अर्थतन्त्रमा समस्या नै समस्या: अर्थमन्त्री शर्मा

-


     जनहित न्युज    
     श्रावण २६ गते २०७८


अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।

देशको पछिल्लो श्वेतपत्रले देशको अर्थतन्त्र धेरै संकटमा रहेको देखिएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको श्वेतपत्रले देशमा आर्थिक समस्या नै समस्या रहेको देखिएको छ ।  

श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए । श्वेतपत्रमा भनिएको छ,‘आर्थिक वर्ष २०७७÷७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटामा रहेको देखिएको देखिन्छ ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताएका हुन् । कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको समेत उनले जानकारी दिए ।

संघीय प्रतिनिधिसभा बैठकमा श्वेतपत्र पढेर सुनाउँदै मन्त्री शर्माले प्रचारबाजी बजेटलाई चिर्दै आर्थिक परिसूचक सुधार गर्ने बताए। कोभिड१९ महामारीबाट सिर्जित जनस्वास्थ्यमाथिको इतिहासकै गम्भीर संकटपूर्ण अवस्था तथा मुलुकको अर्थतन्त्रले भोगिरहेको प्रतिकूल परिस्थितिका बीच वर्तमान सरकारले कार्यभार सम्हालेको उनले श्वेतपत्रमा उल्लेख गरेका छन्।

योभन्दा अघिको सरकारले प्रचारमुखी बजेट ल्याउने तर त्यसलाई कार्यान्वनयमा चुक्दै आएको उनले बताए। 

श्वेतपत्रमा उनले गैरबजेटरी खर्च बढेको उल्लेख गरेका छन्। उनले गत आवमा मात्रै सडक सञ्जालमा ३ खर्ब र रेल सञ्जालमा ५७ अर्ब रुपैयाँ गैरबजेटरी खर्च भएको उल्लेख गरेका छन्।
    
उनले अब त्यसलाई चिर्ने बताएका छन्। जसको कारणले परिसूचकहरुमा सुधार ल्याई जनताको गुमेको आशा र विश्वास पुनस्र्थापित हुने उनको भनाइ छ। 

उनले प्रतिनिधिसभा बैठकमा भने, ‘सरकारी साधन स्रोत माथिको दोहन रोक्ने, आर्थिक तथा वित्तीय अनुशासन कायम गरी सार्वजनिक खर्चलाई पुँजी निर्माण र सेवा प्रवाह सुधारमा केन्द्रित गर्नेर जनतामाथि पर्न गएको ऋणभार कम गराउँदै जान विशेष प्रयास गर्नुपर्ने देखिएको छ। यसका अतिरिक्त, मुलुकको तुलनात्मक लाभको क्षेत्रहरुमा बढी लक्षित रही त्यसमध्येको विद्युत उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवद्र्धन गर्दै आयात निर्यातबीचको खाडल कम गर्नेतर्फ जोड दिइनेछ।’

पूर्णपाठ

प्रचारबाजी बजेटलाई चिर्दै आर्थिक परिसूचक सुधार गर्ने अर्थमन्त्रीको श्वेतपत्र! (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?