राष्ट्रिय समाचार

जापानका चार प्रान्तहरुमा आपतकाल विस्तार, टोकियोमा पनि अगस्ट अन्त्यसम्म

आपतकालिन अवस्था अगष्ट २ तारिखबाट जापानका थप ४ प्रान्तहरुमा विस्तार भएको छ । अगस्ट २ तारिकदेखि फेरि जापानका साईतामा, चिबा, खानागावा र ओसाकामा पनि आपातकाल बिस्तार भएको छ । यस अघि टोकियो र ओकिनवा केनमा मात्रै सिमित रहेको आपतकाल अब ६ वटा केनमा बिस्तार भएको छ । यस पटकको आपतकाल अगस्ट अन्त्यसम्मका लागि घोषणा गरिएको छ । यसका अलवा, होक्काईदो, ईसिखावा,ह्योगो, क्योतो र फुकुओका केनमा अर्धआपतकाल ( मानएनबोसीज्युतेनसोचि)कार्यन्वयन गरिएको छ । यसको अवधि पनि तत्काललाई यहि महिनाको अन्त्यसम्म कायम रहनेछ… पुरा पढौ

नव नियुक्त मन्त्रीलाई बधाई, नगरको विकासमा सहयोग पुर्याउन आग्रह

गण्डकी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरुलाई गलकोट नगरपालिकाका युवाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन । छ सदस्यीय युवा टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बुढा मगर, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खडका, युवा तथा खेलकुद मन्त्रालयका कार्यवहाक तथा प्रवक्ता रोनित गुरुङ, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई मन्त्रालयमै पुगेर बधाई… पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद: सिस्टम दुरुपयोगको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय समिति गठन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनका सम्बन्धमा असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेको उजुरीको छानबिन गर्नका लागि श्री राजन प्रधानाङ्गको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ ।एनआरएनए जापानको अध्यक्ष मण्डलद्वारा जारी प्रेस नोटमा असन्तुष्ट पक्षले गरेको उजुरीका सन्दर्भमा अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उदेश्यले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)सँग आवश्यक परामर्शमा गरी गैर आवासीय नेपाली संघ… पुरा पढौ

सहकारीका कानुनी समस्या समाधानका लागि पहल- मन्त्री बुढा

गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार स्वागत तथा सम्मान गरेको छ । मन्त्रीभएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री बुढालाई साविक धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले स्वागत तथा सम्मान गरेको हो । आदर्श सञ्चार सहकारीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि… पुरा पढौ

एनआरएनए जापानको निर्वाचन विवादमा, पराजित उम्मेदवारहरुले मताधिकारको दुरुपयोग गरिएको भन्दै उजुरी दर्ता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको आगामी कार्यकाल २०२१-२०२३ को निर्वाचनको लागि अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक कम्युटर सेटिंगबाट गरि मतदाताको मताधिकारलाई दुरुपयोग गरेको पाइएकोले आईटी विज्ञसहितको सहभागीमा छानबिन गरि यथार्थ जानकारी नआउदासम्म निर्बाचन परिणाम घोषणा नगर्न र ७ दिन भित्र छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरिएको छ । एनआरएनए जापानको अध्यक्ष मण्डललाई सम्बोधन गर्दै २९ जना निर्वाचन प्रकियामा सहभागी भै निर्वाचन परिणाम आफ्नो पक्षमा नपारेका उम्मेदवारहरूले ३ हज़ार ६ सय १५ मत नक्कली रूपमा सेटिंगमार्फत मत… पुरा पढौ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचन सम्पन्न, अध्यक्षमा शिवप्रसाद पौडेल

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२१–२०२३ को कार्यकालका लागि भएको निर्वाचनमा शिवप्रसाद पौडेलले अध्यक्षमा बाजी मारेका छन् ।शुक्रबार अनलाईन भेटिङ प्रणालीबाट भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी पौडेलले ३ हजार ३८ मत प्राप्त गरि निटतम प्रतिष्पर्धी अनिता गुरुङ लामालाई हराउदै अध्यक्षमा जीत हासिल गरेका हुन । कुल खसेको मतको ४० प्रतिशतभन्दा बढि मत पौडेलले प्राप्त गर्दा गुरुङले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी थिइन् । पाँच जना प्रतिष्पर्धी रहेको अध्यक्ष पदमा नरेन्द्र कुमार बस्नेतले १२ सय ६९, किरण… पुरा पढौ

निषेधाज्ञा खुकुलो, ५० प्रतिशत क्षमतामा होटल पनि खुल्ने

बागलुङ-जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निशेधाज्ञा बढाएको छ । बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा होटल संचालन गर्न पाउने व्यवस्था गरेको हो । यसअघि भएका निर्णयमा होटल संचालन छुट थिएन । त्यस्तै, लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्ने सरकारी निर्णयलाई निरन्तरता दिएको छ । विश्वविद्यालय र उच्च माबिका परीक्षा संचालन मापदण्ड पु¥याएर गर्न पाउने व्यवस्था… पुरा पढौ

कालीगण्डकीमा डुबेर बागलुङका दुईजना वेपत्ता

बागलुङ - कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका–४ का दुई किशोर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । उनीहरु आज दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न निरयघाट गएको प्रनाउ हवारीले बताए । ४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुईजना प्रश्न बिक र विशन पुन भने सम्पर्कमा आएका छन्… पुरा पढौ

पोखरामा शोक सभा सम्पन्न

बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर ७ का स्वर्गीय गुमानसिंह थापाको सातौ दिनको अवसरमा श्रृजनाचोक स्थित निवाशमा संयुक्त शोकसभा कार्यक्रम सम्पन्न भयो ।सो शोक सभा कार्यक्रम गलकोट समाज पोखरा, घुम्टे युवा परिवार जापान शाखा बगाले थापा समाजको संयोजनमा सम्पन्न भएको हो ।गलकोट समाज पोखराका अध्यक्ष खडक थापा, बगाले थापा समाजको अध्यक्ष दलबहादुर थापा र घुयुप जापानका उपाध्यक्ष शिवु थापाले शोकाकुल परिवारलाई शोक-पत्र हस्तान्त्रण गर्नु भएको थियो । मौनधारणबाट शुरु गरिएको थियो । सो शोकसभामा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, जिल्ला… पुरा पढौ

मृगौला पिडितलाई नेपाल ओईता कम्युनिटिद्वारा आर्थिक सहयोग प्रदान

नेपाल ओईता कम्युनिटि (NOC)द्दारा हाल जापानमा दुबै मृगौला फेलभइ अस्पतालमा रहेकी अन्जु लामाको उपचारको लागि सहयोग गर्ने उदेश्यले चलाएको अभियानबाट संकलित २लाख ३२ हजार येन पीडितलाइ हस्तान्तरण गरेको छ । विश्व विध्यालयको अध्ययन सकेर कामको शिलशिलामा रहेकी नेपाल, चितवन जिल्ला विरेन्द्रनगर-२,घर भएकी हाल फुकुओका केनको किताक्युस्यू, बस्दै आएकी अन्जु लामाको दुबै मृगौला फेल हुदाँ बिगत २ महिना देखि अस्पतालको शैयामा बस्न बाध्य भएकी छिन ।उनको मृगौला प्रत्यारोपण गर्न अस्पतालले करिब २० लाख जापानी येन खर्च लाग्ने बताएको र बिरामीको आर्थिक… पुरा पढौ