राष्ट्रिय समाचार

बागलुङमा भदौ ५ गतेसम्म निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बागलुङ-बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताए ।  बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था,… पुरा पढौ

एनआरएनए थाइल्याण्डले ‘एक महिना १००० खाना’ नामक अभियान संचालन

गैर आवासीय नेपाली सघ थाइल्याण्डले असाहाय तथा समस्यामा परेका दुई सय ८० थाई नागरिकलाई निशुल्क खाद्यान्न सहयोग गरेको छ ।‘’एक महिना १००० खाना’’नामक अभियान संचालन गरेको एनआरएनए थाइल्याण्डले बैककको खेट दुसीत क्षेत्रका २ सय ५० वयस्क र ३० जना बालबालिका गरि २ सय ८० जना असाहाय तथा समस्यामा परेका थाई नागरिकलाई सहयोग स्वरुप खाद्यान्न प्रदान गरिएको संघका नवनिर्वाचित अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।एनआरएनए थाइल्याण्ड र त्यहाँको स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा पहिलो चरणमा २ सय ८० जनालाई आवश्यक सहयोग… पुरा पढौ

औद्योगिक ग्राम निर्माणले गति लिएन

बागलुङ-स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा विसं २०७६ पुसदेखि औद्योगिक ग्राम निर्माणको प्रकृया अघि बढेको थियो । जग्गा व्यवस्थापन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्वाधार बनाउने काम अझै शुरु हुन सकेको छैन । ताराखोला गाउँपालिका–१ भुस्कातमा बन्ने औद्योगिक ग्रामको गत मङ्सिरमा गण्डकी प्रदेशका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास… पुरा पढौ

नेपाली बक्सरले हराए जापानी बक्सरलाई उनकै भूमिमा

नेपाली युवा बक्सर प्रचण्ड केसीले जापानमा सुरु भएको रुकी अफदि ईयर बक्सिङ प्रतियोगितामा बिजयी सुरुआत गरेका छन। प्रोफेसनल बक्सिङ प्रतियोगिता अन्तर्गत आज उनले टोकियोको सेन्जुकुमा आयोजित ५२ केजीको प्रतिस्पर्धामा केसीले नकआउट गर्दै जित निकालेका हुन।  खेलको पहिलो मिनेटमानै नपाली खेलाडी केसीले जापानी खेलाडी मासाया सुगालाई रिङ्गमा पछारेका थिए। टुर्नामेण्टको पहिलो खेलमा विजयी भएका केसीले अर्को खेल सेप्टेम्बर २८ तारिख खेल्नेछन। पुरा पढौ

सबै तहका कर्मचारीका नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, स्वास्थ्य सेवाका कर्मचारी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलब साउन १ गतेदेखि लागू हुनेगरी नयाँ काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एकम कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  यसैगरी मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ… पुरा पढौ

फोटोसुटका क्रममा बेहुलीकै अगाडि बेहुलाको मृत्यु

विवाह हुनुअघि दुलहा दुलहीको फोटो खिच्नेक्रममा दुलहाको दुलही अगाडि तडपी तडपी मृत्यु भएको छ। यो घटना ब्राजिलको हो। ब्राजिलमा विवाहको एक दिन अघि एक जना चिकित्सक आफ्नो हुनेवाला दुलहीको अगाडि करेण्ट लागेर तडी तडपि मरेका छन्। ३१ वर्ष डाक्टर डेनिस रिकार्डो फारिया गर्जेलको यो घटना ज्यादै दर्दनाक छ। डाक्टर गर्जेल तथा उनकी हुनेवाला दुलही विवाहको एकदिन अघि फोटो सुट गर्दै थिए, डाक्टर गर्जेललाई हाईभोल्टेजको करेण्ट लागेर उनको निधन भएको थियो। उनीहरु ब्राजिलदेखि ५ सय ५० किलो मिटर टाढा गएका थिए।… पुरा पढौ

जापानमा बक्सिङ्ग खेलमा सफलताको शिखर चढ्दै अनिश

नागोया-अध्ययन, व्यवशाय अनि रोजगारीको शिलशिलामा विदेश आउने केहिले मात्रै विभिन्न माध्यमद्वारा आफ्नो मातृभुमि समेत चिनाउने गर्छन। ती मध्येका एक अनिश खरेल पनि हुन्। उनले जापानमा आफ्नो अध्ययन संगै बक्सिङ्ग खेलमा लागेर सफल हुँदैं आफु अनि नेपाललाई चिनाउन लागिपरेका छन्। १३ वर्ष अगाडीदेखि जापानमा स्कूल पढदैं आएका उनी यस खेलमा लागेको बताउँछन् । यस खेलमा जहिले पनि विजयी हुने आफ्नो लक्ष्य रहेको अनिस बताउँछन् । गैंडाकोट स्थायी घर भएका अनिश अहिले २३ वर्षका भए । उनका दाइ, बुवा र आमा पनि… पुरा पढौ

सरकारको न्यूनतम साझा कार्यक्रम सावर्जनिक, स्वास्थ्य सामग्री खरिद अनियमितताकाे छानबिन गर्ने

वर्तमान गठबन्धन सरकारका प्राथमिकता, नीति र कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ।… पुरा पढौ

टोकियो ओलम्पिक २०२० : सकियाे ओलम्पिक, तीन वर्षपछि फ्रान्समा, पदकमा अमेरिकाले बाजी मार्‍यो

जापानमा जारी गृष्मकालिन ओलम्पिक अाइतबार समाप्त भयाे। टोकियो रंगशालामा आयोजित विशेष समारोहकाबीच ओलम्पिक सम्पन्न भएकाे हाे। गत बर्षनै हुनु पर्ने ओलम्पिक कोरोनाको संक्रमणका कारण एक वर्षपछि सरेको थियो। यसपाली पनि निक्कै विरोधकाबीच यो खेल सकिएको छ। यसका लागि जापानले संकटकालनै लगाउनु पर्यो।  पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित विश्व खेलकुदको महाकुम्भ- ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मार्‍यो… पुरा पढौ

एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिले लियो सपथ, अभिभावकीय संस्थाको रूपमा विकास गर्न सबैको आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई टोकियोको मन्दिर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका थिए ।अध्यक्षमामा शिवप्रसाद पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास जापानका प्रतिनिधि जीतबहादुर कार्कीले एनआरएनए जापानले नेपाली समुदायको भावनालाई बुझेर सहकार्यमा काम गर्दै अप्ठारो र दुःखमा परेका नेपालीलाई… पुरा पढौ