प्रमुख समाचार

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

गण्डकी। भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ? झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो ।” प्रकृति पूजक मगरहरूले… पुरा पढौ

आज देशभर जनैपुर्णिमा, रक्षाबन्धन मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए,… पुरा पढौ

विदेश जानेका लागि तीन दिनभित्र ‘स्मार्ट लाइसेन्स’

काठमाडौं । सवारी साधनको ईम्बोस्ड नम्बर, ट्रायलदेखि लाइसेन्सका विभिन्न विषयले यातायात क्षेत्रको व्यवस्थापन बाक्लै विवादमा आउने गरेको छ । त्यसमाथि अतिरिक्त आम्दानीको विषयले पनि यो निकाय आरोपक्त हुन सकेको छैन । यद्यपि विदेश जानेका लागि स्मार्ट लाइसेन्स सहज बनाइएको, यथेष्ट मौज्दात लाइसेन्स रहेको मात्र हैन, ट्रायलमा पारदर्शिता अपनाएर सुधार प्रयास गरिएको दावी सरकारी अधिकारीको छ । ९ महिनादेखि लाइसेन्सको पर्खाइमा रहेका लाक्पा लामा वैदेशिक रोजगारीमा जान लागेपछि ३ दिनमा हातमा लाइसेन्स आएपछि खुशी भएका छन । नेपाल यातायात व्यवस्था विभागले… पुरा पढौ

धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु

धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ।  प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने १७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।  काठमाडौंबाट पोखरा हुँदै बेनी, बागलुङ तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहरामा सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा ६ जना… पुरा पढौ

नब्बे प्रतिशत विद्यार्थीमा पढाइप्रति रुचि घट्यो, शिक्षा प्रणालीमै समस्या

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ विद्यार्थीलाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ ।  त्यसैगरी, १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत ननग्रेडिङ (एनजी)मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर, ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने… पुरा पढौ

मुगुमा जिप दुर्घटना हुदा चार जनाको मृत्यु

मुगु- मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।  प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे… पुरा पढौ

सोध्ने भयो माओवादीले महरालाई सुन प्रकरण बारेमा स्पष्टिकरण 

काठमाडौँ । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ। सुन तस्करी गर्ने समूहसँग पटक-पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।  नौ किलो सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुलको संलग्नताबारे स्पष्ट पार्न माओवादी केन्द्रले महरासँग आग्रह गरेको छ। त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल निरन्तर सम्पर्कमा रहेको पुष्टि भए पनि प्रहरीले यसबारे कुनै कारबाही अगाडि बढाएको छैन। मन्त्री… पुरा पढौ

इन्टरनेट र सामाजिक सञ्जालबाट भ्रामक जानकारी दिए कारवाही

सरकारले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्ने भएको छ ।नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्दै सरकारले इन्टरनेटको प्रयोगमा संवेदनशील हुन आग्रहसहित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगमा भ्रामक जानकारी सम्प्रेषणलाई नियन्त्रण गर्ने नीति लिएको हो । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ’ नीतिमा उल्लेख छ, ‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ ।’ इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने… पुरा पढौ

विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने

वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय… पुरा पढौ

मकवानपुरमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता… पुरा पढौ