दिन आदेश

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो । गौशाला २६ ले यातायात र घरभाडासहित क्षतिपूर्ति उपलब्ध गराउन मागसहित अदालतमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।  अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै… पुरा पढौ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर… पुरा पढौ

अष्ट्रेलियाको संग्रहालयबाट नेपाली पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ। नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए। नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो। कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव ६  सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका… पुरा पढौ

पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव ढकाललाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध करिब डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा चलाएको छ। पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि छानबिन गरेर अख्तियारले सोमबार ढकालविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। ढकालले सरकारी पदमा रहँदा र अन्य विभिन्न व्यक्तिहरुसँगको लेनदेनसहित जम्मा ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ। जसमा ६ करोड ३९ लख ९३ हजार ३१२ रुपैयाँको मात्रै बैधानिक स्रोत खुल्न सकेको… पुरा पढौ

रोमानियामा गीत गाइरहदा यसरी भयो प्रकाश सपुत माथि बोतल प्रहार

रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको नाकनेर सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए । यसरी… पुरा पढौ

बागलुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका -५ मा चट्याङ लागेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।शनिबार राति वर्षासँगै परेको चट्याङले ढोरपाटन नगरपालिका -५ पाखापानीका एकैघरका दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनका अनुसार स्थानीय चित्रबहादुर विकको घरमा शनिबार राति ८ः३० बजे चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर बच्चाको आमा यमकुमारी विक घाइते भएकी छन् । ‘अहिले ठूलोमात्रमा पानी… पुरा पढौ

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा  चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।  शनिवार बेलुका करिब ५ बजेको समयमा चट्याङ लाग्दा दंगीशरण गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख समेत रहनुभएका मल्लका अनुसार समिरलाई कामको सिलसिलामा खेतमा गएका समयमा चट्याङ लागेको थियो ।  यस्तै सोही समयमा चट्याङ… पुरा पढौ

नेदरल्यान्ड्ससँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल समूह चरण बाहिरिएको छ ।   टाकासिंगा स्पोर्टस् क्लबमा नेदरल्यान्ड्ससँग जित्नै पर्ने खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ ।  यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् । नेपालले दिएको १ सय ६८… पुरा पढौ

युग अनुसारको साँस्कृतिक रूपान्तरण आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताएका हुन्। उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्नसक्ने बताएका छन्। अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुने बताउँदै । उनले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक… पुरा पढौ