एनआरएनए जापानको निर्वाचन विवादमा, पराजित उम्मेदवारहरुले मताधिकारको दुरुपयोग गरिएको भन्दै उजुरी दर्ता

-


     जनहित न्युज    
     श्रावण १६ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको आगामी कार्यकाल २०२१-२०२३ को निर्वाचनको लागि अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक कम्युटर सेटिंगबाट गरि मतदाताको मताधिकारलाई दुरुपयोग गरेको पाइएकोले आईटी विज्ञसहितको सहभागीमा छानबिन गरि यथार्थ जानकारी नआउदासम्म निर्बाचन परिणाम घोषणा नगर्न र ७ दिन भित्र छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरिएको छ ।


एनआरएनए जापानको अध्यक्ष मण्डललाई सम्बोधन गर्दै २९ जना निर्वाचन प्रकियामा सहभागी भै निर्वाचन परिणाम आफ्नो पक्षमा नपारेका उम्मेदवारहरूले ३ हज़ार ६ सय १५ मत नक्कली रूपमा सेटिंगमार्फत मत राखी निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्दै मताधिकारको हनन भएकोले निष्पक्ष छानबिन नभएसम्मका लागि निर्वाचनको परिणाम घोषणा नगर्न आग्रह गरिएको छ ।
प्रारम्भिक आइटिको विश्लेषण गर्दा जुलाई ३० तारिक बिहान १० बजेदेखि साझ ८ बजेसम्म भएको निर्बाचनमा कम्युटर सेटिंग तथा एकै कम्युटरबाट ६८३ भन्दा बढी भोट अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि योजनाबद्द रुपमा भोट हालिएको उजुरी राख्नका लागि संयोजन गरेका डाक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठसहित २९ जनाद्वारा अध्यक्ष मण्डललाई गरिएको उजुरीमा निर्वाचनमा कम्प्युटरको आइपी नम्बर चेक गरि हेर्दा एउटै कम्युटर बाट १० देखि ६८३ मतसम्म स्वचालित रुपमा मत राखिएको र त्यसमध्ये जापान बाहिर देश भारतको उडिसाबाट ४०२, नेपालको काठमाडौँबाट २६३, पोखराबाट ११, साथै जापानको फुकुओकाबाट १०१८ मत राखेको प्रश्ट भएको उल्लेख गरिएको छ ।
त्यसैगरि ओसाकाबाट ४८८,आइचीबाट १११,चिबाबाट ३४, टोकियोबाट १०५४ गरि मुख्य रुपमा ३ हज़ार ६ सय १५ मत कम्युटरमा सेटिंग बनाई हालिएको प्रमाणसहित पेश गरेको बताईएको छ ।
निर्बाचन समितिबाट त्यसअघि पंजीकृत सदस्यको वैयक्तिक विवरण परिवर्तन गरि विवादमा आएको १७०० मतको परीक्षण मतदान नगरिएको ,जुलाई ३० मा मतदातालाइ भोट गर्ने आमन्त्रण सन्देश पठाउदा १,१०० सय सूचना पनि नपठाई मतदाता समेतको हक अधिकार हनन गरेको हुनाले शुक्रवार भएको निर्बाचन खराब नियत राखी पूर्व योजना अनुसार प्रबिधिको दुरुपयोग गरि स्वस्थ प्रतिस्पर्धा हुन नदिएको उजुरीमा आरोप लगाईएको छ ।
एनआरएनए जापानमा मौलाई रहेको आर्थिक हिनामिना, आर्थिक अपचलन,भ्रष्टाचार, अपारदर्शीको निरन्तरताको लागि गरिएको षड्यन्त्रपूर्वक निर्वाचनको परिणाम उल्लटाइएको गम्भिर आरोप समेत लगाईएको छ ।
षडयन्त्रपूर्ण गरिएको निर्बाचनको परिणाम पूर्ण रुपमा नियोजित गैर क़ानूनी ढाट र छलपूर्वक गरिएको देखिने हुनाले अध्यक्ष मण्डलबाट शुक्रवार भएको निर्बाचनको सम्पूर्ण प्रक्रियाको यथोचित छानबिन गर्ने एक प्रबासी नेपालीहरुले विश्वास गर्न सकिने विश्वासशिलो भरपर्दो एनआरआरएनलाइ माया गर्ने अग्रजहरुको नेतृत्वमा कम्प्युटर सम्बन्धी बिज्ञहरु समेत राखी पारदर्शी छानबिन गरि यथार्थ सत्य तथ्य बाहिर ल्याउन साथै सो पश्चात मात्र सत्य तथ्य निर्बाचन परिणाम घोषणा गर्न उजुरीमा माग गरिएको छ ।
नियोजित कथित निर्बाचन धोका हो यो बिहारी शैलीमा गरिको मजाक बाहेक अरु केहि होइन ,यस सम्बन्धमा सप्रमाण सहित उजुरी गरिएको दाबी निवेदकहरुले गरेका छन ।
यसरी उजुरी गर्ने उम्मेदवारहरुमा डा. श्रेष्ठसहित, रामहरी पुडासैनी, अनिता गुरुङ, नरेन्द्र कुमार बस्नेत,किरण बर्मा र सरोज खत्री रहेका छन । त्यसैगरि छत्र दाहाल, बिष्णु प्रसाद घिमिरे, जिबन कुमार गुरुङ, बालकृष्ण कंडेल हिमाल, बिकाश बस्नेत, टिकाराम कंडेल र बुद्दीराज घिमिरे छन यसै गरि कालिका थापा, टिकाराम खरेल, कृष्ण प्रसाद खनाल , सचिन श्रेष्ठ, राजेश खनाल, राम प्रसाद शर्मा धनपति (रामु ढकाल ),राजु पनेरु,सुरेश सापकोटा (सुनिल), राम बहादुर खत्री (अर्जुन केसी),फडिन्द्र पहाडी, रामु कंडेल,थम बहादुर क्षेत्री, कृष्ण बहादुर थापा, तारा बहादुर कार्की, बिनय गुरुङ र मन्जु गिरी रहेका छन ।

यसैगरि आज नै निर्वाचन समितिले एक सूचना प्रकाशित गरि आफ़्नो ज़िम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेको र प्रचारमा आएजस्तो मतलाई हेरबदल गर्ने कार्य निर्वाचन समितिको हुनै नसक्ने बताएको छ । सूचनाको पूर्ण पाठ यस्तो छ ।

निर्वाचन समितिको स्पष्टिकरण –

एनआरएनए जापानका सदस्य साथीहरू:

अहिले केहि उम्मेदवार तथा सदस्यहरूका फेसबुक पेजहरूमा मतदाताहरूले प्रयोग गरेको सीस्टमको आइपी याड्रेसलाई लोकेट गरि मतदाताहरूले कुन ठाउँ बाट मतदान गरे भनेर लिस्टहरू राखिएको छ। नेपालबाट मतदान गरिएको केसमा केहि सदस्य (मतदाता) हरू नेपालमै रहेको र त्यतैबाट ईमेलको प्रयोग गरि मतदान गरेको हुन सक्छ। तर लगभग ५०० मतहरू आइपी याड्रेस ट्रेसिङ गर्दा भारत को उडिसा राज्य देखिन आएकोछ। यो कुनै सेटिंग या उडिसाबाटै मतदान गरिएको नभइ, मतदाता नामावली निर्वाचन समितिसम्म आइपुग्नु भन्दा पहिले नै भएको ईमेल ठेगाना परिबर्तनका केसहरूसँग सम्बन्धित हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ। यसका लागि यी मतहरू खसाल्दा ति व्यक्तिहरूले जापानकै सीस्टमबाट भी. पी. एन. (VPN: Virtual Private Network) को प्रयोग गरि कहाँबाट मतदान गरियो भन्ने लुकाउन खोजेको हुन सक्छ। यसका बारेमा केही बुझ्नुपरेमा, तलको लिङ्कमा हेर्न सकिन्छ। तर यो हाम्रो अनुमान मात्र हो।

त्यस्तै, एक ठाउँबाट अर्को ठाउँको आइपी याड्रेस लोकेट कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि केही जानकारी तलको लिङ्कमा हेर्न सकिन्छ। उम्मेदवार साथीहरूले शंका गरेजस्तो निर्वाचन समितिको यसमा कहीं कसै सँग संलग्नता नभएको कुरा पनि प्रष्ट पार्दछौं। उहाँहरूले सम्बन्धित निकायमा उजुरी दिइ सकेकाले यस विषयमा कारवाहि त हुने नै छ।

निर्वाचन समितिसँग कुन मतदाताले, कुन समयमा, कहाँबाट मतदान गरेको भन्ने सम्पूर्ण ७,७५७ मतदान गरेका मतदाताहरूको डेटा भएको र आवश्यक पर्दा हामीले सम्बन्धित निकायलाई उपलब्ध गराउन सक्ने भएकाले यो शंकालाई केही हदसम्म कम गराउन सकिने छ भन्ने हामीलाई विश्वास छ। तथापि, ती भारतको उडिसा राज्यबाट मतदान गरेका भनेर देखिएका मतहरू कसले कहाँबाट खसाल्यो भनेर भन्न चाँही गाह्रोनै हुनेछ। अहिलेको हकमा, हामीसँग भएको डेटाबाट कुन मतदाताले (अथवा कुन मतदाताको सट्टामा) यी उडिसा राज्यका आइपी याड्रेसको प्रयोग गरि मतदान गरे भन्ने चाँही थाहा पाउन सकिनेछ। साथै, कसले यस्तो गर्यो भनेर पत्ता लगाउन चाँही हामीले पहिला मतदाता नामावलीमा भएको हेरफेरका बारेमा खोजी गर्नुपर्ने हुन्छ।

Freedome VPN का बारेमा: https://help.f-secure.com/product.html?home/freedome/latest/en/id_66063-freedome-latest-en

F-Secure Freedome VPN का बारेमा:
https://www.filehorse.com/download-f-secure-freedome-vpn/

धन्यवाद।
निर्वाचन समिति २०२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?