नेपाल ओईता कम्युनिटि (NOC)द्दारा हाल जापानमा दुबै मृगौला फेलभइ अस्पतालमा रहेकी अन्जु लामाको उपचारको लागि सहयोग गर्ने उदेश्यले चलाएको अभियानबाट संकलित २लाख ३२ हजार येन पीडितलाइ हस्तान्तरण गरेको छ ।
विश्व विध्यालयको अध्ययन सकेर कामको शिलशिलामा रहेकी नेपाल, चितवन जिल्ला विरेन्द्रनगर-२,घर भएकी हाल फुकुओका केनको किताक्युस्यू, बस्दै आएकी अन्जु लामाको दुबै मृगौला फेल हुदाँ बिगत २ महिना देखि अस्पतालको शैयामा बस्न बाध्य भएकी छिन ।
उनको मृगौला प्रत्यारोपण गर्न अस्पतालले करिब २० लाख जापानी येन खर्च लाग्ने बताएको र बिरामीको आर्थिक अबस्था कमजोर रहेको खबर प्राप्त भए पछि नेपाल ओईता कम्युनिटिले सहयोग गर्ने उदेश्यले चलाएको अभियानमार्फत सो रकम हस्तान्तरण गरेको पत्रकार इन्द्र लामाले जानकारी दिए ।