गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान विवाद: सिस्टम दुरुपयोगको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय समिति गठन

-


     जनहित न्युज    
     श्रावण १७ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनका सम्बन्धमा असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेको उजुरीको छानबिन गर्नका लागि श्री राजन प्रधानाङ्गको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ ।
एनआरएनए जापानको अध्यक्ष मण्डलद्वारा जारी प्रेस नोटमा असन्तुष्ट पक्षले गरेको उजुरीका सन्दर्भमा अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उदेश्यले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)सँग आवश्यक परामर्शमा गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका संस्थापक अध्यक्ष प्रधानाङ्गको संयोजकत्वमा सुमन खड्का, सुकमान थिंङ, वेद काफ्ले र अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)बाट एक विज्ञको सहभागी रहने गरी अध्ययन तथा छानबिन समिति गठन गरेको जनाएको छ ।
गठित समितिलाई उजुरीमा उल्लेख गरिएका विषयबस्तु, अनलाइनमार्फत हुने मतदानको प्राविधिक पक्ष सहित अन्य आवश्यक पक्षका बारेमा अध्ययन र छलफल गरि त्यसको निचेड सहितको प्रतिवेदन तयार पारी यथाशक्य छिटो अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा बुझाउने जिम्मेवारी तोकिएको छ ।
शुक्रवार सम्पन्न निर्वाचनको विश्वासनीयता र निष्पक्षताको विषयलाइ लिएर २९ जना पराजित उम्मेदवारहरुले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक कम्युटर सेटिंगबाट गरि मतदाताको मताधिकारलाई दुरुपयोग गरेको पाइएकोले आईटी विज्ञसहितको सहभागीमा छानबिन गरि यथार्थ जानकारी नआउदासम्म निर्बाचन परिणाम घोषणा नगर्न र ७ दिन भित्र छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका थिए ।

यो पनि हेर्नुहोस

एनआरएनए जापानको निर्वाचन विवादमा, पराजित उम्मेदवारहरुले मताधिकारको दुरुपयोग गरिएको भन्दै उजुरी दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?