प्रमुख समाचार

एक रोमञ्चकारी यात्रापछि भेटिने ढोरपाटन उर्फ ‘मिनी स्विजरल्याण्ड’

कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जंगले छिचोल्दै पुग्नु पर्ने गन्तव्य । जुन गन्तव्य नपुग्दासम्म मन आत्तिने तर पुगिसके पछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । जहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारीहरु पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार ८५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाईमा यो अवस्थित छ । सिकार आरक्षको केन्द्र रहेको… पुरा पढौ

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको… पुरा पढौ

नयाँ पर्यटकीय केन्द्र बन्यो गलकोटको ‘मूर्तिकला’

तल गलकोट । माथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म घुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकहरुको चहलपहल बढिरहेको छ । वि.सं. २०७६ सालमा टेउवाको डाडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शीलामा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । गलकोट नगरपालिका–५ मा पर्ने टेउवा एतिहासिक गलकोट दरबारको… पुरा पढौ

भक्तजनलाई लोभ्याउने कालिज

बागलुङ, प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ।  मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना,… पुरा पढौ

गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता

गलकोट स्थित न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । सोमबार न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलेले विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर, मापदण्ड, शैक्षिक नीति, पाठ्यक्रम कार्यान्वयनका आधारमा अन्तर्राष्ट्रिय गुणस्तर मान्यता आइएओ ९००१ :२०१५ चिन्ह प्राप्त गरेको जानकारी दिएको थियो । गुणस्तर प्राप्तका लागि शीर्ष १० आइएसओ प्रमाणपत्रका उपाधी र १२ भन्दा बढी आइएसओ मानकहरु प्रमाणित गरेकोमा विद्यालयले उक्त गुणस्तर चिन्ह प्राप्तका लागि पहिलो चरणको काम पुरा गरेको छ । पहिलो पटक… पुरा पढौ

घुम्टे युवा परिवार जापानले सहयोग गरि राखेको एक शिक्षकको भरमा विद्यालय,सरकारी दरबन्दीका शिक्षक शुन्य

वरपर सुनसान जंगल । जंगलको छेउमै छ । टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने टोकरी गाउँ अहिले उराठिलो भनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाई हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भर चलेको छ । विद्यालयका प्रधानाध्यापकको सेवानिवृत भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँ स्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आएकी छन । एक महिना अगाडि… पुरा पढौ

संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिका अतुलनीय रहेको बताए। प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको बताए। उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे। शिक्षक पेसालाई मर्यादित… पुरा पढौ

जनतालाई सेवा प्रदान गर्दा जापानले अवलम्बन गरेको प्रणाली उत्कृष्ट लागेकोले भरतपुर महानगरमा त्यसको सिको गर्नेछु- नगर प्रमुख रेणु दाहाल

कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्र (Memorandum of understanding ) मा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख श्री रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजी बिचमा भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाई, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षार गरिएको हो । जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका… पुरा पढौ

परदेशको रोजगारीः बागलुङका गाउँ रित्तिए, बजार भरिए

एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ… पुरा पढौ

जापानमा कोभिड-१९ को खोपले गत नोभेम्बरमा एक महिलाको मृत्यु भएको विज्ञ प्यानलको भनाई

कोभिड-१९ को खोपले पहिलो पटक नोभेम्बर २०२२ मा ४२ वर्षीया महिलाको मृत्युमा योगदान गरेको हुनसक्ने सम्भावनालाई जापानमा स्वास्थ्य मन्त्रालयलाई सल्लाह दिने विज्ञहरूको प्यानलले बताएको छ ।प्यानलले खोप प्रणाली अन्तर्गत जाबबाट सम्भावित साइड इफेक्टहरू बारे रिपोर्टहरू प्राप्त गरि कोभिड-१९ खोप र मृत्युबीच कारण र सम्बन्धका बारेमा मूल्याङ्कन गरिरहेको बताएको छ ।विगतमा प्यानलले मृत्युको कारण र खोपको सम्बन्धका बारेमा तथ्य फेला नपारेको वा निर्धारण गर्न नसकेको बताइएको छ ।तर २०२३ मार्च १० को बैठकमा प्यानलले महिलाको मृत्युमा कोभिड-१९ विरुद्धको खोपको कारण आर… पुरा पढौ