राष्ट्रिय समाचार

टोकियो ओलम्पिक २०२० : सकियाे ओलम्पिक, तीन वर्षपछि फ्रान्समा, पदकमा अमेरिकाले बाजी मार्‍यो

जापानमा जारी गृष्मकालिन ओलम्पिक अाइतबार समाप्त भयाे। टोकियो रंगशालामा आयोजित विशेष समारोहकाबीच ओलम्पिक सम्पन्न भएकाे हाे। गत बर्षनै हुनु पर्ने ओलम्पिक कोरोनाको संक्रमणका कारण एक वर्षपछि सरेको थियो। यसपाली पनि निक्कै विरोधकाबीच यो खेल सकिएको छ। यसका लागि जापानले संकटकालनै लगाउनु पर्यो।  पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित विश्व खेलकुदको महाकुम्भ- ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मार्‍यो… पुरा पढौ

एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिले लियो सपथ, अभिभावकीय संस्थाको रूपमा विकास गर्न सबैको आग्रह

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई टोकियोको मन्दिर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका थिए ।अध्यक्षमामा शिवप्रसाद पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास जापानका प्रतिनिधि जीतबहादुर कार्कीले एनआरएनए जापानले नेपाली समुदायको भावनालाई बुझेर सहकार्यमा काम गर्दै अप्ठारो र दुःखमा परेका नेपालीलाई… पुरा पढौ

एनआरएनए डेनमार्कको अध्यक्षमा अधिकारी विजयी, आइसीसीमा गल्कोटका शर्मा निर्विरोध

कोपनहेगन- गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद (एनआरएनए) डेनमार्कको छैठौं अधिवेशनबाट अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) निर्वाचित भएका छन् । शनिवार कोपनहेगनमा भएको विद्युतिय मतदानमा २ उम्मेदवारलाई पछि पार्दै अधिकारीले १८० मत प्राप्त गरि विजयी भएका हुन् । प्रतिस्पर्धी शिव कार्कीले १४२ मत र दिपकराज रिजालले ८७ मत पाए । अध्यक्षमा निर्वाचित शैलेन्द्र अधिकारी (शैलु) एनआरएनए डेनमार्कमा जम्मा ४६३ मतदातामध्ये ४०९ मत खसेको थियो । अधिकारी निवर्तमान महासचिब हुन् भने रिजाल उपाध्यक्ष । कार्की एनआरएनए डेनमार्कमा पूर्व महासचिब हुन् ।… पुरा पढौ

का. मनोज भट्टद्वारा प्रस्तुत विचारहरु बारे

का. मनोजजीले २०७८, श्रावण १५ गते एउटा अनलाइन पत्रिमा मार्फत प्रस्तुत गरेका कतिपय विचारहरुबाट तथ्यको तोडमोड भएकाले स्पष्ट पार्न गैरहेको छु ।आठौ महाधिवेशन ने.क.पा. (मसाल)को महाधिवेशन हो । मनोज भट्ट राष्ट्रिय जनमोर्चाको वर्तमान महासचिव हुनुहुन्छ । ने.क.पा. (मसाल) एउटा भूमिगत पार्टी हो । का. मनोजले ने.क.पा.(मसाल)का बाहिर गएका नीतिगत विषयवस्तु बारे टिकाटिप्पणी गर्नसक्नु हुन्छ । तर उह“ाले आफ्ना लेखहरुमा पार्टीभित्रका आन्तरिक विषयहरु बारे पनि उल्लेख गर्नुभएको छ । अनुशासनका दृष्टिकोणले हेर्ने हो भने राजमोका महासचिवले मसालको आन्तरिक विषयबारे सार्वजनिक रुपमा… पुरा पढौ

एनआरएनए जापानका नवनिर्वाचितहरुलाई आज नै सपथ गराइने, तयारी पुरा भएकोले रोक्न मिलेन- निर्वाचन समिति

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचितहरुलाई तय भएको सपथ ग्रहण कार्यक्रम एसिया प्यासिफ़िक संयोजकले केही पर सार्न आग्रह गरेपनि तयारी पुरा भै सकेकोले आज नै शपथ ग्रहण कार्यक्रम हुने बताईएको छ । निर्वाचन समितिले तय गरेको शपथ कार्यक्रम रोक्न आग्रह गर्दा पनि सबै तयारी पुरा भएको भन्दै समितिले आजै शपथ गराउन लागेको हो ।शनिबार मध्य रातमा एक सूचना प्रकाशन गरि एनआरएनए जापानको निर्वाचन समितिका प्रमुख आयूक्त डा.नेत्र प्रकाश भण्डारीले जानकारी गराए । एनआरएनए जापानको निर्वाचनमा पराजित उम्मेदवारहरुले धाँधली भएको र… पुरा पढौ

‘मेले चिनेको र चाहेको एनआरएनए’ जापानव्यापी निबन्ध प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जापानव्यापी निवन्ध प्रतियोगिता २०२१ आयोजना गरिएको छ । गैर आवसीय नेपाली संघ (एनआरएनए), क्युस्यु क्षेत्रीय समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा आवेदन खुला गरिएको छ । ‘मेले चिनेको र चाहेको एनआरएनए’ निबन्धको शीर्षक राखिएको छ । जसका लागि यही जुलाई १६ देखि अगस्ट १० सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार येन प्रदान गरिनेछ । त्यसैगरी द्वितीयलाई ४५ हजार येन, तृतीय हुनेलाई २० हजार र सान्त्वना पुरस्कार १० हजार येन प्रदान… पुरा पढौ

एनआरएनए जापान विवाद: भोलिको सपथ ग्रहण रोक्न आरसीको निर्देशन, निर्धारित सपथ ग्रहण रोकिएको जानकारी छैन-निर्वाचित उम्मेदवार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन पछिको अवस्था थप रस्साकस्सीमा पुगेको छ । भोलि अर्थात् अग़स्ट ८ तारिकका दिन निर्वाचन समितिका आयुक्त नेत्रप्रकाश भण्डारीले राखेको सपथ ग्रहण कार्यक्रम रोक्नका लागि एसिया प्रशान्त क्षेत्रका संयोजकले निर्देशन जारी गरेपछि अन्यौलमा परेको छ ।तर पूर्व निर्धारित सपथ ग्रहण नरोकिने बताईएको छ । जापानको नेपाली समाजको एकता भाईचारा एवं सत्भावलाई कायमै राख्नका लागि गैर आवासीय नेपाली संघको विधानको दफा १७.७.२ र अनुसूची ८ बमोजिम अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तको निर्देशन… पुरा पढौ

जापानबाट पाँचलाख खाेप आइपुग्यो, तीन लाख भोलि ल्याइँदै

काठमाडौं- जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए । कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको उनले बताए । उनका अनुसार आइतबार थप दुई लाख ८७ हजार जोड खोप आउनेछ । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने उनलर् बताए । बाँकी आठ लाख खोप… पुरा पढौ

मिलुन्जेल प्रेम, नमिले बलात्कार !

‘बलात्कारको अभियोगमा जेल परेकाहरुको मनोभावना केलाउँदा अभियुक्तले केटीको चरित्रै उस्तो थियो, छोटो लुगा लगाएकी थिई, उसका धेरै पार्टनर थिए जस्ता बहाना बनाउने गरेको देखिन्छ। केटी नै उस्तो भएर मैले पनि त्यसो गरेको हो भन्नेसम्मका कुरा गरेको पाइन्छ। नेपालको कानुनले बलात्कारको कसुरमा उमेर अनुसार फरक-फरक सजायको व्यवस्था गरेको छ। १० वर्ष मुनिकालाई बलात्कार गरेमा सर्वस्वसहित जन्मकैदको प्रावधान छ। अन्य उमेर समूहमा भने सजाय कम गर्दै लगिएको छ। एउटै उमेरबीचको बलात्कारप्रति कानुन नै नरम देखिन्छ। मन मिलुन्जेल प्रेम, मन नमिले बलात्कार? भन्ने… पुरा पढौ

एसईईको नतिजा प्रकाशन,कक्षा १२ को परीक्षा स्थगन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गरेको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशन गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गरेकाे… पुरा पढौ