राष्ट्रिय समाचार

कृषि कर्मबाट मोफसलका युवाले राजधानीमा गरे मनग्गे आम्दानी

काठमाडौ- हातमा सीप काममा लगनशीलता हुने हाे भने धन कमाउन बिदेश नै जानुपर्छ भन्ने बाध्यता छैन माेफसलबाट राजधानी छिरेका युवाहरू तरकारी तथा पशुपालन ब्यबसाय गरेर मनग्ये आम्दानी गरिरहेका छन् ।काेराेना भाइरस काेभिड १९ ले धेरै ब्यबसाय प्रभाव पारेपनि कृषि कर्म भने यसले असर गरेको छैन । सरकारले निषेधाज्ञा जारी गरेपनि कृषि कर्म भने निरन्तर रूपमा चलिरहेको छ । राजधानी भित्रीने प्रमुख नाका थानकोट चन्द्रागिरि नगरपालिका भित्र कृषि कर्ममा लागेका किसानहरू तरकारी खेती र पशुपालन गर्ने क्रम बढेर गएको छ ।हरेक… पुरा पढौ

जापानबाट यमबहादुर परियारको परिवारलाई आर्थिक सहयोग

जापानमा रहेका नेपालीहरूले बागलुङमा दुर्घटनामा परी मृत्यु भएका यमबहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरेका छन् । जापान नेपाली एकता समाजको समन्वय र एकता नौमती बाजा समूह ओसाका जापानको बिशेष पहलमा मृतक यमबहादुरको परिवारलाई आर्थिक सहयोग गरिएको हो । जापानमा रहेका नेपालीहरूबाट संकलन भएको १ लाख ७४ हजार ५०५ रुपैयाँ मृतकका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ ।सहयोग रकम जापान नेपाली एकता समाज जापानका पूर्वउपाध्यक्ष एवम् एकता नौमती बाजा समूहका संस्थापक सदस्य यमलाल सापकोटा, जापान नेपाली एकता समाज जापानका केन्द्रीय सदस्य तथा… पुरा पढौ

NYC तारा द्वारा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न

नवसृजना युवा क्लब(NYC) तारा ले आज एक कार्यक्रम का बिच राहत रकम हस्तान्तरण गरेको छ ।स्व लाल बहादुर थापा को काजकिरिया खर्च का लागि समाजसेवी तथा सफल व्यावसायी नर बहादुर थापाको पहलमा जापानमा संकलित रकम ७८ हजार १ सय ५५ स्व लाल बहादुर थापाकी आमा चनमति थापा लाइ हस्तान्तरण गरिएको क्लब का अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिनु भयो ।ताराखोला गाउँपालिका वडा न ४ नागबेलि खोला छहारी निवासी ३७ बर्षिय लाल बहादुर थापा को गत असार २० गते जिल्ला अस्पताल म्याग्दी… पुरा पढौ

एनआरएनएको ६० देशमा नयाँ नेतृत्व

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तगर्तका विभिन्न ६० देशका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न भएको छ ।आगामी सन् २०२१–२३ कार्यकालको लागि निर्वाचन मार्फत नेतृत्व चयन भएको हो । संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशन सम्बन्धि संक्षिप्त प्रतिवेदन बुधवार सार्वजनिक गर्दै जानकारि दिएका हुन् । निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । भने ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो । शर्माका… पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद: बढ्यो अध्यक्ष मण्डल र निर्वाचन समितिका बिचमा तिक्तता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर अध्यक्ष मण्डल र निर्वाचन समितिका बिचमा तिक्तता बढेको छ ।निर्वाचन समितिले बिहिबार सूचना जारी गर्दै अध्यक्ष मण्डलको औचित्य नभएकोले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहणका लागि तयारी गर्न भनेको भोलिपल्ट अर्थात् आज अध्यक्ष मण्डलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा उठेका विवादहरुको समाधानका लागि छानबिन समितिले द्रुतगतिमा काम गरि रहेकोले छानबिनलाई प्रभावित हुने गरि निर्वाचन समितिबाट अभिव्यक्ति आउनु गैर ज़िम्मेवारी र खेदजनक रहेको… पुरा पढौ

कार्यदलले सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

सरकार सञ्चालनका लागि सुझाव दिन गठित सत्तारुढ दलको सात सदस्यीय कार्यदलले प्रभावकारी सरकार सञ्चालनका लागि संघ, प्रदेश र जिल्लामा ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गर्न प्रस्ताव गरेको छ । कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ‘गठबन्धन सरकार सञ्चालन कार्यविधि’ मा ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गर्ने प्रस्ताव अघि सारिएको हो । यस्तो समन्वय समिति प्रदेश र जिल्ला तहमा पनि गठन गर्ने प्रस्ताव गरिएको छ । स्थानीय तहमा भने यस्तो संयन्त्र निर्माणको प्रस्ताव गरिएको छैन । कार्यदलले संघ प्रदेश र… पुरा पढौ

सुकुम्बासी समस्याको समाधान !

निवर्तमान सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग वर्तमान सरकारले खारेज गरेको विषय ठीक कि वेठीक भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । भूमी सम्बन्धी ऐन, २०२१ मा २०७५ सालमा भएको ८औं संशोधनले देशको धेरै जमीन भूमाफियाको हातमा पुग्ने व्यवस्था गरेको छ । भूमाफियाको सेटिङ्मा सरकारले पेश गरेको विधेयक संसदले पारित गरेर अत्यन्त ठूलो भूल गरेको थियो । यही व्यवस्थालाई टेकेर सरकारले २०७६ मा आयोग गठन गरेको थियो । भूमिसम्बन्धी समस्या भनेपनि सो आयोग सुकुम्बासी समस्यामा केन्द्रित आयोग थियो ।… पुरा पढौ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद : निर्वाचन समिति सपथका लागि तयारी होउ भन्छ, छानबिन समिति भन्छ स्थगित गर

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि निर्वाचन गर्न गठित निर्वाचन समितिले अध्यक्ष मण्डलको औचित्यमाथि प्रश्न उठाउदै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहणको लागि तयारी रहन सूचित गरेको छ ।बिहिबार निर्वाचन समितिको नामबाट एक सूचना प्रकाशित गर्दै अध्यक्ष मण्डलको औचित्य सकिइसकेपछिको अवस्थामा निर्वाचन समितिले निर्वाचित घोषणा गरिइसकेका उम्मेदवार साथीहरूलाई शपथ लिन लगाउने निर्णय गरेको उल्लेख गरेको छ ।जारी गरिएको सूचनामा निर्वाचन समिति निर्वाचित घोषणा गरिएका सम्पूर्ण उम्मेदवार साथीहरूलाई शपथ कार्यक्रमका लागि यो सप्ताहन्तमा तयारी गर्न र… पुरा पढौ

मैले चिनेको र चाहेको गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघ विभिन्न देशको राष्ट्रिय समन्वय समितिको गतिविधि, आर्थिक क्रियाकलाप, हरेक वर्ष गरिने अधिवेशन र समितिको पदाधिकारी गठन सम्बन्धको निर्वाचन प्रक्रियालाई नजिकमा रहेर मूल्यांकन गर्दा यो संस्था मणि हराएको नाग जस्तो देखिन्छ । नाग हिन्दुहरूका लागि पूजनीय भए जस्तै एनआरएनए संस्था प्रवासी आम नेपालीहरूको लागि पूजनीय हुनुपर्ने थियो । मणि सहितको नाग जस्तो भएको हुनुपर्ने थियो । तथापि, यस्तो भएको हामी पाँउदैनौ । सरसर्ती सतही रूपमा देख्दा पनि यो संस्थाको ठोस कार्यक्रम केहि पनि भए जस्तो लाग्दैन ।… पुरा पढौ

गैरआवासीय नेपाली संघ जापान विवादः ‌दोषीलाई कारबाही भएमा अदालती प्रक्रियामा नजाने

गैरआवासीय नेपाली संघ जापानको असन्तुष्ट पक्षले राजन प्रधानांगको संयोजकत्वमा रहेको अध्ययन तथा छानबिन समितिले सत्य तथ्यसहितको प्रतिवेदन बाहिर ल्याइ दोषीलाई कारबाही भएमा अदालती प्रक्रियामा नजाने बताएका छन् ।बुधबार भर्चुवल रुपमा गरेको पत्रकार सम्मेलनमा ३० जना असन्तुष्ट उम्मेदवार पक्षको नेतृत्व गरिरहेका डा. बलराम श्रेष्ठले गठित अध्ययन तथा छानबिन समितिले सत्य तथ्य विवरण ल्याई जापानको एनआरएनएलाई भावी दिनमा व्यवस्थित निर्वाचन र मतदाताको अधिकार सुरक्षाका लागि पनि अहिलेकोे निर्वाचनमा भएको धाधलीमा संलग्नलाई कारबाहीको दायरामा लिनका लागि आफूहरु लागिपरेको बताएका छन् । आफुहरुले उठाएको… पुरा पढौ