सबै तहका कर्मचारीका नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

-


     जनहित न्युज    
     श्रावण २५ गते २०७८


सरकारले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको छ ।

साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, स्वास्थ्य सेवाका कर्मचारी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलब साउन १ गतेदेखि लागू हुनेगरी नयाँ काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एकम कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

यसैगरी मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।

मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।

प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।  त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?