प्रमुख समाचार

मनाङ एयर हेलिकोप्टर दुर्घटना : सवार ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाकै मृत्यु भएको पुष्टि गरे । जिल्लाको लिखुपिके गाउँपालिका र दूधकुण्ड गाउँपालिकाको सिमानामा पर्ने लामजुराको भकान्जेस्थित च्यानडाँडा मङ्गलबार बिहान दुर्घटनाग्रस्त ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टरमा क्याप्टेन चेत गुरुङसहित ५ मेक्सिकन नागरिक सवार थिए । जिल्लाको सुर्केबाट बिहान ९:५२ बजे उडेको हेलिकोप्टर उडेको ६ मिनेटमै सम्पर्कविहीन भएको थियो । २… पुरा पढौ

हराएको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको पुष्टि

सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको हेलिकोप्टर दुर्घटना भएको पुष्टि भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका ५ लामजुरा डाँडामा दुर्घटना भएको स्थानीयले बताएका छन् । बिहान १० बजेर ४ मिनेटमा सुर्केबाट उडेको नाइन एन एएम भी कलसाइनको हेलिकोप्टरमा पाँचजना विदेशी यात्रु रहेको पुष्टि भएको छ ।हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । पुरा पढौ

ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ

ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ। पुरा पढौ

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारीको अनलाइन खबरले समाचार लेखेको छ । पुरा पढौ

११ महिनामा १९ करोड भन्दाबढीको तास आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ । तास आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो । गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो । कुन देशबाट कति तास… पुरा पढौ

बाग्लुङका ७७ वटा खानेपानीकाे मुहानमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’

बाग्लुङ - बाग्लुङका ७७ वटा मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ भेटिएकाे छ । जिल्लाका १० पालिकाबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको हाे ।  हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन… पुरा पढौ

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी

अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन्। तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन्। पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले र भित्रीवन तथा वडा नं ५ को खुङ्खानी र थास्पुरी, वडा नं १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन्। कार्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक सञ्चालनमा… पुरा पढौ

मकवानपुरमा दुई ट्रक जुध्दा आगलागी, ३ जनाको मृत्यु

मकवानपुरमा दुईवटा ट्रक आपसमा ठोक्किँदा जलेर नष्ट भएका छन् भने तीनजनाको ज्यान गएको छ। दुर्घटनामा परी ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक जिल्ला चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २८ वर्षीय रिहान रुम्बा, सोही ट्रकका सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी २० वर्षका अमृत प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत आज… पुरा पढौ

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्। ललिता निवास प्रकरणमा चारजना… पुरा पढौ

आयो एसईईको नतिजा, गत वर्ष भन्दा नतिजा सुधार (सूचीसहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ३.६ जीपीएदेखि ४ जीपीए ल्याउनेहरु ४ दशमलव ६३ छन्। गत वर्षभन्दा दोब्बर धेरैले ४ जीपीए ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका थिए। त्यसैगरी ३.२० जीपीएदेखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ रहेको छ। यो जीपीए ल्याउने ११.३६ प्रतिशत छन्। अर्कातिर २.८० देखि ३.२० जीपीए ल्याउनेहरु ७२ हजार ३६२ छन्। यो जीपीए ल्याउने १४.९२ प्रतिशत रहेको… पुरा पढौ