प्रमुख समाचार

फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण गर्दै

फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ। विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।‘आकाशमा तीनपटक आवाज आएको सुनियो, विमानको इन्जिनमा आगोलागेको आशंका छ’ सुरक्षा स्रोतले भन्यो । विमान त्रिभुवन विमानस्थलबाट दुवहीका लागि उडेको थियो । स्रोतका अनुसार विमानका… पुरा पढौ

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गयो, ८ जना घाइते

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिएका छन । ज्यान गुमाएका कामदारको परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ । सख्त घाइते भएका ३… पुरा पढौ

घोडाबाँधेमा किन फहराइए एक सय ९८ देशका झण्डा ?

बागलुङको घोडाबाँधे भ्यूटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो । जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताए ।  उनले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसारका लागि झण्डा फहराएर सुरुआत गरेको बताए । धौलागिरि–ढोरपाटन वृहत… पुरा पढौ

धनगढीका वृद्धको पेटमा पनि बोतल भेटियो

पछिल्लो समय रिस उठेको मान्छेलाई ठेगान लगाउँन मलद्वारबाट पेटमा रक्सीको वोतल छिराई दिने फेसन चलेको छ। रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा आफनै साथीले वेहोस वनाएर मलद्वारबाट रक्सीको बोतल पेटमा छिराई दिएको घट्ना सेलाउन नपाउँदै धनगढीमा फेरी यस्तै घटना घटेको छ। बिहीबार दिउँसो पेट दुख्यो भन्दै सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा पुगेका धनगढी–१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा पनि रक्सीको वोतल फेला परेको छ। उनको छातीको एक्सरे गरेर हेर्दा पेटभित्र रक्सीको बोतल देखिएको अस्पतालले… पुरा पढौ

बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति करिब ११ः२५ बजे जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् । उनीहरू सबै एकै गाउँका हुन्… पुरा पढौ

होटल व्यवसायी महासङ्घ गण्डकीको अध्यक्षमा अर्जुन चोखाल सर्वसम्मत निर्वाचित

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका छन् । सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा… पुरा पढौ

सात दशकका ‘तरकारी काका’

ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त  छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके ।  उमेरले सात दशक लाग्न थालेका उनीमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो । साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील… पुरा पढौ

बालक कालमा चैते दशैको खुसी

चैते दशैको अष्टमी मासुभात खान पाइने दिन । अझ दिउँसो सेल रोटी ( घुमाउने रोटी ) पकाउने दिन भएकाले खुसीको सिमाना नै छैन । चामलको पिठोमा घ्यू र खुदो हालेर पकाएको घुमाउने रोटी झन् कति मीठो । सधै यस्तै रहिरहोस् जस्तो हुन्थ्यो तर दिन चाँडै बितेको जस्तो लाग्दथ्यो । हाम्रो गलकोटमा नवमीका दिन कोटमा मेला लाग्थ्यो अर्थात कोटमा पञ्चबली दिइन्थ्यो । गलकोट राज्यका तर्फबाट मूख्य पञ्चबली हुन्थ्यो । पञ्चबलीमा बोका राँगा परेवा कुखुरा र हाँस हुन्थे । राज्यको तर्फबाट पञ्चबलीको… पुरा पढौ

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने भएका छन ।  राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानको एभरेष्ट इण्टरनेशनल स्कूलबाट यस वर्ष जापानबाट SEE Batch -2023 अन्तरगत १४ परीक्षार्थीहरु एसईईमा परीक्षा दिन लागेका हुन् ।जसमा ४ जना छात्रा र १० जना छात्र रहेका छन ।  जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको स्कूल प्रिन्सिपल विष्णु भट्टले जानकारी दिए । प्रिन्सिपल विष्णु भट्टका अनुसार जापानको… पुरा पढौ

जापानमा विदेशीको संख्या ३० लाख नाघ्यो

जापानमा विदेशी नागरिकको संख्या गत वर्षको अन्त्यसम्ममा पहिलो पटक ३० लाख नाघेको छ ।सन् २०२२ को अन्त्यमा जापानमा विदेशी बासिन्दाको संख्या अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले बढेर ३० लाख ७५ हजार २१३ को उच्च रेकर्ड पुगेको अध्यागमन सेवा एजेन्सीले शुक्रबार जनाएको छ। यो संख्या अघिल्लो वर्ष भन्दा ३ लाख १० ले बढि हो ।कोभिड–१९ विरुद्धको सीमा उपायहरू सहज बनाएपछि विदेशी विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । विद्यार्थी भिसामा भएका विदेशी नागरिकको संख्या गत वर्ष ९० हजार रहेकोमा… पुरा पढौ