प्रमुख समाचार

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी

अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन्। तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन्। पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले र भित्रीवन तथा वडा नं ५ को खुङ्खानी र थास्पुरी, वडा नं १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन्। कार्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक सञ्चालनमा… पुरा पढौ

मकवानपुरमा दुई ट्रक जुध्दा आगलागी, ३ जनाको मृत्यु

मकवानपुरमा दुईवटा ट्रक आपसमा ठोक्किँदा जलेर नष्ट भएका छन् भने तीनजनाको ज्यान गएको छ। दुर्घटनामा परी ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक जिल्ला चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २८ वर्षीय रिहान रुम्बा, सोही ट्रकका सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी २० वर्षका अमृत प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत आज… पुरा पढौ

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्। ललिता निवास प्रकरणमा चारजना… पुरा पढौ

आयो एसईईको नतिजा, गत वर्ष भन्दा नतिजा सुधार (सूचीसहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ३.६ जीपीएदेखि ४ जीपीए ल्याउनेहरु ४ दशमलव ६३ छन्। गत वर्षभन्दा दोब्बर धेरैले ४ जीपीए ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका थिए। त्यसैगरी ३.२० जीपीएदेखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ रहेको छ। यो जीपीए ल्याउने ११.३६ प्रतिशत छन्। अर्कातिर २.८० देखि ३.२० जीपीए ल्याउनेहरु ७२ हजार ३६२ छन्। यो जीपीए ल्याउने १४.९२ प्रतिशत रहेको… पुरा पढौ

आज नेपालको दिन वर्षकै लामो र अत्यधिक गर्मीमय, अस्ट्रेलियाको छोटो र चिसो

आज पृथ्वी सूर्यबाट सबैभन्दा सबैभन्दा टाढा हुने हुँदा दिन अत्यधिक लामो र गर्ममीय हुने खगोलविद्‌ले बताएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले उक्त जानकारी दिएको हो। पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ अण्डाकार छ। जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ। पृथ्वी र सूर्यको सालाखाला दूरी १५ करोड किलोमिटर रहेको छ र पृथ्वीको अण्डाकार पथले गर्दा दूरी परिवर्तन भइरहन्छ। परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको… पुरा पढौ

हेटौंडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात, नेपालमा बिक्रि गर्न कानुनी जटिलता

फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गरेका हुन् ।जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ । कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण… पुरा पढौ

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।  उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिनेछ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘नन… पुरा पढौ

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी तथा राति कोशी, गण्डकीका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ/गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।   हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा… पुरा पढौ

पेट्रोलमा ७.५, डिजेलमा ६ र मट्टितेलमा ५ रुपैयाँ मुल्य घट्यो

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ र तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।आयल निगमले दुई वर्षपछि भूगोलअनुसार फरक–फरक हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रणाली पनि ब्युँताएको छ। दुई वर्षअघि निगम चरम घाटामा जान थालेपछि भने देशभर एउटै मूल्य प्रणाली लागू गरेको थियो।मूल्य घटेपछि काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल एक सय ७० रुपैयाँ… पुरा पढौ

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार र ‘नो भोट’सहितका प्रावधान राखी निर्वाचन कानुनको मस्यौदा तयार

३३ प्रतिशत महिला उम्मेदवार, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार ‘नो भोट’लगायतका प्रावधान समेटी निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेको छ। आयोगको आज बसेको बैठकले कानुनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको छ। नयाँ मस्यौदामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्था समावेश गरिएको छ।   ‘प्रतिनिधिसभा वा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उमेदवारी दिँदा त्यस्तो दलले जति निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो त्यसको कम्तीमा ३३ प्रतिशत… पुरा पढौ