हराएको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको पुष्टि

-


     जनहित न्युज    
     असार २६ गते २०८०


सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको हेलिकोप्टर दुर्घटना भएको पुष्टि भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका ५ लामजुरा डाँडामा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

बिहान १० बजेर ४ मिनेटमा सुर्केबाट उडेको नाइन एन एएम भी कलसाइनको हेलिकोप्टरमा पाँचजना विदेशी यात्रु रहेको पुष्टि भएको छ ।हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?