राष्ट्रिय समाचार

टोकियो ओलम्पिक :आयोजक जापान १३ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।   जापानले हालसम्म १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २२ पदक प्राप्त गरेको छ। चीन दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। चीनले १२ स्वर्ण, छ रजत र नाै कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले एघार स्वर्ण, एघार रजत र नाै कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै सात स्वर्ण,… पुरा पढौ

अत्यधिक सफल नेपाली स्विमिङ खेलाडी गौरिका सिंह

नेपाली स्विमिङ खेलमा हालसम्मकै महत्वपूर्ण स्थान बनाउन सफल गौरिका सिंहले जापानको ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेर नेपालको शाख जोगाएकी छन् । यसअघि मंगलबार नेपालको तर्फबाट भाग लिएका अलेक्जेण्डर शाहले पनि राष्ट्रिय किर्तिमान कायम गरेका थिए। हुन त ओलम्पिकमा भाग लिन जान खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गर्नु भनेको त्यति महत्वपूर्ण होईन। ओलम्पिकमा पदक जित्नु नै सहभागी खेलाडीहरुको महत्वपूर्ण उपलब्धि हो। तर नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक नपाएको तथा लामो सहभागिताका क्रममा राष्ट्रिय कीर्तिमान पनि खासै कायम नभएको अवस्थामा यसलाई महत्वपूर्ण मान्न… पुरा पढौ

टोकियो ओलम्पिक : गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।उनले प्रतियाेगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि अर्काे चरणमा भने पुग्न सकिनन्।  बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको समय निकालेकी थिइन्।  हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। कूल ५२ खेलाडी… पुरा पढौ

एसइई नतिजा यही साउन २५ गते भित्रमा

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।         यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक… पुरा पढौ

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बागलुङ,- तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत् यो चक्र पुरा हुन्छ । बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहनुभएको छ । सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गर्नुभएको हो । सापकोटाका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सुक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको… पुरा पढौ

पत्रकार खातीलाई धम्क्याउने घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा खेद व्यक्त

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले एनआरएनए डेनमार्कको अधिवेशन सम्बन्धमा प्रकाशित समाचारको विषयलाई लिएर जनहित न्यूज डटकमका युरोप सयोजक पत्रकार महेश खातीलाई फोनबाट गालीगलौज गरेको घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघले खेद व्यक्त गरेको छ। पत्रकार महेशकुमार खातीलाई धम्क्याउने रवीन्द्र खड्का "एनआरएनए डेनमार्कको अधिवेशन नजिकिंदै, छैन उत्साह र रौनकता" भन्ने शिर्षकमा enepalkhabar.com मा समाचार प्रकाशित भए पछि शनिबार राती १० बजेतिर खड्काले खातीलाई फोन गरी अभद्र शब्दहरु प्रयोग गर्दै धम्क्याएका थिए। " एनआरएनए जस्तो सामाजिक संस्था र… पुरा पढौ

महराले उच्च अदालतबाट पाए सफाइ

पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताए । सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका… पुरा पढौ

पौडीमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान, तर ओलम्पिकको हिट चरणबाटै बाहिरिए

आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेपनि पौडीका एलेक्स शाह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् । टोकियोको एक्वेटिक सेन्टरमा मंगलबार हिट चरणमासम्पन्न पुरुष सय मिटर फ्रिस्टाइल स्पर्धामा उनी हिट चरणबाटै बाहिरिएका हुन्।  ७१ खेलाडी सहभागी भएको हिट चरणमा उनी ५९ औं स्थानमा रहे। उनले हिट चरणमा ५३.४१ सेकेन्डको समय निकाले। हिट चरणका उत्कृष्ट १६ जना सेमिफाइनलमा पुगेका छन्।  ७ खेलाडीबीच भएको हिट एकको स्पर्धामा शीर्ष स्थानमा रहेपनि एलेक्सले सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् । कुल ७१ खेलाडीले प्रतिस्पर्धा गरेको हिट… पुरा पढौ

विदेशमा नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्न नागोयामा ‘देउराली दोहोरी साँझ’

झमक्क साँझ पार्न आटेको छ, परदेशको ठाउ जताततै विदेशी नै विदेशी देखिन्छन, आफ्नो जन्मभूमि छोडेर जीवन निर्वाहका लागि विरानोमूलक आउदा घरपरिवार गाउपाखाको यादले मनलाई नै शुन्य पारेको अवस्थामा नेपाली लोकभाकाका लागि बाजाहरु बज्न थल्छन अनि नेपाली लोकभाकाका साथमा गुन्जिनछन नेपाली गीत संगीतहरु । मनलाई नै चंगा बनाउछ र अलिकती भएपनि मनको भारी बिसाउने ठाउ पाएको अनुभूति हुन्छ नागोयाको व्यस्त शहर शाकायामा भर्खरमात्र संचालनमा आएको देउराली दोहोरी साँझमा रम्न र रमाउन पाउदा । नेपालीहरुलाई आफनै देशको माया ममता र संस्कृतिप्रति निकट… पुरा पढौ

जापानका लागि नेपाल वायुसेवा निगमको नियमित उड़ान अगस्टमा हुने

नेपाल वायुसेवा निगमद्धारा जापानका लागि अगस्त महिनामा नियमित उडान गर्ने तयारी गरेको छ ।चार प्रकारका भिसा हुनेहरुका लागि अगस्त १९ तारिकमा काठमाण्डाै नारिता जापान र अगस्ट २० तारिकमा नारिता काठमाण्डौ उडान गर्ने तयारीमा रहेको सुमेघ ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।हालका लागि जापानको स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको व्यक्ति Permanent residence (PR), स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको श्रीमान श्रीमति Permanent resident spouse, लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका व्यक्ति Long-Term resident… पुरा पढौ